नदीमा डुबेर महिला बेपत्ता, छतबाट खसेर सल्यानमा एकको मृत्यु
यदुराज मिश्र
नेपालगञ्ज ९ असार । भेरी नदीमा डुवेर आज रुकुममा एक महिला वेपत्ता भएकी छिन् । रुकुमको विजयश्वरी गाविस वडा नम्वर ९ निवासी २६ वर्षिया रुपा टमटा वेपत्ता भएकी हुन् । नदीमा नुहाउने क्रममा उनी डुवेको वताईएको छ । वेपत्ता महिलाको ईलाका प्रहरी कार्यालय चौरजहारीको टोली र स्थानीय वासिन्दा ले खोजी कार्य जारी राखेको भएता पनि नदीमा बाढी आएका कारण फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
यसैगरी सल्यान सदरमुकाम खलंगामा रहेको कुमारी बैंकको छतबाट खसेर गएराती सोही बैंकका सुरक्षा गार्ड नरबहादुर विष्टको मृत्यू भएको छ । घरको एकतला माथिबाट सडकमा खसेर ५५ वर्षिय विष्टको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यान खंलंगा ५ मा बस्दै आएका विष्ट विगत १ वर्षदेखि बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत हुनुहुथ्यो ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें