ताजा समाचार

सडक निर्माणको विवाद सुल्झीयो सल्यान २० असार २० वर्षदेखि विवादीत सल्यान थारमारे रारेचौरदेखि सेताढांर बाघखोर फारुला सिलिङ्गी रुकुम नुवाकोट चौर जहारी सडकको निर्माण कार्य सुरु हु्ने भएको छ । शवरथ गाविसको सेताढांरमा सम्पन्न सर्बपक्षिय अन्तरकृया कार्यक्रममा दलका प्रतिनिधि र निर्माण समितिका पदाधिकारीबीच रुटका विषयमा सहमति पछि सो सडकको निर्माण कार्य सुरु हुने भएको हो । राष्ट्रिय योजना आयोगबाट पारित बजेट साढे पांच लाख , शिवरथ गाविसबाट १ लाख ५० हजार ,भल्चौर गाविसबाट १ लाख र जनश्रमदान १ लाख ७२ हजारको लागतमा पहिलो चरणको काम सुरु हुने निर्माण समितिका अध्यक्ष टोपेन्द्र प्रकाश मल्लले जानकारी दिनुभयो । राजनैतिक दलहरुको बीचको विवादका कारण सो सडकको निर्माण कार्य अवरुद्ध हुंदै आएको थियो । यसअघि रारेचौरदेखि शिवरथको सेताढांरसम्म ट्र्याक ओपन समेत भइसकेको छ ।
प्रभावकारि सेवाका लागि नागरिक अनुगमन आवश्यक ।।
दाङ्ग ÷ २० असार
तुलसीपुर नगरपालीका कार्यालयको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम आज तुलसीपुरमा सम्पन्न भएको छ । नगरपालीकाले आर्थीक वर्ष २०६७÷६८ मा सञ्चालीत योजनाहरु र कार्यालय वाट दिइने सेवाका वारेमा नगरवासीलाइ जानकारी दिने उद्धेश्यले सञ्चालन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थीत सहभागीले नगरमा समानुपातीक विकाश हुनुपर्ने माग राख्दै कार्यालयको योजना शाखावाट हुने अपारदर्शीतालाइ निरुपण गदै सेवा सहज वनाउन माग गरेका थिए ।
सहभागीको जिज्ञासामा कार्यलय प्रमुख हरिदत्त कंडेलले विकाश निर्माणको काम वोर्ड समितिको निर्णय अनुसार नगरपालीकाले अगाडी वढाएको भन्दै अपारदर्शीता निर्मुल गर्ने रसिद विना कसैलाइ रकम नदिन अनुरोध गर्नुभयो । उहाँले योजनागत रकम हिनामीना भएको पाइएमा कारवाहि गर्ने वताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा योजना शाखा प्रमुख पवन योगीले नगरपालीकाले यस आर्थीक वर्षमा तिन करोड रुपौया विकासमा लगानी गरेको र त्यस मध्ये विभिन्न शिर्षकमा एक सय १४वटा योजना सञ्चालन गरेको वताउनुभयो ।

ति योजनाहरु मध्ये धेरै जसोको निर्माण कार्य सम्पन्न भैसकेको र केहियोजना हरु अन्तीम चरणमा पुगेको वताइएको छ । कार्यालय प्रमुख हरि दत्त कंडेलको अध्यक्षता मा भएको कार्यक्रममा पश्चिम क्षेत्र सरोकार मञ्चका सचिव केशव सापकोटा,सदस्य मुक्ति न्यौपाने ,इश्वरी पाण्डे,कलिभान रोका ,तेजवहादुर खडका ,पत्रकार भरत राज शर्मा संगीत वस्याल वालाराम खडका,लगाएतले जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा तुलसीपुर नगरपालीकाका समाज कल्याण अधिकृत टोपवहादुर डाँगी,सुचना प्रमुख झरेन्द्र खरेल,नगरपालीकाका सवओभरसेर राधेश्याम उपाध्याय,वोर्ड प्रतिनिधि प्रदिप वली, विरेन्द्र पाण्डे,ललीधर लम्साल लगाएतले सहभागीको जिज्ञासाको वारेमा जानकारी दिनुभएको थियो । 

 http://www.ekantipur.com/image.php?image=http://www.ekantipur.com
 सल्यान पवास सेवा समाज
देशको राजनैतिक अस्थिरता बढ्दो जनसंख्या र घरायसी अनेक समस्याले गर्दा हजारांै नेपाली युवा जनसक्ति रोजगारीको सिलसिलामा विदेशका विभिन्न खाडिमलुकमा जाने क्रम दिनानु दिन बढे अवस्थामा छ । देशभित्र रोजगारका धेरै श्रोत र साधनहरु हुदा हुदै पनि त्यी श्रोत र साधनको राष्टले सहि सदुपयोग गर्न नसक्दा यो अवस्थको सिर्जना भएको हो ।
सगरमाथाको देश जलश्रोतमा विस्वको दोस्रो ठुलो धनि देश भनेर चिनिने नेपाल त्यसैगरी प्राकृतिक रुपले सधै हरीयालीले भरीभराउ नेपाल देशका जनताको स्थीति यस्तो नाजुक छ भन्नु पर्दा साएत कसको मन पो नदुख्ला र यसरी अनेक समस्याको विचमा पिल्सिएर प्रदेसिन बाध्य नेपाली युवाहरुले प्रदेशमा विभिन्न कठिन कार्य , खतराजनक कार्य , यतिमात्र नभई आफ्नो मालीकको तुच्छ व्यवहार , गाली र घृर्णाले युवा श्रमिकलाई झन पिडा दिएको छ । यस्तै  दुःख,पिडा र व्यदनाहरु संग खेल्न बाध्य छन नेपाली श्रमिकहरु ।
तर आजको यो२१औ शतब्दिको यो अन्तरालमा समयले केहि कोल्टो फेरेको छ । आफ्नो कामको अपार बेस्तताको वफजुत पनि ती  गालीर घृणले छिया छिया परेको मन बाटै पनि युवाहरुले थोरै भएपनि चेतना र परिवर्तन ल्याउने प्रयास गर्दै छन । एउटा कामको व्यस्तता बाट बचेको थोरै समयलाई असल कार्यमा सदुपयोग गर्दै आज आफ्नो जन्मभुमि देखि सयौकोष टाढा रहेरपनि एउटा सिङ्गो देशको    ेविकासको लागी आफ्नो जातिय , क्षेत्रीय , भेगिय र लैगीए संघ सङगठन र क्लबहरुको स्थापना गरी अन्धविस्वस र कुरीतीले भरीएको हाम्रो समाजमा ठुलो परिवर्तन ल्याई सकेका छन् । आज विदेशको विभिन्न मुलुकमा हजारौ मात्रामा संघ संस्थाको स्थापना भएका छन ।  र यी सबै संघ संस्थाहरुले आफ्नै मिसन र भिजनहरु लिएर अगाडि बढिरहेका छन । एस्तै संघ सस्थाहरुको माझमा आफुलाई वेग्लै रुपले चिनाउदै र कठिन संघर्ष गर्दै हजारै श्रमिकहरुको माझमा आफुलाई पनि चिनाउन सफल संस्था हो सल्यान प्रवास सेवा समाज । सल्यान जिल्ला बाट रोजगारीको सिलसिलामा विदेशका विभिन्न खाडिमुलकमा गएका सम्पूर्ण सल्यान वासीहरुलाई एउटै मालामा बाँध्ने हेतुले वि.स.२०६६ असोज ४ गते मलेशियाको राजधानि क्वलालाम्पुरको नेपाली रेष्टुरेन्ट सोल्टीको सभाहलमा स्थापना गरीएको हो । र पछि यसको विस्तार गर्ने क्रममा २०६७ सालमा कातार मा र २०६७ सालमा नै कुवेतमा पनि यसको साखा स्थापना गरीएको छ । सल्यान जिल्ला बाट विदेशियका सल्यानि श्रमिक मत्र नभई सम्पुर्ण नेपाली श्रमिकहरु माथी भईपरि आउने अनेक दुःख पिडालाई थोरै भएपनि मलम पट्टी लगाउने र एउटाको समस्यालाई सस्थागत रुपले समाधान गर्ने उध्यस्यले स्थापना गरीएकोे यस सल्यान प्रवास सेवा समाजले अहिले एउटा प्रवासमा घट्ने घटना त छदै छ यसको अलाव पनि स्वदेशका गाउँ समाजमा पनि धेरै परिवर्तन र चेतना ल्याएको छ । यस सल्यान प्रवास सेवा समाजले गरेका अमुल्य कार्यहरुको सम्वोधन गर्दै । र अव प्रवास बाटै युवाहरुले स्वदेशमा परिवर्तन विकास ल्याउने विस्वास गर्दै जि.वि.स सल्यानले पनि यस संस्थालाई प्रमाण् पत्र दिइसकेको छ । र एउट राष्टले त देश भित्रका युवाहरुलाई जयार र सहि मार्गनिदेसण दिन सकेना तर जिल्लाले आफ्नो जिल्ला भित्रका युवाहरुलाई सहि काम र विकासमा अगाडि बढ्न प्रोत्साहण गर्ने छ भन्ने सम्पूर्ण प्रवासी श्रमिकहरुको विश्वास रहेको छ ।
सल्यान प्रवास सेवा समाजले गरेका कार्यहरु ःःः
सल्यान प्रवास सेवा समाज एउटा दुःख पिडाहरु बाट नै जन्मिएको संस्था भएकोले यस संस्थाले बाल्य अवस्था देखिनै विभिन्न दुःख र कष्टहरु भोग्दै आएको छ । आफु यस धर्तिमा जन्मेको करिव तिन महिनाको नहुदै पिडा र कष्टको मार खेप्दै आएको यस सल्यान प्रवास सेवा समाज अझ नै दुःख र पिडा सहदै छ । त्यति खेरको समय जतिखेर यस संस्थाको स्थापना भएको ३ महिना भएको थिएना लगातार मलेशियामा  घटेका ४ ओटा घटनाले यस सल्यान प्रवास सेवा समाज पहिलो पिडा पएको थियो । वि.स. २०६६ सालमा घटेका यी घटनाहरुमा लगातार ४ महिनामा ४जना सल्यानी श्रमिकहरुको विभित घटनामा परि मृतु भएको थियो । जस घटनामा परि मृतु हुनेहरुमा हुनुहुन्थ्यो
१, खुमराज डि.सी. थारमारे ५ सल्यान
२ , रुद्ध बहादुर के.सी स्यनीखाल ४ सल्यान
३ , डिल्ली ब. राना सुईकोट ८ सल्यान
४ , हेमलाल घर्ति छायाक्षेत्र १ सल्यान
यसरी बाल्य अवस्थामा नै परेका परेका यी घटनाले सस्था एबकतिर सोका कुल र पिडा दाएक  थियो भने अर्को तिर आफ्नो जिम्मामा परेको पहिलो कार्य । यसरी पिडा र वेदनालाई मुटुमा राखि मृतक जन प्रति हार्दिक समवेदना प्रकट गर्दै मृतकको परीवार जन प्रति धर्यधारण को कामना गर्दै मृतक परीवारको नाजुक अवस्थालाई थोरै भएपनि आफनो तर्फवाट राहात दिने हेतुले मलेशियामा राहत संकलन कार्य को सुरुवात गरी केही रकम जम्मा यी मृतकको परिवार लाई उपलब्ध गराएको थियो । यसरी प्रदेशमा हुने दुःख कष्ट र पिडालाई स्वदेशमा वाड्दै श्री लक्ष्मि उच्च मा.वि. स्यानीखालको प्रङ्गानमा एक विसाल कार्यक्रको आयोजना गरी उक्त राहात वितरण गरीएको थियो । यस कार्य क्रमको प्रभावले गर्दा मृतु र जिवन संग सघर्ष गरी रहेका झिम्पे ९ तारुपरेका श्री गरु प्रसाद घर्तिले यस सल्यान प्रवास सेवा समाजको साखा मलेशियामा आफे सम्पूण विवरण खुलाएर सहयोगको लागी अपिल  गर्नु भएको थियो र उहाँका सुस्वास्य र दिर्घआयुको कामानाा गर्दै सल्यान प्रवास सेवा समाज मलेशियाले उहाको उपचारको लागी रु ५०००० प्रदान गरेको थियो र यसको साथमा रिम गा.वि.स. मा घर भत्कीर आफ्ना सबै परीवार गुमाएका दुई बालक लाई पनि रु ५००० प्रदान गरिएको थियो । यस राहत वितरण कार्यक्रम रीम गा.वि.स. बाट गरीएको थियो । यसै  गरी मलेशिया सरकारले गाँजा चरेसको कारोवार गरेको आरोपमा मृतृ दन्ड सुनाएका हरीघलेको जिवन रक्षको लागी मलेशिया स्थित नेपाली राजदुतावासले विभिन्न संघसस्थालाई गरेको अपिल मा सल्यान प्रवास सेवा समाज मलेशियाका अध्यक्ष श्री शान्त कुमार पुनको अध्यक्षमा च्।mद्दडण्ण् प्रदान गरीएको थियो । त्यस्तै रीम गा.वि.स. का बसन्त बोहरा मलेशियामा विभिन्न काण्ड बाट जेल परेका थिय र उनको उद्धार गार्ने आफन्त मलेशियामा नभएकोले पिडित बसन्त बोहरालाइृ सल्यान प्रवास सेवा समाजका साथिहरुबाट  सहयोग गरी नेपाल पर्काएको थियो । यसैगरी पछिल्लो समयमा मलेशियामा मृतु भएका ५ जना मृतक( १,अवित सुनुवार ढाँकाडम २ सल्यान २५ डिसेम्वर २०१० २, केसर बहादुर बुढाथोकी लेखपोखरा ९ सल्यान १० फेब्रवरी २०११ ३, देवराज भण्डरी कालीमाटी ५ सल्यान १०मर्च २०११ ४, इश्वरी राना छयाक्षेत्र ७ सल्यान १७ मार्च २०११ ५,तारा प्रसाद खड्का झिम्पे ४ सल्यान  लाई पनि सल्यान प्रवास सेवा समाज मलेशियाको तर्फवाट राहत स्वरुप रु१०००० प्रदान गरीएको छ । त्यस्तै सल्यान जिल्ला वडा गाऊ गा । वि । स  वडा नं  ९ निवासी धन बहादुर पुन     बिरामी भाई उपचार को क्रममा अस्पताल पुर्याउदा डाक्टर ले चेकअप अनुसार उहा को मृगौला मा १०(१० ग्राम को पनि जमेको देखीय को ले कम्पनी ले उपचार को सट्टा तुरुन्त नेपाल पठाई दियको र फेरी   नेपाल को आस्पताल मा चेकअप गाराउदा रु १,७५,०० एक लाख पचहतर हजार खर्च लाग्ने भएको  हुना ले उहा र उहा  को घर परिवार को आर्थिक  नाजुक भएकोले   
 सल्यान प्रवास सेवा समाज मलेशियाले उहाको स्वस्थलाभको कामना गर्दै सहयोग प्रदान गरेको थियो ।
तस्तै गरी
सल्यान जिल्ला रामपुर गा।वि।स। वडा न स् ४ घर भएकाप्रेम बहादुर पुन  कम्पनीमा काम गरिरहेको अबस्थामा अचानक फोक्लीले ठक्कर दिदा प्रेम बहादुर पुन गम्भीर घाइते भएका र  उनि कन्टयाक भिषामा मलेशिया आएको हुनाले उनलाई कम्पनीले कुनै पनि सहयोग नगर्ने बतएपछि उहाँको शुस्वास्थ्यको कामना गर्दै उहाँको उपचारको  लागि सल्यान प्रवास सेवा समाज मलशियाले सहयोग  प्रदान गरेको थियो । ्
यसरी प्रवासमा भईपरी आउने अनेक दुःख कष्ट र पिडालाइ सस्थागतरुपले समाधान गर्दै आएको यस सल्यान प्रवास सेवा समाजले विगतका दिन हरुमा ज्यदैनै महत्वपूर्ण काम गरेको छ र भावि आउने दिनहरुमा पनि एस्तै महत्व पूर्ण कामहरु गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
सल्यान प्रवास सेवा समाज का उद्धेश्यहरु ःःःकुनै पनि व्यक्ति वा संघ सस्थाहरुका आ–आफ्नै लक्ष्य र उध्यस्यहरु हुन्छन त्यसै गरी यस सल्यान प्रवास सेवा समाजका पनि केहि लक्ष्य र यध्यस्यहरु रहेका छन ।
सल्यान प्रवासी सेवा समाजका उद्देश्य हरु ।
१० आफ्नो जिल्लामा रोजगारीका स्रोतहरु सृजना गर्ने ।
२० प्रत्यक गा।बि।स मा ईन्टरनेटको सुबिधाहरु पु¥याउने ।
३० ब्यवसाईक तालीमा हरु दिने ।
४० बैदेशीका रोजगारीमा जानेहरुलाई बिदेशमा गरीने कामको बारेमा जानकारी दिएर वा शिपमुलक तालीमहरु दिएर बैदेशीक रोजगारीमा पठाउने ।
५० कामको शीलसीलामा बिदेशमा ज्यान गुमाउनेहरुका लागी मृतकका परीवारले पाउनु पर्ने राहत सहयोगका लागी सरकार संग पहल गरीदिने र संस्थाबाट पनि सक्दो रकम सहयोग गर्ने ।
६० बिदेशमा दुःखमा पर्नुभएका सल्यान जिल्लाका साथीहरुलाई नेपाल फर्कनका लागी कस्तो किसीमाको पहल गर्नु पर्छ त्यसमा अग्रसर हुने ।
७० कृषि क्षेत्रमा पनि लगानी गरेर कृषिको उब्जनीमा बृद्धि गर्ने नयाँ किसीमको प्रबिद्यी बाट कृषक लाई तालीम दिने ।
८० १००० वाट देखी ५००० वाट सम्मका लघु जलबिद्युत उत्पादन गरी बितरण गर्ने ।
९० स्कूलमा पढ्ने बिद्याथीका लागी सल्यानका रेडियोहरुमा शिक्षामुलक कर्यक्रमहरु संन्चालन गर्ने ।
१०० बिज्ञान प्रबिद्यीको बिकाश गर्ने नयाँ प्रतिभाहरुका बकि

 यिनै लक्ष्य र उध्यस्यहरुलाई मध्यनजर गर्दै सस्थाले आफ्ना कार्यहरु अगाडि बढाई रहेको छ ।
यस संथामा योग दान दिने व्यक्तिहरु ःःः
१, श्री शान्त कुमार पुन ः सल्यान प्रवास मलेशियाका अध्यक्ष एव. यस सस्थाका जन्म दाता शान्त कुमार पुन झिम्पे ९ तारुपरे सल्यान । उहाले सल्यान प्रवास सेवा समाजलाई मलेशिया बाट योगदान दिनु भएको थियो ।

प्रवेशिका परीक्षा एसएलसीको परीक्षाफल प्रकाशित ।

६ असार, काठमाडौं । प्रवेशिका परीक्षा एसएलसी २०६७ को नतिजा सोमबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष २ लाख ३० हजार ४ सय ९९ जना परीक्षार्थी उतिर्ण भएका छन् ।
जसमध्ये नियमिततर्फ ५५ दशमलव ५ प्रतिशत अर्थात २ लाख २० हजार ७ सय ६६ परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको तुलनामा ८ दशमलव ८१ प्रतिशत कम हो । नियमिततर्फ विशिष्ट श्रेणीमा २० हजार १ सय ११, प्रथम श्रेणीमा ८२ हजार, ६ सय १९, दितृय श्रेणीमा १ लाख ९ हजार ७ सय ९५ र तेस्रो श्रेणीमा ८ हजार २ सय ४१ जाना उतिर्ण भएका छन् ।
यसैगरी यसवर्ष एक्जामटेडतर्फ ९ हजार ७ सय ३३ अर्थात १७ दशमलव ३० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको भन्दा करिव १३ प्रतिशतले कम हो । एक्जामटेडतर्फ विशिष्ट श्रेणीमा कोहि पनि उर्तिण भएका छैनन भने प्रथम श्रेणीमा १ सय ८०, द्धितृय श्रेणीमा ७ हजार ३ सय ६६ र तेस्रो श्रेणीमा २ हजार १ सय ८७ जना परीक्षार्थी उतिर्ण भएका छन् ।
२०६६ सालको परीक्षामा नियमित तर्फ ६४ दशमलव ३१ तथा एक्जामटेडतर्फ २९ दशमलव १८ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।
गत चैत १० देखि १८ गतेसम्म सञ्चालित एसएलसी परीक्षामा मुलुकभरबाट नियमित र आंशिकतर्फ गरी ४ लाख ५६ हजार २२ जनाले परीक्षा दिएको छ ।

अमेरीकामा पनि नपढेका सभासद

नेपालमा संबिधानसभाबाट ठूलो संख्यामा लेखपढ गर्न नसक्ने र बिद्यालय शिक्षा पनि पुरा नगरेका सभासद् चुनिएपछि धेरैजसो पढालेखा एलिटहरुले नमिठो मुख पारेर भन्ने गर्थै-’यस्ता अनपढ सभासद्ले कस्तो संबिधान बनाउलान र खै ?’
यसरी उचित शिक्षा नलिने बिधायकहरु नेपालमा मात्र हैन बिश्वकै महाशक्ति अमेरिकामा पनि छन भन्दा तपाईलाई पत्यार नलाग्ला । तर, अमेरिकी राज्य अर्कान्सामा देशभरिका राज्य विधानसभामध्ये सबभन्दा धेरै विधायक कहिल्यै कलेज नगएका छन् । ‘ब्रोनिकल अफ हायर एजुकेशन’ नामक संस्थाले गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । अर्कान्सा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिण्टन र वर्तमान बिदेशमन्त्री हिलारी क्लिन्टनको राज्य हो ।
अर्कान्सा विधानसभाका १ सय ३५ विधायकमध्ये २५ प्रतिशतले कलेजको मुखै देखेका छैनन् । अमेरिकाभरका सांसदमध्ये ८ दशमलव ७ प्रतिशत साख्या कहिल्यै कलेज शिक्षा नलिएकाको छ । अर्कान्सापछिका सबभन्दा धेरै कलेज नगएका सांसद भएका राज्यमा मोण्टाना, कान्सास, साउथ डकोटा र एरिजोना छन् । यसको ठीकविपरीत स्नातक वा सो भन्दा बढीको औपचारिक शिक्षा लिएका विधायक भएका पाँच राज्यमा क्रमशः क्यालिफोर्निया, भर्जिनिया, नेब्रास्का, न्यूयोर्क र टेक्सास छन् ।
‘अर्कान्सा राज्यका विधायकहरुको यो अबस्थाले यहाँका जनताको शैक्षिक स्तरलाई प्रतिविम्बित गर्छ- औचिता व्याप्टिष्ट विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक हल वासको भनाइ छ । अर्कान्सा राज्य अमेरिकाको ५० ओटा राज्यमध्ये सबैभन्दा कम प्रतिशत स्नातक गर्ने जनसंख्या भएको राज्यमा पर्छ । त्यहाँको शिक्षा विभागका अनुसार लगभग २० प्रतिशत बासिन्दाले ९ कक्षा पढेपछि विद्यालय छाड्ने गर्छन् । अमेरिकामा सांसद हुन न्यूनतम शैक्षिक योग्यता तोकिएको छैन् ।

कृषिप्रधान देशका वैज्ञानिकलाई विदेशी माटो प्यारो                                 असार, काठमाडौं । क्षेत्रीय कृषि अनुसन्धान परिषद(नार्क) लुम्लेका वैज्ञानिर्क पीएचडी अध्ययनको लागि नार्कले अमेरिका पठायो । उनले त्यहाँ पीएचडी गर्दा हाँसिल गरेको ज्ञान र अनुभव देशको कृषि क्षेत्रको अध्ययन अनुसन्धानमा काम लाग्ला भन्ने नार्कको आशा थियो । यसै अनुसार नार्कले उनको पढाईको लागि १७ लाख रुपैंया लगानी पनि गर्यो ।

 तर, पढ्नको लागि लिएको अध्ययन विदा सकिसक्दा समेत उनले नार्कमा सम्पर्क गरेनन् । उनलाई अमेरिकाकै हावाले छोएको थाहा भएपछि नार्कले उनीमाथि कारवाहीको प्रकृया थाल्यो ।
यो त एउटा उदाहरण मात्र हो । यसरी नार्क मार्फत विदेशमा पढ्न गएका मध्ये धेरै उतै हराउने गरेका छन् । अहिलेसम्म नार्कबाट पढ्नको लागि विदेश कति गए, कति फर्के र कति हराए भन्ने यकिन तथ्याँक नार्कसँग छैन । तर, नाम उल्लेख नगर्ने शर्तमा प्रशासनका एकजना कर्मचारीले भने–‘गएकामध्ये धेरै फर्केर आउँदैनन् । यही क्रम दोहोरिरहने हो भने केही वर्षपछि नै नार्कमा वैज्ञानिकहरुको संख्या शून्य हुन्छ ।’

नार्कले उमेश अधिकारीको नाममा निकालेको सूचना । विदेश पलायन भएपछि नार्कले यस्तो सूचना निकाल्ने गर्छ ।
नार्कको तालिम तथा छात्रवृत्ति शाखाका प्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार अहिले नार्क मार्फत ४० जना कृषि विज्ञ विदेशमा अध्ययनको लागि गएका छन् । यी मध्ये नार्कको छात्रवृत्ति मार्फत ६ जना र अरु अन्तर्राष्ट्रिय संघसंस्था र व्यक्तिगत प्रयासबाट विदेश पुगेका छन् । उनीहरु फर्केलान् नफर्केलान् अझै पत्तो छैन । तर पछिल्लोपटक अध्ययन विदा सकेर नफर्केका ६ जनालाई नार्कले कारवाही गरेको छ । नार्कका वैज्ञानिक मात्र होईनन् कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका बिभिन्न विभाग र शाखामा काम गर्ने झण्डै डेढसय जना वैज्ञानिक अध्ययन सकेर विदेशमै पलायन भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ । ‘अरु प्राविधिक क्षेत्रका विज्ञ जस्तै कृषि वैज्ञानिक पनि विदेश पलायन हुने क्रम बढ्दो छ’ मन्त्रालयका प्रवक्ता हरि दाहालले भने– ‘यसलाई रोक्न जरुरी छ ।’
 पलायन किन ?
नेपाल कृषि अनुसन्धान परिषद नार्कमा ४०६ जना कृषि वैज्ञानिकको स्वीकृत दरबन्दी छ । त्यसमध्ये २२८ जना मात्र अहिले कार्यरत छन् । पदपूर्तिको लागि पोहोर साल नार्कले डेढसय वैज्ञानिकका लागि विज्ञापन गरेकोमा ६९ जनाको मात्र आवदेन पर्यो । नाम निस्केका सातजनाले पनि जागीर खान ईन्कार गरे । ‘सेवा सुविधा मात्रै होईन कृषि वैज्ञानिकको लागि आवश्यक वातारण नै छैन’ नार्कका एकजना वरिष्ठ विज्ञले भने – ‘सरकारले अरु कर्मचारी सरह व्यवहार गर्दा कृषि वैज्ञानिकमा निराशा बढेको छ । त्यसैले उनीहरु अवसर पाउने बित्तिकै बिदेश जान्छन् र उतै हराउँछन् ।’
नार्कको कर्मचारी प्रशासन महाशाखाका प्रमुख अनुपराज सत्यालका अनुसार नार्क लगायतका कृषि क्षेत्रमा काम गर्ने वैज्ञानिकको १४ हजारदेखि २० हजारसम्म तलब छ । तलबभत्ता कम भएकाले वैज्ञानिकहरुलाई यहाँको सेवा त्यति आकर्षक नभएको सत्यालले बताए । चर्को राजनीतिक हस्तक्षेपले पनि अनुसन्धानको क्षेत्रमा लाग्न चाहनेलाई हतोत्साही बनाएको छ । ‘आफूले चाहेको क्षेत्रमा अनुसन्धान नै गर्न पाईंदैन’ लामो समय नार्कमा बरिष्ठ बैज्ञानिक भएर काम गरेका एकजनाले भने – ‘थप तालिमको अवसरमा पनि पक्षपाती व्यवहार हुन्छ ।’ अझ चाखलाग्दो कुरा त खासगरी विश्वका अरु देशमा कृषिको विषय कम मात्रै पढाई हुन्छ । विकसित देशले कृषि विषय पढाई हुने नेपाल जस्ता देशबाट एमएस्सी र पीएचडी गरेका जनशक्ति खोज्छन् । खोज्नेहरु धेरै र जनशक्ति कम भएपछि यो क्षेत्र अझ लोभलाग्दो बनेको छ ।
यसरी हेर्दा एक त नेपालमा पर्याप्त कृषि प्राविधिक उत्पादन भएका छैनन् । भएका प्राविधिकलाई पनि सरकारले टिकाएर राख्न सकेको छैन । फलस्वरुप नेपालमा कृषि पढेकाहरु उच्च तलब सुविधा र अवसरको खोजीमा विदेश पलायन हुने क्रम बढ्दो छ । स्वदेशमै रहेकाहरु पनि नार्कको सीमित तलब सुविधा खुम्चिएर बस्नुभन्दा बिभिन्न गैरसरकारी संस्थामा काम गरेर बढी कमाउन चाहान्छन् । दक्ष जनशक्ति कम हुनु र भएका पनि अन्तै पलायन हुँदा कृषि क्षेत्रमा अनुसन्धान लागयतका काम प्रभावित भएका छन् मन्त्रालयका प्रवक्ता हरि दाहालले बताए ।
कसरी फर्काउने ?
नियम अनुसार अध्ययन विदा र असाधारण विदा लिईसकेपछि विदा सकिएको भोलिपल्टै मन्त्रालयमा हाजिर हुनुपर्छ । तीन महिनादेखि पाँच वर्षसम्मको अध्ययन र तालिमको सुविधा लिईसकेपछि एकदेखि आठ वर्षसम्म अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था छ । विदेश जाँदा कर्मचारीले यस अनुसार कबुलियत पनि गरेको हुन्छ । तोकिएको शर्त अनुसार सेवा नगरेमा त्यस अवधिमा पाएको तलबभत्ता, छात्रवृत्ति रकम तथा कबुलियतमा उल्लेख भएका अन्य रकमहरु समेत सरकारी बाँकी सरह असुल उपर गर्ने व्यवस्था छ । यस्तै निजी प्रयासमा गएका कर्मचारीले पनि फर्केर अध्ययन तथा तालिम भ्रमयामा बिताएका अवधि बराबरको सेवा गर्नुपर्ने तथा त्यसो नगरेमा उक्त सेवा अवधिमा गणना नगरिने स्पष्ट उल्लेख छ । तर यी सबै नियम मानेर जागिर माया मार्दा समेत विदेशी बसाई नै फाईदाजनक हुने भएकाले अरु जस्तै कृषि वैज्ञानिक पनि पलायन भएका छन् । उनीहरुलाई यहाँ फर्काउन त्यसै अनुसारको सेवा, सुविधा र काम गर्ने वातावरण बनाउन जरुरी छ । मन्त्रालयगत रुपमा भन्दा पनि सरकारले नै समग्र प्याकेज ल्याउनुपर्छ कृषि मन्त्रालयका प्रवक्ता हरि दाहालले भने–‘दक्ष जनशक्तिको अभाव पूर्ति गर्न नियमकानुनमा कडाईसँगै त्यसै अनुसारको आकर्षण बढाउन पनि जरुरी छ ।’

१५ बर्षकी केटीको यस्तो गडबड
वर्षअघि आफु १२ वर्षकी हुँदा सोया कियाभेनीले तल्लो वस्त्र मात्र लगाएर उत्तेजक मोडलिङ गर्दा धेरैले अनुमान गरेका थिए ΄भविष्यमा केही गडबड गर्छे यो केटीले बेलायतको क्लेभेल्याण्डकी ती किशोरीले गडबड गरेको देख्न आरिख धेरै समय कुर्नुपरेन
१५ वर्षकी सोया गर्भवती भएकी छिन् उनको पेटमा अहिले १६ हप्ताको गर्भ सानै उमेरमा चर्चित बनेकी सोया आफ्नो बढिरहेको पेट देखाउँदै गर्भले भन्छिन् निकै चलाख आमा बन्दैछु १७ वर्षका प्रेमी जेक ग्रेसँगको लसपसपछि गएको मे मा उनको गर्भ रहेको थियो ।गर्भ रहेको थाहा पाउँदा आफुलाई सुरुमा डर लागेपनि पछि निकै उत्साही बनेको उनी बताउँछिन् उनकी बेरोजगार आमा जानिसलाई भनेअविवाहित छोरी गर्भवती भएकोमा चिन्ता परेको हुनत छोरीलाई आफ्नै घरमा ब्वाइफ्रेन्डसँग बस्ने सुविधा उपलब्ध गराएपछि एक दिन यो दिन देख्नु नै थियो
तर आफ्ना अरु छोराछोरी पाल्न समेत हम्मेहम्मे भएका बेला सानी छोरीले गर्भ बोकेपछि अब घरका कोठा नपुग्ने भएकाले उनलाई चिन्ता थपिएको हो के गर्नु ? छोरी मच्चिँदा कुनै दिन थच्चिन्छे भन्ने कुरा पहिल्यै नबुझेपछि
बुढ्यौलीमा कसलाई रहर लाग्छ !
उमेर ढल्किएपछि रमाइलो गर्न कहाँ मन लाग्छ तर आफ्नो जोडी तन्नेरी भने उसको मन राखिदिन पनि रमाइलो गर्नैपर्यो यस्तै फसादमा परेकी छिन् चर्चित अमेरिकी गायिका म्याडोना
५३ वर्ष पुगेकी म्याडोनालाई सायद यो उमेरमा अरुसँग चुम्बन गर्ने मन लाग्दैन होला तर उनका २४ वर्षका प्रेमी ब्राहिम जियाबाट सँग अँगालोमा बाँधिएर ओठ जोड्न बाध्य भइन् उनी आफ्नो जन्मदिनको अवसरमा प्रेमीले दिएकोकिसउपहार मननलागी नलागी स्विकार गरिन्
न्यूयोर्कको समुद्री किनारमा आफ्नो जन्मदिन मनाएकी म्याडोना पटकपटक प्रेमीको अंगालोमा बाध्ािएकी देखिन्थिन् तर उनको चाउरिएको अनुहारले चुम्बनको अपिल गरिरहेको थिए अझ रोचक के भने म्याडोना प्रेमीसँग चुम्बनमा झुमेका बेला उनका धर्मसन्तान भने नजिकै बालुवामा खेलिरहेका थिए
जमर्नीले एक अर्बभन्दा बढीको सहयोग दिने भदौ, काठमाडौं जर्मनीले तीन वटा परियोजना कार्यालयका लागि रु. एक अर्ब ४१ करोड अनुदान सहायता प्रदान गर्ने भएको
नवीकरणीय ऊर्जा, नेपाल स्वास्थ्य क्षेत्र परियोजना शान्ति प्रक्रियाका निम्ति जर्मनीले उक्त सहयोग प्रदान गरेको हो सहयोगसम्बन्धी सम्झौतामा बिहीबार जर्मनीका राजदूत भेरेना ग्राफिन भोन रोइडेर्न अर्थसचिव कृष्णहरि बाँस्कोटाले हस्ताक्षर गर्नुभयो
अनुदानस्वरुप प्राप्त रकम वातावरण, स्वास्थ्य शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत सञ्चालित परियोजना खर्च हुने अर्थ मन्त्रालयले जनाएको
सन् १९५८ मा जर्मनीसँग कूटनीतिक सम्बन्ध स्थापना भएयता जर्मनीले नेपालमा ऊर्जा उत्पादन, कृषि, नगर विकास स्मारक तथा मन्दिरहरूको संरक्षण, पर्यटन, शिक्षा, संस्कृति, साना व्यवसाय प्रवर्द्धन तथा फोहरमैला व्यवस्थापनमा सहयोग गर्दै आएको
कार्यक्रममा राजदूत रोइडेर्नले सन् २००६ पछि आफ्नो सरकारले नेपाललाई दिंदै आएको विकास सहायतामा उल्लेख्य वृद्धि गरेको बताउनुभयो