चिनारी


राज्यले बिर्सेका प्रथम शहीद लखन थापा मगर

शहीद लखन थापा मगर
हुँदैन बिहान मिर्मिरे तार झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए
सालिन्दा जबजब शहीद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुइ पंक्ति निक्कै सम्झिइन्छन् । यसवर्ष शहीद दिवस (माघ १६ गते, विहीबार)मा पनि धेरैले यी पंक्तिहरु एकपटक स्मरण गरे । शहीद गेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार शहीदका शालिकमा श्रद्धाका फूल चढाइए । लैनचौरको शहीद स्तम्भ वर्षो एकपटक चिटिक्क पारियो । देशभर चार शहीदका ढलौटे शालिकहरुले गलामा माला भिर्न पाए । सप्ताह लामो यो उत्सवमा देशका प्रथम शहीद लखन थापामगरलाई भने कतै सम्झिइएन ।
जहानियाँ राणाशासन विरुद्ध पहिलोचोटी जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति थिए लखन थापामगर । वि.सं. १८९१ मा गोरखाको बुङकोट काहुलेमा लखन थापामगर जन्मिएका थिए । बीस वर्षे उमेरमा लखन थापा पुरानो गोरख गण पल्टनमा भर्ती भए । पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो एक थियो । जसमा मगरहरुलाई मात्र भर्ती लिइन्थ्यो । लखन थापा भर्ती हुनु अगावै वि.सं. १९०३ मा जंगबहादुर राणाले शासन हत्याइसकेका थिए । भर्ती भएपछि थापाले शासन प्रणाली बुझ्दै गए । सन् १८५७ मा भारतीय सैनिकहरुले बेलायत अधीनस्त इष्ट इण्डिया कम्पनीविरुद्ध गरेको सैनिक विप्लव दबाउन जंगबहादुरले पठाएको सैनिक टोलीमा लखन थापा पनि सामेल थिए । डा. हर्षहादुर बुडाका अनुसार त्यहीँबाट लखन थापामा राणा विरोधी र जनपक्षीय विचार निर्माण भएको थियो ।
कप्तान पदसम्म पुगेका लखन थापाले वि.सं. १९२७ मा जंगबहादुर विरुद्ध विद्रोह छेड्ने निस्कर्ष निकाल्दै सेनाबाट विदा लिए । सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरे । हुकुमको जवाफ छैन कालको औषधी छैन भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापाले करिब दुइहजार युवा संगठित गरी धेरथोर हतियार पनि जम्मा गरेको इतिकासकार प्रमोदशमसेर राणाले गोरखा विद्रोहमा लेखेका छन् । शिवलाल थापामगरले ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापाले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्यास समेत गरेको उल्लेख गरेका छन् । यस्तैमा एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरु उनको दरबारबाट चोरी भयो र जंगबहादुरसम्म पुग्यो ।
जंगबहादुरले आफ्नो विरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीर शमसेरको नेतृत्वमा देवीदत्त गणको सैन्यटोली गोरखा पठाए । लखन थापा र उनका सहयोगीहरु पक्राउ परे । उनीहरुलाई थापाथली ल्याइयो । जंगबहादुरले लखन थापा र उनका सहयोगीहरुलाई मनकामना मन्दिर अगाडि झुण्ड्याएर मार्न आदेश दिए । आदेश तामेल गर्दै वि.सं १९३३ फागुन २ गते उनलाई रुखमा झुण्ड्याएर मारियो । अध्येता उमेश रानाका अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रुखमा झुण्ड्याइयो भने चार जनालाई गोली हानेर मारियो । दुइ ब्राम्हणलाई भने मृत्युदण्ड दिइएन ।
वि.सं. २००७ मा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तर्रार्द्धमा मारिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मात्र शहीद घोषणा गरियो । लखन थापा जसले जहानियाँ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र मारिए उनलाई भने शहीद घोषणा गरिएन । निरन्तरको जनदबाबपछि बल्लबल्ल २०५६ मा मन्त्रिपरिषद्ले लखन थापालाई शहीद त घोषणा गर्यो तर प्रथम शहीद भन्न सकेन ।
जब लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्न दबाब बढ्छ लखन थापामगर थिए थिएनन् – उनले विद्रोह गरेका हुन् होइनन् – शहादत प्राप्त गरेका हुन होइनन् – प्रश्नहरुको पर्रा उठाइन्छन् । लखन थापाका बारेमा किंवदन्ती होइन ऐतिहासिक प्रमाणहरु प्रशस्त छन् । इतिहासकारहरुले उनका बारेमा काफी कलम चलाएका छन् । उनको दरबारको भग्नावशेष अझै छ । उनका सन्तति अझै जीवित छन् । त्यसकारण लखन थापा थिए, थिएनन् भन्ने प्रश्न निर्रथक हो । खोज्ने हो भने आधार अझै बाक्लै छन् । करिब डेढसय वर्ष पुरानो कुरा न हो । आखिर पौराणिक आधारमा त हामीले जनकलाई राष्टिय विभूति र सीतालाई राष्ट्रिय गौरव स्वीकार्दै आएका छौँ भने लखन थापालाई त प्रथम शहीद मान्ने थुप्रो प्रमाण छन् ।
सरकारले कि प्रथम शहीद अर्कै छन् भन्ने प्रमाण पेश गर्न सक्नुपर्यो होइन भने अहिलेसम्मको प्रमाणको आधारमा लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्नुपर्यो । यदि सरकारलाई शंका लाग्छ भने इतिहासकारहरु सम्मिलित अध्ययन टोली बनाएर थप खोजी गरोस् तर राणा शासनदेखि गणतन्त्रान्त्रिक शासनसम्ममा पनि शहीदलाई सम्मान दिन नसक्ने प्रवृत्तिको तुरुन्त अन्त्य गरियोस् । घरको कौसीमा जुम्रा हेर्दाहेर्दै बितेका, आपराधिक क्रियाकलापमा संलग्न भएकाहरुले यहाँ शहीदको सम्मान पाएका छन् । राज्यले उनीहरुको परिवारलाई १०/१० लाख सहयोग गरेको छ तर प्रथम शहीदले न सम्मान पाएका छन् न त सहयोग नै । के अब लखन थापालाई प्रथम शहीद घोषणा गराउन पनि अर्को आन्दोलन गरेर अरु पनि शहीद बन्नुपर्ने हो – गणतान्त्रिक सरकारले जवाफ देओस् ।

चाँदनी शाह दरबारमा फुलेकी थिइन्

धर्ती भई एकचोटि सही हेर अरूले कुल्चेको
आगो भई एकचोटि बली हेर अरूले तापेको ।
कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ । पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनै बेहोरा कल्पना गर्नमा निक्कै भिन्नता हुन्छ । राष्ट्रिय दायित्वमा रहेर पनि आफ्नो जिन्दगानीलाई सरलताका साथ अरूमाझ प्रस्तुत गर्ने काम कठिन हुन्छ र त्यो एउटा तपस्या पनि मानिन्छ ।
रानी ऐर्श्र्यबाट चाँदनी शाहको नाउँद्वारा साहित्यको सृजना हुने गथ्र्यो । त्यसैले पनि ‘चाँदनी शाहका रचना’ (गीतिकवितासङ्ग्रह : २०४३) नेपाली जनजीवनमा चर्चित भयो । कवयित्री शाहका काव्यमा नेपाली जनजीवनको टड्कारो प्रतिविम्ब पाइन्छ । शाहका प्रायः सम्पूर्ण गीतिकविताहरू तारादेवीद्वारा गाइएका छन् भने अधिकांश गीतहरू नातिकाजीद्वारा सङ्गीतबद्ध भएका छन् । चाँदनी शाहका गीत नारायणगोपाल, शिवशङ्कर, तारा थापा, मिलन चँखू, आनन्द कार्की र कुन्ती मोक्तानद्वारा पनि गाइएका छन् भने उनका गीतमा अम्बर गुरुङ, शिवशङ्कर, दीपक जङ्गम र शिलाबहादुर मोक्तानका सङ्गीत पनि परिसकेका छन् । उनका रचनाको विविध भाषामा अनुवाद भएको छ भने प्रतिनिधि नेपाली साहित्यकारका समीक्षामा आधारित नरेन्द्रराज प्रसाईको सम्पादनमा ‘चाँदनी शाह : आफ्नै आकाश, आफ्नै परिवेश’ (२०४३) नामक बृहत् समालोचनात्मक ग्रन्थ पनि प्रकाशित भएको छ ।
कविराजा म.वी.वि. शाहकी पुत्रबधू चाँदनी शाहलाई पनि नेपाली साहित्यिक धरातलमा पाउनाले नेपाली माटोमा गौरवको एउटा अर्को घटना पनि थपिएको मानिन्छ । तत्कालीन समयलाई दृष्टिगत गरेर भन्ने हो भने साहित्यिक समाजमा चाँदनी शाहको पदार्पण हुनु भनेको सम्पूर्ण साहित्यिक जगत्ले ओजस्विता प्राप्त गर्नु हो ।
चाँदनी शाहको संवत् २००६ कात्तिक २२ गते सोमबार काठमाडौंको लाजिम्पाटमा जन्म भएको थियो । जनरल केन्द्रशमशेर जङ्गबहादुर राणा तथा रानी राज्यलक्ष्मी राणाकी ज्येष्ठ सुपुत्री चाँदनी शाहको राणादम्पतीको सुयोग्य संरक्षणमा बीस वर्ष व्यतीत भएको थियो ।
चाँदनी शाहको विवाह तत्कालीन युवराजाधिराज वीरेन्द्रका साथ २०२६ सालमा भयो । वैवाहिक जीवनमा गुथिएपछि चाँदनी शाहको काव्यधाराले खास गरेर औपचारिकताको मोड आरम्भ गरेको थियो । प्रणयमा उनिएपछि नै शाहद्वारा पत्रि्रेममा समर्पित रचनाहरू निर्माण हुन थालेका थिए :
तिमीलाई हासेर बिदा मात्रै दिइसकेथें
आ“सु झरिसकेछन् म तिनलाई पुछ्न थालें
तिमी मलाई छाडी गैसकेका मात्रै के थियौ
तिमी र्फकने दिन म हतारिंदै गन्न लागें ।
चाँदनी शाहले प्रारम्भिक शिक्षा खरसाङ दार्जिलिङको सेन्ट हेलेन्स कन्भेन्ट र सेन्ट मेरिज स्कुल जाउलाखेलमा अध्ययन गर्दै कान्तिर् ईश्वरीराज्यलक्ष्मी हाईस्कुलमा प्रवेश गरेकी थिइन् । उनले पद्मकन्या कलेजबाट आईए द्वितीय श्रेणीमा र त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा बीए द्वितीय श्रेणीमा उत्तीर्ण गरेकी थिइन् ।
चाँदनी शाह सानैदेखि ‘हुने बिरुवाको चिल्लोपात’मा गनिन थालिन् । उनको साहित्य र सङ्गीतमा सानैदेखि विशेष अभिरुचि थियो । यसका अतिरिक्त विविध खेलहरूमा पनि शाहले अभिरुचि राखेको पाइन्थ्यो । उनका मनपर्ने खेलहरू ब्याडमिन्टन, टेबुलटेनिस र रिले थिए ।
चाँदनी शाहमा अङ्ग्रेजी रोमान्टिक कवि विलियम वर्डर्स्वर्थका कविताको प्रभाव थियो । प्रकृतिचित्रणमा रमाउने कवि वर्डर्स्वर्थ र अन्य रोमान्टिक कविका कविता नै शाहका अभिरुचिका प्रमुख प्रेरक बन्न गए । साथै शाहमा नाटककार विलियम शेक्सपियरका कृतिहरूको अध्ययनबाट उत्कृष्ट साहित्यले जीवनमा कसरी मार्गदर्शनको कार्य गर्छ भन्ने भावना पनि सृजना भएको थियो ।
चाँदनी शाहका लागि नेपाल अत्यधिक प्यारो थियो । नेपालको अत्यधिक सुन्दर प्राकृतिक बनोट अर्थात् यहाँका डाँडापाखा, खोँच, बेँसी, खोलानाला, झर्ना, हिमाल र पहाडका श्रृङ्खला एवं तराईका फाँटहरू चाँदनी शाहका काव्यका प्रेरक तत्त्व रहेका छन् ।
त्यसैले उनीबाट आफ्नै माटो, आफ्नै दृश्य अनि आफ्नै सौन्दर्यको यथार्थ परिकल्पना नै काव्यिक पटभूमिमा प्रस्तुत हुने गर्दर्थ्यो । जसमा शाहको प्रणयभावना पनि टयाप्पै टाँसिएको हुन्थ्यो र त्यही नै शाहको यथार्थ जिन्दगानी हुन्थ्यो :
उकाली ओरालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा
सुन्दर ती दहहरूमा हिमालका विशाल छातीहरूमा
जहाँजहाँ जान्छौ तिमी म पाइला बनी पछयाइरहन्छु
ती छहरा खोला खहरेहरूमा सम्झना बनी बगिरहन्छु ।
गीतलेखनझैं चाँदनी शाहमा सङ्गीतकलाको पनि त्यत्तिकै सोख थियो । चाँदनी शाहले आफ्नो विद्यार्थीजीवनमा काठमाडौंको कलानिधि सङ्गीत महाविद्यालयमा पनि अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।
चाँदनी शाहका कवितामा सुन्दर, शान्त र सौम्य भावना ओतप्रोत भएको पाइन्छ । उनीबाट औपचारिक रूपमा संवत् २०३० सालदेखि नेपाली काव्यमा निरन्तर कलम चलाइएको थियो । शाहका कवितामा नेपाली जीवनशैली समेटिएको छ, प्रकृतिका मनमोहक दृश्यहरू समेटिएका छन्, मायाप्रीतिका भावहरू सलबलाएका छन्, नेपाल र नेपाली जातिप्रति आस्था जगमगाएका छन् र राष्ट्रियताका भावना फरफराएका छन् । चाँदनी शाह राजदरबारमा रहेर पनि उनका सृजनामा गाउँका झुप्राझुप्राहरूको वास्तविक अवस्थाको अभिव्यक्त पाइन्छ । हिलोमा होस् या राजदरबारमा होस् जहाँ पनि कमल फुल्न सक्छ भन्ने बेहोराको सग्लो प्रमाण नै चाँदनी शाह थिइन् । किनभने उनी राजदरबारमा नै फुलेकी थिइन् ।
रानी ऐर्श्वर्य अर्थात् चाँदनी शाहबाट दीपेन्द्र, श्रुति र निराजनको जन्म भयो । उनीबाट आफ्ना सन्ततिहरूलाई पनि प्रेरित गरिएकाले उनीहरूबाट पनि कविता र गीतहरू रचिए अनि कलाकृतिहरू पनि सृजना गरिए । यथार्थ र भावनामा उत्तिकै डुबुल्की मार्न रमाउने चाँदनी शाहको उर्वर लेखनीमा सन्तुलित जीवनदृष्टि पाइन्छ ।
जुनसुकै धारणामा आबद्ध समालोचक, साहित्यकारहरू, सङ्गीतका श्रोताहरू र पाठकहरूले कवयित्री शाहका रचनामा आफ्नै राष्ट्रको जनजीवन, भावना र चेतनाको ढुकढुकी जीवन्त रूपमा पाइन्छ भनी टिप्पणी गरेका छन् । यथार्थमा कवयित्री चाँदनी शाहका रचनाहरू मार्मिक छन्, प्रेरणादायी छन् र पथप्रदर्शक छन् । मोतीझैं सुन्दर शैलीले सुसज्जित उनका काव्यमा आफ्नो बेग्लै आकाश र आफ्नो बेग्लै परिवेश स्थापित भएको छ ।
कवयित्री शाहले काव्यसृजनामा मात्रै समय प्रदान गर्ने त्यतिसारो अवसर थिएन । रानीका रूपमा पनि चाँदनी शाह राष्ट्रको विकासका लागि चिन्तनशील रहनुपथ्र्यो । चाहे राजा वीरेन्द्रसँग देशविदेशको भ्रमणमा सरिक भएर होस्, चाहे सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को स्थापना र अध्यक्षता ग्रहण गरेर होस्, चाहे पशुपतिक्षेत्र विकास कोषको अध्यक्षता गरेर होस् अनि चाहे नेपाल स्काउटको प्रमुख संरक्षक भएर होस्- चाँदनी शाहको राष्ट्रिय दायित्व विराट् थियो । तर यति हुँदाहुँदै पनि चाँदनी शाहबाट आफ्नो काव्यात्मक व्यक्तित्वलाई निरन्तर जनसमक्ष प्रस्तुत गरिएको पाइन्छ ।
प्रतिभाकी धनी, नेपाली साहित्यकी चर्चित स्रष्टा रानी ऐर्श्वर्य अर्थात् चाँदनी शाहको २०५८ जेठ १९ गते शुक्रबार राति गोली हानी हत्या गरियो । त्यस गोलीकाण्डले कवयित्रीको भौतिक चोला क्षतविक्षत भएको थियो । त्यस घटनापछि प्रायः सारा नेपाली रोए । तर नेपाली संसारमा कवयित्री चाँदनी शाहको व्यक्तित्व र कृतित्व चिरञ्जीवी छ । उनका यस्ता रचनाहरू नेपाली परिवेशमा अनन्तअनन्तसम्म रहनेछन् :
उठेको रहेछ फोका त्यो फेरि फुटेर पानी भो
माटोले बनेको देह त्यो फेरि गएर माटो भो
छुटेको रहेछ अणु त्यो आज मिलेर पूर्ण भो
मायाले रचेको खेल यो आज आएर अन्त भो ।
नरेन्द्रराज प्रसाई

गयिका तारा देवी जीवनी

तारादेवी अर्थात् आधुनिक गायनकी नेपालदेवी
फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा
कहिले भेट होला हे राजै ! यो जिन्दगानीमा ।
तारादेवीले नेपाली गीत गाएर नेपाली सङ्गीतपारखीका लागि एउटा सिङ्गो जीवनदान दिइन् । तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ हो । थुप्रै मीठामीठा गीतहरू गाएर तारादेवीले नेपाली जनमानसमा आफ्नो गायनप्रतिभाको उत्कृष्ट परिचय दिएकी थिइन् । उनको त्यही परिचय नै नेपाली साङ्गीतिक आकाशमा गाँसियो । वास्तवमा तारादेवीले आफ्ना स्वरहरूबाट नेपाली भाषा मात्र प्रकट गरिन्, नेपाली जनजीवनको चित्रण मात्र प्रस्तुत गरिन् र नेपाली संस्कृति मात्र प्रदर्शन गरिन् । यिनले मीठो सुर, ताल र भाकामा आफ्नो स्वर नेपालका घरदै लामा पुर्‍याइन् :
हिमालको काखमा छ सानो मेरो गाउँ
पर्व तकी छोरी हुँ म पार्व ती हो नाउँ ।
कृष्णबहादुर कार्की तथा राधादेवीकी सुपुत्रीका रूपमा संवत् २००२ साल माघ २ गते मङ्गलबार काठमाडौँको इन्द्रचोकमा तारादेवीको जन्म भएको थियो । आफ्नो तोतेबोलीमा नै तारादेवीले नेपाली भाषामा गायनको आरम्भ गरेकी थिइन् । उनी पाँच वर्षो उमेरमा भैरवबहादुर थापाको औँला समाएर रेडियो नेपाल पुगेकी थिइन् । त्यसबखत तारादेवीको बालस्वरले धेरैलाई चकित, मोहित र आफन्त बनाएको थियो । त्यस बेला यिनले रेडियो नेपालमा निःशुल्क नै बालगीत गाउने गर्थिन् । केही वर्षपछि यिनले एउटा गीत गाएको पाँच रुपियाँ पाउन थालिन् । त्यस बेला गीत गाएर पारिश्रमिक भेट्ता यिनी अत्यन्तै खुसी हुन्थिन् । क्रमशः यिनको गायनको मूल्य पनि बढ्न थाल्यो र पारिश्रमिक पनि दोब्रिन थाल्यो । यिनले आफ्नो योग्यतालाई राम्ररी परिचित गराएपछि रेडियो नेपालमा तारादेवीलाई खरदारसरहकी गायिकामा नियुक्त गरियो र यिनको तलब महिनाको एक सय रुपियाँ हुन थाल्यो । साथै केही समयपछि यी रेडियो नेपालको नायब सुब्बास्तरीय गायिकामा बढुवा पनि भइन् । त्यस पदमा रही यिनले लगातार तीन दशकसम्म रेडियो नेपालको सेवा गरिन् । त्यस बेलासम्ममा यिनले प्रवेशिका परीक्षा पनि पास गरिन् र सङ्गीतमा स्नातकको योग्यता हासिल गरिन् । आफ्ना सारा योग्यतालाई बढोत्तरी गरी तीसौँ वर्षम्म सुब्बा भए पनि यिनले उत्साह, उमङ्ग र उल्लासले भरिएका गीतहरू नै गाइरहिन् :
उकाली ओरालीहरूमा, भन्ज्याङ अनि चौ तारीहरूमा
सुन्दर ती दहहरूमा, हिमालका विशाल छातीहरूमा
जहाँजहाँ जान्छौ तिमी, म पहाड बनी पछयाइरहन्छु
ती छहरा, खोला, खहरेहरूमा सम्झना बनी बगिरहन्छु ।
तारादेवीको स्वर नेपालको गाउँघर, पाखापर्वत र सहरबजारमा गुनगुनाउने गर्छ । त्यति मात्र होइन स्थानीय बासिन्दाले पनि उनको स्वरमा आफ्नो स्वर दिने गर्छन्; अर्थात् उनीहरू पनि तारादेवीले गाएका गीत गुनगुनाउने गर्छन् । वास्तवमा उनका गीतमा मान्छेको मर्म, खुसी र जिन्दगानी भेटिन्छ । तारादेवीको स्वरमा त्यस्तो के जादु थियो कुन्नि ! उनले गाएको गीतले बाबरी फुलाएको हुन्थ्यो, इन्द्रकमल फक्राएको हुन्थ्यो र चाँप, बेली र चुआ मगमगाएको हुन्थ्यो । नेपाली सङ्गीतको इतिहासलाई उन्नतिको शिखरमा पुर्‍याउने तारादेवी नेपाली गायनकी चम्किली तारा थिइन्; जुन तारा नेपाली आधुनिक गीत बोकेर देशदेशान्तरमा झुल्केको, टल्केको र चम्केको पाइन्थ्यो । वास्तवमा सम्पूर्ण नेपाली जातिकी प्रतिनिधि गायिकाका रूपमा तारादेवीले नेपाली गीतलाई संसारभरि बस्ने नेपालीका कानकानमा पुर्याएकी थिइन् :
कालीपारे दाइ कति राम्रो
ढाकाटोपी काँधै मा गलबन्दी ।
तारादेवीले सुब्बाका कुर्सीमा बसेर ३० वर्षसम्म रेडियो नेपालमा गीत गाइन् । त्यसपछि राजा वीरेन्द्रको हुकुमप्रमाङ्गीद्वारा उनी शाखा अधिकृतस्तरीय गायिका भइन् र पछि उनी उपसचिवस्तरीय गायिकामा समेत नियुक्त भइन् । तर उनले त्यो पदको धेरै समयसम्म भोग गर्न पाइनन् । बाल्यावस्थादेखि गीत गाएर आफ्नो यौवन फुलाएको रेडियो नेपालले बहुदलीय प्रणाली भित्रनेबित्तिकै तारादेवीको मुटुलाई टपक्कै टिपेर फाल्यो । भनौँ रेडियो नेपालबाट तारादेवीलाई बिनाकसुर जागिरबाट हुत्याइयो ।
एउटी सरल, सौम्य र इमानदार गायिका तारादेवीमा जजसले जेजसरी अपमानको टीका लगाउन खोजे तापनि तारादेवीको योगदानको कदर र्सवत्र गरिएको छ । उनले गीत गाएर नै इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर सम्मान पाइन् । त्यति मात्र होइन तारादेवी सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु प्रथमबाट विभूषित भइन् । उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐर्श्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि पाएकी थिइन् ।
तारादेवीको शिवबहादुर श्रेष्ठसँग २०२२ सालमा प्रेमविवाह भएको थियो । उनका पति हवाई जहाजका चालक थिए । यी दुई पतिपत्नीबाट एउटी छोरी चारु तथा दुईटा छोरा शशि र रवि जन्मे । तारादेवीका जवान छोरा शशि २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण दिवङ्गत भए भने उनका पति शिवबहादुर श्रेष्ठ पनि २०५५ सालमा हवाई दुर्घटनामा स्वर्गीय भए । चार वर्षघि जागिर खोसिएर त्यसको पीडा बोक्ताबोक्तै चार वर्षपछि पुत्रवियोग र फेरि त्यसको चार वर्षपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए । तारादेवी त्यसपछि क्षतविक्षत अवस्थामा उज्यालोअँध्यारो बिताउने क्रममा लागिन् । त्यस्ता डरलाग्दा घटनापछि उनको स्वर पनि पीडा र वेदनाको दहमा नै थन्कन थाल्यो । उनको महान् व्यक्तित्वमा पुनः हरियाली भर्न नइ प्रकाशनले पहल गर्‍यो । परिणामस्वरूप उनले २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाइन् । उनले जागिरबाट अवकाश पाएपछि तथा उनको छोरो शशि र पतिको देहान्तपछि तारादेवीको यो पहिलो गीत थियो :
आफ्ना भन्ने कति रै’छन् बाँच्तै जाँदा थाहा भयो
बाधाहरू थुप्रै रै’छन् हिँड्दै जाँदा थाहा भयो ।
नइ प्रकाशनको अग्रसरतामा नेपाली गीतिआकाशका २८ जना ख्यातिप्राप्त गीतकारहरूद्वारा तारादेवीमा ‘नेपाली गायनकी शिखर व्यक्तित्व’को सम्मानसहित सामूहिक अभिनन्दन गरिएको थियो । त्यतिमात्र होइन नइद्वारा सम्पादित ‘उकाली ओरालीहरूमा तारादेवी’ नामक तारादेवीविषयक संस्मरणात्मक ग्रन्थ पनि उनैद्वारा र्सार्वजनिक गरिएको थियो ।
तारादेवीले आफ्नो जीवनयात्राका क्रममा नेपालका विभिन्न भूभागमा गई गीत गाएकी थिइन् । साथै विभिन्न मुलुकहरूमा गई उनले नेपाली गायनको प्रत्यक्ष प्रस्तुति पनि गरेकी थिइन् ।
तारादेवीले नेपाली भाषामा तीन हजारभन्दा बढी गीत गाइन् । उनले लोकगीत, भजन र राष्ट्रिय गीतहरू पनि थुप्रै गाइन् । उनको नाउँ आधुनिक गीतमा बलियोसँग गाँसिएको छ किनभने यिनले पच्चीस सयभन्दा बढी आधुनिक गीतहरू मात्र गाइन् । यिनका पचास प्रतिशत गीतमा नातिकाजीको सङ्गीतसंयोजन जुटेको थियो । तारादेवीले नेपाली गीतका परम्परामा चार दशकभन्दा बढी समयसम्म गीत गाइन् ।
तारादेवी धनसम्पति, पद र सम्मानभन्दा माया, प्रेम र स्नेहकी भोकी थिइन् । वास्तवमा उनलाई माया गर्नु भनेको कलालाई माया गर्नु थियो, उनलाई सम्मान गर्नु भनेको कलाको सम्मान गर्नु थियो र उनको कदर गर्नु भनेको राष्ट्रियताको कदर गर्नु नै मानिन्थ्यो किनभने उनले जीवनभर नेपाली शब्दहरूलाई संसारभरि रहेका नेपालीका कानकान, मनमन र ढुकढुकी ढुकढुकीमा पुर्‍याइन् । गीतसङ्गीतको भाकामा यिनले कति आँसु झारिन् र कति हाँसो उडाइन् । अन्ततः उनी पनि यस लोकबाट हिँडिन् । २०६२ साल माघ १२ गते उनको स्वर्गा रोहण भएको थियो । त्यस दिन नेपाल टेलिभिजनले उनको दाहसंस्कारको प्रत्यक्ष विवरण आफ्ना लाखौं दर्शकमाझ प्रस्तुत गरेको थियो । वास्तवमा तारादेवी आधुनिक गायनयात्राकी नेपालदेवी नै थिइन् :
गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल

बालकृष्ण सम जीवनी

जहानियाँ एकतन्त्रीय राणाशासक परिवारमा नै बालकृष्ण समका बुबा समरशमशेर जबराको जन्म भएको थियो । समरशमशेर तथा आमा कीर्तिराज्यलक्ष्मी राणाका सुपुत्रका रूपमा समको जन्म संवत् १९५९ माघ २४ गते ज्ञानेश्वरमा भएको थियो । समका बाजे जनरल डम्बरशमशेर अत्यन्तै मापाका, कठोर र क्रूर थिए । एउटा तानाशाही परिवारभित्र पनि दयालु नरम र शिष्ट व्यक्तित्वको अवतरण हुँदो रहेछ भन्नुको प्रमाण समरशमशेरका छोराहरू पुष्करशमशेर र बालकृष्ण समको जन्मले स्पष्ट पार्‍यो ।
बालकृष्णशमशेर जबराको प्रारम्भिक शिक्षा दरबार हाइस्कुलमा सम्पन्न भएको थियो । त्यस स्कुलमा दशौं कक्षासम्मको अध्ययन गरिसकेपछि उनले कोलकाताबाट म्याटि्रक उत्तीर्ण गरे । त्यसपछि उनी त्रिचन्द्र कलेजमा भर्ना भए । त्यहाँ उनले विज्ञान विषय लिएर पढ्न थाले । तर त्यसै बखत उनी सैनिक सेवामा प्रवेश भए । यी सैनिक सेवामा सुरुमा नै कप्तानमा भर्ना हुन पुगे । काम गर्दै जाँदा क्रमशः उनी सैनिक सेवामा असन्तुष्ट पनि हुँदै गए, किनभने त्यस बेला समको गहिरो झुकाव नै साहित्य, कला र संस्कृतिमा थियो । सैनिक सेवामा आफ्नो असन्तुष्टि हुँदाहुँदै पनि उनी लेफ्टिनेन्ट कर्र्णोल चाहिं भए ।
बालकृष्णशमशेरले लेफ्टिनेन्ट कर्र्णोल भइसकेपछि सैनिक सेवालाई चटक्कै छाड्ने निधो गरे । परिणामस्वरूप यी वाङ्मयसेवामा नै आबद्ध हुन थाले । त्यस बेला उनको उदारतालाई राणाशाहीहरू पटक्कै देख्न सक्तैनथे । साथै नेपाली जनताचाहिँ समलाई ‘राणा’को पगरीमा गुथ्ने गर्थे । त्यस बखत समसँग जनता पनि राणा भनेर त्रसित थिए । वास्तवमा त्यस बेला समको स्थिति अत्यन्तै नमज्जाको थियो, तर यसो हुँदाहुँदै पनि उनी साहित्यमा लिप्त भए । एउटा सुखसयलमा हर्ुर्केका र बढेका व्यक्तित्वमा पनि सरस्वतीको अनन्त साधना थियो । अनि उनी त्यसैमा समर्पित भएर आफ्नो अभिरुचिमा जुटेका थिए । हुँदाहुँदै यी नेपाली साहित्यमा एउटा अमर रत्नका रूपमा स्थापित भए । अनि त्यसैको परिणामस्वरूप उनलाई त्रिभुवन विश्वविद्यालयले पीएचडी उपाधि पनि र्समर्पण गर्‍यो ।
बालकृष्ण सम नेपाली भाषामा मौलिकताका प्रेमी थिए । संवत् १९७० सालमा स्थापित ‘गोरखा भाषा प्रकाशिनी समिति’लाई समकै ओजस्वी नेतृत्वका कारणले ‘नेपाली भाषा प्रकाशिनी समिति’मा रूपान्तर गराइएको थियो । केही कालसम्म त्यही प्रकाशिनी समितिका अध्यक्ष भएर उनले नौला र महत्त्वपर्ूण्ा कार्यहरू गरे । त्यहाँ उनले विशाल सुधार गरे । वास्तवमा राणाकालीन युगमा पनि यिनले जनता र राष्ट्रका लागि काम गरे । संवत् २००० सालभन्दा अघिदेखि नै उनी त्रिचन्द्र कलेजमा नेपाली पढाउने गर्थे । उनले यो क्रम निक्कै समयसम्म खेपेका थिए ।
राणाशासनको जल्दोबल्दो बेलाका साहित्यकार हृदयचन्द्रसिंह प्रधानले बालकृष्ण समको नाटकको समालोचना गरेका थिए । त्यस समीक्षामा समलाई प्रधानले ‘मौसूफ, लेखिबक्सेको, पढिबक्सेको, हजूर’जस्ता दरबारिया आदरार्थी शब्दहरूको प्रयोग गरे । तर त्यस समीक्षामा आधारित त्यस्ता शब्दहरू समका लागि अप्रिय भए । त्यसैले समले त्यस समालोचनाको बारेमा भनेका थिए, ‘साहित्यमा त्यस्ता शब्द प्रयोग नगर्नु राम्रो हुन्छ ।’
बालकृष्ण सम जनताका पक्का प्रतिनिधि थिए । त्यसैले उनले सैनिक सेवालाई पनि चटक्कै छाडिदिए । त्यसपछि उनी जनसमूहमा मिस्सिन लागे र जनतासँग गर्दन जोडेर हिँड्न थाले । अनि उनले आफूसँगसँगै आफ्ना छोरा जनार्दन समलाई पनि हिँडाउन थाले । यी बाबुछोराको काम, व्यवहार र पद्धति राणाका लागि सहन सक्ने विषय थिएन, किनभने समहरू आफ्ना धारणा जनताका धारणामा आबद्ध गरी भाषण गर्दै हिँड्थे । परिणामस्वरूप बालकृष्ण सम र जनार्दन सम पक्राउ परे । समलाई जेलखाना चलान गरिएपछि समले त्यहाँ आफ्नो धारणालाई साकार पार्ने प्रतिज्ञा गरे । समले त्यस बेला आफ्ना प्रतिज्ञालाई तीन चरणमा विभाजित गरे :
(१) सामन्ती पाराका स्वस्ति, कुर्र्णोश, गोडामा ढोग्नेजस्ता चलनका सट्टा सबैलाई नमस्कार गर्ने,
(२) सबैमा समानता, सहृदयता र तपाईं शब्दको प्रयोग गर्ने
(३) भादगाउँले टोपीलाई राष्ट्रिय पोशाक मान्ने ।
बालकृष्णशमशेर जबरा जेलमा थुनिएपछि उनले जेलभित्र विभिन्न घटना देखे । जीवनमा मान्छेले मान्छेलाई कसरी सताउँदो रहेछ भन्ने उनले जेलभित्रै प्रत्यक्ष घटना हेरे । जेलभित्र कैदीलाई आँखा चिम्लेर कुटेको क्षण उनका लागि चिरस्मरणीय दुःखद घटना बन्यो । उनीसँगै पक्राउ परेका न्हुच्छेमानले खाएको कुटाइले उनी झनै दुःखित बने । न्हुच्छेमानले कुटाइ खाईखाई मर्नुपरेको घटनाले उनको भावना झनै विहृवलित, शोकाकुल र व्यथित भयो । २००७ सालको जनक्रान्तिको सफलतापछि उनी पनि जेलमुक्त भए । त्यसपछि उनी आफ्नो समवेदना र सहानुभूति अर्पण गर्न जेलबाट सोझै न्हुच्छेमानको निवासस्थान गए । अनि त्यही कारणले त्यसै दिनदेखि उनले शमशेरको ‘शेर’ लाई चट्टै काटेर आफ्नो थर ‘सम’ लेखे ।
बालकृष्ण सम बहुआयामिक व्यक्तित्वका धनी थिए । त्यसैले यी नेपाली साहित्याकाशैभरि सम्मानित भए । यिनको योगदानका कारणले यी र्सवत्र पुजिए । प्रजातन्त्रपछि मात्र होइन उनी २००७ सालअघि पनि जनप्रिय थिए । सम सधैं जनताका माझमा थिए । नेपाली भाषा, नेपाली संस्कृति र नेपाली परिवेशप्रति समको अपार माया, गहन भरोसा र अनुपम श्रद्धा थियो ।
२००७ सालको क्रान्तिपछि समको व्यक्तित्वले झनै झङ्गिने अवसर पायो । त्यसपछि उनी रेडियो नेपालमा निर्देशक भए, गोरखापत्रका प्रधानसम्पादक भए र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य भए । त्यसपछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति पनि भए । साथै उनी राजसभा स्थायी समितिका सदस्य पनि भए ।
नेपाली वाङ्मयसंसारमा बालकृष्ण सम एउटा अमर प्राज्ञका रूपमा स्थापित भए । उनी एउटा उच्चकोटिका लेखक थिए, सफल चित्रकार थिए र कुशल अभिनेता थिए । सम एउटा दार्शनिक थिए । उनले लेखेका कैयौं रचनाहरू दर्शनमा आधारित छन् । साथै उनले कैयौं नाटकमा आफूलाई मञ्चित पनि गरे । उनी जेजे विषयमा हात हाल्थे सफल हुन्थे । उनी एउटा कुशल चित्रकार पनि थिए । उनले कैयौं चित्रहरूको पनि निर्माण गरे । चित्रकारितामा पनि समले खूबै प्रशंसा पाए, नाउँ कमाए र त्यसैमा पनि आफूलाई स्थापित गराए ।
समले नेपाली माटामा गर्नु गरे । यिनले नेपाली वाङ्मयमा हात हालेर नेपाली कला, संस्कृति र साहित्यलाई विश्वको कला, संस्कृति र साहित्यको हाराहारीमा पुर्‍याए । परिणामस्वरूप उनले नेपालबाट सम्मान पनि पाए । नेपाली वाङ्मयको उत्कृष्ट र उच्चकोटिको सेवा गरेबापत सम गोरखादक्षिणबाहु प्रथमबाट विभूषित भए । उनले राजकीय पदक र त्रिभुवनजयन्ती पदक पनि पाए । नेपाली साहित्यको गरिमालाई नेपालका डाँडापाखा, सहर र बेंसी पुर्‍याएबापत उनलाई ‘त्रिभुवन प्रज्ञापुरस्कार’ पनि र्समर्पण गरियो । साथै नेपाली भाषा, साहित्य, कला, संस्कृतिको उन्नति र विकासमा लामो समयदेखि उल्लेखनीय सेवा गरी नेपाल राष्ट्रको गौरव विदेशमा समेत पुर्‍याएबापट बालकृष्ण सम ‘पुथ्वी प्रज्ञापुस्कार’बाट पनि सम्मानित भए । त्यस पुरस्कारबाट सम्मानित हुने पहिलो स्रष्टा सम नै थिए ।
नेपाली भाषा र साहित्यको सेवाको सिलसिलामा समले नेपालका विभिन्न भूभागको भ्रमण गरे। साथै उनले नेपालका तर्फबाट विभिन्न सभा, समारोह र सम्मेलनमा भाग लिनका निम्ति भारत, चीन, बर्मा, पाकिस्तान, जापान, जर्मनी, फ्रान्स, इटाली, संयुक्त अधिराज्य, सोभियत रूस र अमेरिकाको भ्रमण गरे ।
बालकृष्ण समको व्यक्तित्वलाई मुख्यतया तीन भागमा विभाजित गरिन्छ; (क) सांस्कृतिक व्यक्तित्व, (ख) कलात्मक व्यक्तित्व र (ग) साहित्यिक व्यक्तित्व । उनको सांस्कृतिक व्यक्तित्वमा अभिनयले प्रमुख भूमिका खेलेको पाइन्छ भने उनी गीत गाउनमा पनि निपुण देखिन्छन् । समको कलात्मक व्यक्तित्वले चित्रकलाको भूमिकालाई उल्लेख गरेको पाइन्छ । उनका व्यक्तित्वमध्ये साहित्यिक व्यक्तित्वले चाहिँ देशदेशान्तरमा अहम् भूमिका निर्वाह गरेको छ । वास्तवमा सम आयरलैन्डमा जन्मेका भए यीट्स र बर्नार्ड शा हुन्थे, अमेरिकामा जन्मेका भए टी.एस. एलियट हुन्थे र रूसमा जन्मेका भए मिखाएल शोलोखेभभन्दा ठूला पनि हुन्थे । तर एउटा गरिब र पछौटे देशमा जन्मेर बालकृष्ण सम नेपालभित्र मात्रै थन्किन पुगे । यति हुँदाहुँदै पनि उनी आफ्ना यात्रामा कहिल्यै नथाकी नेपाली माटामा करिब आठ दशक हिँडिरहे । त्यहीक्रममा उनका नाटक, कविता, निबन्ध, प्रबन्ध, जीवनी र कथा गरेर तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भएका छन् ।
नाट्यसम्राट् बालकृष्ण समको महिमामा सञ्चारग्राममा उनको पर्ूण्ाकदको सालिक उभ्याइएको छ, जसको दायाँबायाँमा कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सालिकहरू पनि विराजमान छन् ।

कवी शीरोमणी लेखनाथ पौड्याल जीवनी

लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस१५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवीर पं. दुर्गादत्त थिए।
पौडयालले र्सवप्रथमगङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्नपितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईखर दधिराम मरासिनीको स्नेह,सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमाआफूलाई पुर्‍याएका थिए ।
पौड्याल आफू पन्ध्र वर्षको हुँदाकाठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । त्यसपछि उनी कविता लेखनमा पनिआबद्ध हुन थाले । त्यही तीन वर्षपढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिनगए, तर उनी फेल भए । त्यसपछिउनले पढ्ने कामबाट मन झिके । यति हुँदाहुँदै पनि नेपाली र संस्कृत भाषामा उनीपण्डितलाई पनि जित्ने भए । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा उनका नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे।
पौड्याल पठनपाठनमानभएकाले बरालिन पनि थाले । त्यही क्रममा उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदैतराईको वीरपुर पुगे । त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिंदै भारतको आसामतिरलागे । त्यसैबीच उनीसँग राममणि आदीको सम्पर्क भयो । घटराज भट्टराईका अनुसारत्यसैताका “हलन्त बहिष्कारअभियानमा आचार्य र पौडयालको सहमति बन्यो । पछि राममणि राणाका दरबार घुस्रेपछिपौडयाल उनलाई पछयाउँदै काठमाडौँ आए । तर सुरुका दिनमा उनले काठमाडौंमा राम्ररीटेक्ने ठाउँ भेटेनन् । पछिचाहिं उनले भीमशमशेर जबराका नातिहरू पढाउने जागिर पाए।
राणाका सन्तान पढाउनथालेपछि पौड्यालको बिहानबेलुकाको गर्ज पनि राम्ररी टर्न थाल्यो । त्यही समय उनलेआफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए । उनको कविता पढेर नैभीमशमशेरले उनलाई हजुरिया बनाए । तर जुद्धशमशेर श्री ३ भएपछि पौडयालको शिरमाबल्लबल्ल लागेको घाम पनि अस्तायो ।
शारदाको प्रकाशनको आरम्भमा पौड्याल पनिशारदामा लेख्न पुगे । शारदाको अपरिहार्य आवश्यकताका रूपमा उनका रचनाहरू रहन थाले ।त्यस कालखण्डमा उनी राणाको स्तुतिगान लेखेर थाकेनन् । त्यति बेला उनको र देवकोटाकोराणाको स्तुति लेख्न होड चल्थ्यो । तर २००७ सालको प्रजातन्त्र आएपछि पौड्याललाईचाहिं राणाको स्तुति लेखेकोमा पछुतो भएको थियो । त्यसैले त्यसपछि पौडयालले नेपालीकाङ्ग्रेसको चारतारे विल्ला लगाएर आफूलाई जनमाझ कट्टर प्रजातन्त्रवादीको प्रदर्शनगरेका थिए ।
२००८ सालअसार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपियाँआजीवन भत्ता प्रदान गरेका थिए ।
लेखनाथ पौड्यालले ‘कविशिरोमणि’को पद पाएपछि उनले र्सवप्रथमआफ्ना गुरू दधिराम मरासिनीलाई एउटा चिठी लेखे ”मेरा पूज्य गुरू ! तपाईंले मेरा हातसमाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु।”
कविशिरोमणिको सम्मान पाएपछि पौड्यालले आफ्नोशिर उठेको ठाने । त्यसपछि उनी कविता लेखनमा मात्रै आबद्ध हुन थाले । साहित्यिकसङ्घसंस्थाहरूले पनि उनैलाई प्रमुख अतिथि बनाएर कार्यक्रमहरू गर्न थाले।
लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा खुवैमिल्थे । यिनीहरू प्रायः छुट्टिँदैन थिए । त्यसैले २००९ सालमा उनीहरू इलामको कर्फोकपुग्दा त्यहाँ उनीहरूको भव्य स्वागत भएको थियो । त्यसैताका उनीहरू दार्जीलिङ जाँदात्यहाँका त्रिमूर्ति सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणिप्रधानले यिनीहरूलाई पनि त्रिमूर्तिको सम्बोधन गरेका थिए । त्यसपछि नेपालीभाषासाहित्यमा त्रिमूर्ति भन्ने वित्तिक्कै पौड्याल, सम र देवकोटा कहलिन थाले।
२०११ सालको कुरा हो; पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमाकाठमाडौँमा उनको रथयात्रा गरियो । यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम। साथै यस कार्यमा छाता ओडाउने काम चाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए। त्यसै बेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए । त्यस दिन पौडयालकाहातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रुपियाँको थैली पनि राखिएको थियो । त्यसघटनाको खुशियालीमा पौड्याल रोएका थिए ।
पौड्याललाई रथारोहण गराइएको विषयमा उत्तमकुँवरले लेखेका छन् “२०११ पुस२० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड र म छाड गर्दैठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए । शिरोमणिका आँखामाआँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए । नेपालको निम्ति मात्र होइनसारा विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो ।”
पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए ।उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् । उनका कृतिगतयोगदानले उनी नेपाली परिवेशमा र्सवत्र फैलिए । त्यसैले साहित्यप्रतिको कदरस्वरूपउनलाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार पनि प्रदान गरियो।
महाकवि देवकोटाका जोडले पौडयाल नेपालएकेडेमीको पनि सदस्य भए । एकेडेमीका भ्वाइसचान्सलर बालचन्द्र शर्माले पौडयाललाईनपढेको भनेर राजा महेन्द्रलाई एकोहोर्‍याएका थिए; तर देवकोटाले राजालाई सन्देश पठाए “तीऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन । त्यसपछि पौडयाल पनिसदस्यमा मनोनीत भए ।
पौडयालका मनपर्ने लेखक कालिदास थिए । उनकामनपर्ने अर्का स्रष्टा मैथीलिशरण गुप्ता थिए । साथै नेपाली भाषासाहित्यमा पौड्यालकामन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे थिए । लेखनाथलाई सबैभन्दापहिला कविसम्राट्को उपाधी लेख्ने पनि देवकोटा नै थिए । वास्तवमा पौड्याल आधुनिकनेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए ।
पौड्याललाई आर्थिक अभाव भइरहन्थ्यो । उनलाईगर्ज टार्ने काम राजा महेन्द्रले पनि गरिरहन्थे । त्यति मात्र होइन उनकोबिहानबेलुकाको चुल्हो बाल्ने काम पनि राजा महेन्द्रले नै गरिदिए । यसबारे पौड्याललेभने “मेरा साथ पैसा रहँदैन, दुःखको दुखै हुन्छ । साँझ सबेरचाहिँ राजाको कृपाबाट चलिरहेको छ ।”
राणाकालीन युगमा खुलेर साहित्य लेख्नपाइँदैनथ्यो । राम्रा सृजना पनि आगोमा झोस्नुपथ्र्यो या त स्रष्टाले चिसो खोरमासुत्न जानुपथ्र्यो । त्यसैले पौड्यालले जति लेखे धेरै लेखे । यसै प्रसङ्गमा उनी आफैभन्थे “मेरो समयमा त म एक्लो जस्तै थिएँ । त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो ।तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !”
पौडयालले दुई जनासँग बिहे गरे ।उनका छोरा अनन्त पौडयाल नेपालसरकारका सचिव भए । साथै उनका दुई छोरी पुण्यप्रभादेवी ढुङ्गाना र कुन्तिदेवीभट्टराईले पनि साहित्यमा आफूहरूलाई उभ्याए ।
पौडयालको स्वास्थ्य क्रमशः खच्किन थाल्यो ।खास गरेर २०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दूले ढपक्कै छोपेकोथियो; त्यसैले उनी एउटाआँखामात्र देख्थे ।
२०२२ सालमा पौडयाल तीर्थ गर्न बनारस लागे । तरभारतको रक्सौलमा पुगेपछि उनी थला परे । अनि उनले भने “अब म मर्छु । म मर्न मेरै देशमा र्फकन्छु।” त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणीनदीमा ल्याइपुर्‍याइयो । उनको त्यो समाचार राजा महेन्द्रलेसुनेर उपचारार्थ तुरुन्तै दस हजार रुपियाँ पठाइदिए ।
अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए । यो समाचार सुन्नेवित्तिकै नाट्यसम्राट्बालकृष्ण सम रोए । त्यसपछि त्यस लहरले नेपाल राष्ट्र ढाक्यो र क्रमशः नेपालीसाहित्य बोलिने सारासंसासरमा यो बेहोराको सम्प्रेषण भयो ।
प्रस्तुति
नरेन्द्रराज प्रसाई

मोतीराम भट्ट जीवनी

मोतीराम भट्ट नेपाली साहित्यको एउटा युग अर्थात् माध्यमिक कालका प्रवर्तक हुन् । उनी नेपाली साहित्यको माध्यमिक कालका मेरुदण्ड, निर्माता र पथपर्दशक थिए । यिनै मोतीराम भट्टको योगदानका विषयमा बालकृष्ण समले लेखेका छन्- मोतीराम देशको प्रत्येक क्षेत्रमा राष्ट्रियता चाहन्थे, त्यसै बाट देशोन्नति हुन्छ भन्ने उनको धारणा थियो । उनी स्वदेशी खानु, स्वदेशी लाउनु, स्वदेशी व्यवहार गर्नु , स्वदेशी बोल्नु तथा स्वदेशी हेर्नु पर्दछ भन्ने सपना देख्तथे । वास्तवमा उनी एउटा होनहार, ओजस्वी र तपस्वी व्यक्तित्व थिए । उनी नेपाली भाषा, नेपाली साहित्य र नेपाली कलाप्रति गर्व मान्थे । उनको लागि यो नेपाली माटो विश्वसाहित्य थियो। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा थिए । साँच्चै उनी नेपालका एउटा कर्म वीर सपूत थिए । उनको मिहिनेत, जा“गर र आराधनाका कारणले उनले एउटा युग नै स्थापित गरिदिए- मोतीराम युग । संवत् १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यको एउटा बेग्लै युग कायम गर्ने पौरखी पुरुष नै मोतीराम भट्ट थिए ।
मोतीराम त्यस युगका बौद्धिक नायक थिए, साहित्यिक सङ्ठनात्मक नेता थिए र सांस्कृतिक योद्धा थिए । नेपाली वाङ्मयको उत्थानका लागि मोतीरामले खेलेको भूमिकाले उनी नेपाली भाषा, साहित्य र संस्कृतिका अक्षरअक्षर, शब्दशब्द र भाकाभाका रहेसम्म बाँचिरहनेछन् ।
मोतीराम भट्ट नेपाली साहित्याकाशमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन् । यिनै महान् व्यक्तित्वले नेपाली भाषासाहित्यमा समालोचनाको श्रीगणेश गरे । भट्टले नै संवत् १९४८ मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई नेपाली साहित्यको मन्दिरमा सममर्पण गरेर पहिलो आधिकारिक समालोचकमा आफ्नो नाउँ लेखाए । कवि भानुभक्त आचार्य को जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसाको थाक पनि लगाएका छन् । उनले भानुभक्तलाई स्थापित गर्न धेरै जुक्ति ख्याएका थिए । भानुभक्तलाई महान् कवि बनाउन उनले कैयौ फुटकर कविता रच्तै भानुभक्तका नाउँमा पनि समाविष्ट गराएका थिए भनिन्छ । यस कुराको प्रमाण तानासर्माबाट पनि व्यक्त गरिएको छ- आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने पार्नलाई नै उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका थिए । ती फुटकर सिलोकहरूमध्ये धेरै जसो मोतीराम भट्ट आफैँले रचेका थिए ।’’ उदाहरणका लागि घाँसीसम्बन्धी दुई सिलोकहरूमध्ये पहिलोलाई लिन सकिन्छ :
भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो ।
यस सिलोकको चौ थो हरफमा प्रयुक्त मो शब्दबाट यसको रचना मोतीराम आफैँले गरेका थिए भन्न सकिन्छ । किनभने भानुभक्तले कतै पनि म लाई मो लेखेका छैनन् तर मोतीरामले भने ’म’को साटो जताततै मो लेखेका छन् । जनजीवनमा साहित्यिक र भाषिक भावनाबाट जागरण ल्याउनका लागि मोतीरामले भानुभक्तलाई घुँडा टेकेर उठाएको हुनुपर्छ । वास्तवमा नेपाली साहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्याउन मोतीराम भट्टले भानुभक्त आचार्य जस्ता एउटा साधारण व्यक्तिको यथेष्ट कदर गरेका थिए । उनले आफ्नो चरित्र नायकलाई उठाउन भरमग्दुर गुणग्राहिता दर्शाएका थिए ।
मोतीराम भट्टले भानुभक्त आचार्य का विषयमा लेखेका प्रायः सबै. बेहोरालाई नै नेपाली साहित्यको इतिहासले आधिकारिक रूपमा ग्रहण गरेको. छ । उनले भानुभक्तलाई सपनामा पनि जप्ने गर्थे र विपनामा पनि जप्ने गर्थे । मानौ “ भानुभक्त आचार्य नै मोतीराम भट्टका मणि थिए । त्यस बेला मोतीरामले भानुभक्तलाई उचाल्न उनका विषयमा चलाएको कलमको सानो नमुना कवि भानुभक्त आचार्य को जीवन-चरित्र’को भूमिकामा भनिएको यस कथनले स्पष्ट पार्छ :
कदाचित् “कवि भानुभक्त” को कविता हेरेर तपाञीहरुको इच्छा जीवन-चरित्र पनी हेर्न को भयो होला, तस् अर्थ कविको जीवन वृत्तान्त हालमा लेखी छपायाको छू सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो भने भला मेरो परिश्रम पनी सु˚ल होला । यथाशक्य कविका निर्मि त श्लोक बयान समेत राखी यो जीवन चरित्र लेखेको छू । कवि भानुभक्त आचार्य का भतीजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन् छू जस् ले मलाई निज कविका अनेक हाल यथार्थ. भन्नुभयो जस् का कृपाले यो पुस्तक् को जन्म भयो ।
मोतीराम भट्ट जोस“गै पनि खुलस्त हुन्थे । उनी साथीभाइ भनेपछि पनि मरिमेट्थे । दरबार हाई स्कूलमा उनका सहपाठी चन्द्रशमशेर ज.ब.रा. तथा देवशमशेर ज.ब.रा. थिए । देशको विकासका लागि मोतीराम भट्ट चिन्तित थिए । त्यस बेला मोतीराम भट्टको देशप्रतिको चाहनालाई भावी प्रधानमन्त्री देवशमशेर ज.ब.रा.ले राम्ररी हृदयङम गरेका थिए । देवशमशेर ज.ब.रा.ले पनि मोतीराम भट्टलाई मन पराउने गर्थे । त्यसबेला देवशमशेरको सुधारवादी दृष्टिकोणमा मोतीरामको प्रशस्तै भूमिका थियो । एकातिर देवशमशेर प्रधानमन्त्री हुनु र अर्का तिर त्यसै बेला मोतीरामको निधन हुनाले देवशमशेरले चाहिने जति सुधारमा मोतीराम भट्टको सहयोग पाउन सकेनन् ।
दरबार हाई स्कूलमा अध्ययन गर्दा नै मोतीराम भट्ट नामी भइसकेका थिए । यी पढाइमा पनि तेजिला थिए । यिनले दरबार हाई स्कूलको दशम कक्षामा अध्ययन गरिरहेको बेला अर्थात् १९४८ सालमा बेलायतबाट नेपाल-भ्रमणमा आएका लर्ड राबर्ट प्रधानमन्त्री चन्द्रशमशेरसँग दरबार हाइस्कूलको निरीक्षणमा गएका थिए । त्यस बेला स्कूलको प्रथम विद्यार्थी मोतीराम भट्ट भनेर चन्द्रशमशेरले परिचय गराउनासाथ ती पाहुनाले उभिरहेका मोतीरामलाई आफ्नै हातबाट मेच दिएर बस भने । त्यसपछि चन्द्रशमशेरले पनि बस भनेपछि मात्र मोतीराम भट्ट त्यस मेचमा बसेका थिए । त्यसै बेला ती बेलाइतीले पुरस्कारस्वरूप भट्टलाई पन्ध्रवटा ग्रन्थ उपहार दिएका थिए । उनी ठाउँ हेरी सबैमा आवश्यकताबमोजिम केन्द्रित हुने गर्थे । त्यसताका साहित्यकारहरूलाई एउटै चौतारामा उभ्याएर सङ्गठन गर्न पनि उनी सिपालु थिए । प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक, स•ठनकर्ता, पुस्तकालय स्थापक पनि मोतीराम भट्ट नै थिए । उनी कवि, गजलकार र गीतकार पनि थिए । साथै उनी मीठो स्वर भएका गायक पनि थिए । समस्यापूर्ति को धारामा अभ्यास गराउने खुबी पनि यिनै को थियो । त्यतिमात्र होइन उनी एउटा मौ लिक नाटककार तथा नाटक निर्दे शक पनि थिए ।
नेपाली साहित्यका ऐतिहासिक महापुरुष मोतीराम भट्टको जन्म १९२३ साल कुशेऔसीका दिन भदौ २५ गते,शनिबार काठमाडौँको भोसिको टोलमा भएको थियो । मोतीराम भट्टको वंशचाहिँ कुमाउगढबाट आएको थियो । मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका थिए । भट्टदम्पतिका प्रथम पुत्रचाहि जन्मनासाथ दिवङ्त भएका थिए । मोतीराम भट्टलाई दीर्धवीजी राख्न उनका मातापिताले यिनका नाकको दाहिने पोरा छेडिदिएका थिए । नाक छेडेपछि यिनलाई उनका साथीहरूले केटी भनेर गिज्याउँथे भन्ने कुरा पं. नरदेव पाण्डे व्यक्त्याउँ छन् ।
मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए । ६ वर्ष भएपछि यी काशी पुगेका थिए । किनभने त्यसबेला यिनका पिता पं. दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बसेका थिए । त्यसपछि मोतीराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्न थाल्यो । त्यहाँ यी फारसी स्कूलमा भर्ना भए र त्यहीँ बस्ताबस्तै यिनले फारसी र उर्दू पढ्न थाले । काशीमा यिनले भारतेन्दु हरिश्चन्द्रसँग आन्द्रा जोडेका थिए । भारतेन्दु पनि मोतीरामझैँ पोख्त, होनहार र परिश्रमी थिए । भारतेन्दुसँग गहकिलो सङगत गर्दै उनले नेपाली साहित्यको सेवा गरे र यी पढाइमा पनि समर्पि त भइरहे । हुँदाहुँदै मोतीराम पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अङ् ग्रेजी भाषामा पनि दक्ष हुन थाले । बनारसमा यिनले हरिश्चन्द्र स्कूलमा अङ्ग्रेजी भाषासाहित्यको अध्ययन गरेका थिए । पढ्दापढ्दै आठ वर्षको उमेरमा बनारसमा नै यिनको व्रतबन्ध गरियो ।
बनारस बसेका बेला मोतीराम भट्टले राम्राराम्रा गजल गाएका थिए । त्यसै बेला यिनले सितारवादन पनि जानेका थिए । मीठो स्वरलहरीले यिनी मधुर गीत गुन्गुनाइरहन्थे । बनारसका प्रसिद्ध सितारवादक पन्नालालबाट यिनले सितार बजाउन र गीत गाउन सिकेका थिए । करिब आठ वर्ष बनारस बसेर यी १९३७ सालमा पुनः काठमाडौँ भित्रिए । त्यसै साल यिनले १५ वर्षको उमेरमा बिहे गरे । विवाहपछि यी केही दिन काठमाडौमा नै बसे । त्यसबेलासम्म उनी नेपाली भाषामा लेखिएका मीठामीठा गीत, कविता, भजन र गजल सुन्नबाट वञ्चित थिए । बनारसमा बस्ता यिनले चार सयजति शायरीहरू लेखिसकेका थिए । तर त्यस बेलासम्म यिनले नेपाली गीत, कविता र गजल कोरेकै थिएनन् । त्यसै बखत यिनले नरनारीका युगलरदोहरीरजुहारी गीत सुन्न पाए । वास्तवमा त्यस बेला सुनेको रसिया गीतले यी मोहित पनि भए । त्यसपछि उनले यस्ता मीठा गीतहरूलाई हृदयमा रोप्न थाले, मस्तिष्कमा खेलाउन थाले र स्वरद्वारा प्रस्तुत गर्न थाले । अनि केही दिनपछि उनका छिमेकी खड्गदत्त पाण्डेको बिहेमा उनी पनि जन्ती गए । त्यहाँ पनि भट्टले रातभरि श्लोकमा जुहारी खेलेको सुने अनि नेपाली भाषामा पनि यति मीठा कविता लेखिँदा रहेछन् भन्ने कुराको उनीमा झन् सारो ज्ञान पलायो । ती सबै जुहारी सिलोकहरू भानुभक्तले लेखेका हुन् भन्ने चाल पाएपछि उनी एक्कासि भानुभक्त आचार्यका गुनगानमा लाग्न थाले । त्यसपछि उनी भानुभक्त आचार्यका कृतिहरू खोजीखोजी प्रकाशन गर्ने काममा जुट् न लागे । वास्तवमा भानुभक्त आचार्यका कविताले मोतीराम भट्टलाई प्रेरित गरी साँच्चैको मोतीराम बनाइदिए । यसपछि केही महिना काठमाडौमा बसेर आफ्नी पत्नीसहित उनी संवत् १९३८ को पुसमा काशी गए । काशी पुगेर यिनले भारतजीवन भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण गराए र यसको प्रकाशकीय र सम्पादकीय लेखे । त्यसै ताका यी त्यहाँ भारतजीवन छापाखानासँग सम्बन्धित पनि बने । त्यही छापाखानाबाट यिनले नेपाली भाषाका पुस्तकहरू भटाभट छापे । त्यसै बेला यिनले बनारसमा केही साथीहरूको सक्रियतामा एउटा मित्रमण्डलीको गठन गरे । त्यहीँ यिनले समस्यापूर्तिका कवितालगायत अन्य फुटकर कविता र गजल-लेखनको अभियान पनि चलाउन थाले । बनारसमा यस कार्य क्रममा उनलाई सघाउने व्यक्तिहरू पद्मविलास पन्त, काशीनाथ, र•नाथ, तेजसिंह र तेजबहादुर राना थिए ।
काशीमा बसेकै बेला मोतीराम भट्टले भानुभक्त आचार्यको बालकाण्ड रामायण र पछि सम्पूर्ण रामायण पनि प्रकाशित गराए । त्यसै बेला उनले अन्य थुप्रै नेपाली भाषाका पुस्तकहरू प्रकाशित गराएका थिए । त्यसै ताका यिनले साथीभाइहरूलाई भेला पारी समस्यापूर्ति कविता लेख्ने जागरण ल्याएका थिए । बनारसमा नेपाली भाषासाहित्यका थुप्रै कृतिहरूको प्रकाशन गरी भट्ट संवत् १९४४ फागुनमा फेरि काठमाडौ आए । राजगुरु लोकराज पण्डितबाट झिकाइएर उनी काठमाडौ आएका थिए । त्यसपछि मोतीराम भट्टले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ सालमा काठमाडौको ठहिटीमा मोतीकृष्ण कम्पनी खोलेका हुन् । त्यसै बेला उनले पुस्तकालय पनि खोलेका थिए ।
मोतीराम भट्टले नेपाली भाषासाहित्यलाई तीव्रगतिमा उन्नति गराउन कम्मरमा पटुका कसेका थिए । त्यसै ले उनले काठमाडौमा आफ्ना मामा नरदेव पाण्डे तथा लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदिस“ग मिलेर मित्रमण्डली’ गठन गरे । त्यही मञ्चबाट श्रृङाररसमा समस्यापूर्ति कविताहरुको निर्माण, परिचालन र कार्या न्वयन हुन थाल्यो । त्यस बेला यिनीहरू सबैलाई मोतीराम भट्टले समस्यापूर्ति कविताको शीर्षक दिएका थिए- ल्यौ ल्यौ औँठी म दिन्छु राख तिमीले मेरो निशाना भनी । वास्तवमा त्यही शीर्षकबाट मोतीरामलगायत यिनीहरूले औ पचारिक रूपमा पहिलोपल्ट समस्यापूर्ति कविता रचना गरेका थिए । मोतीराम भट्टलाई यी समस्यापूर्ति कवितालाई सङ्ग्रह गरेर समस्याशतक भन्ने ग्रन्थनिर्माण गर्ने धोको थियो । तर उनले निर्माण गर्न थालेको समस्याशतक भन्ने ग्रन्थका लागि पाँच जना कविहरू मिलेर लेख्ता जम्मा चौबीस श्लोक मात्र तयार भए सङ्ग्रह भने निस्कन सकेन । समस्यापूर्ति कविताहरूको अभ्यासमा भट्टलाई महत्त्वपूर्ण रूपमा सघाउने अन्य स्रष्टाहरू थिए- राजीवलोचन जोशी, डोलेश्वर, कालीप्रसाद, देवराज । यसै क्रममा यिनले दरबार हाई स्कूलमा अध्ययन गरी १९४८ सालमा कलकत्ताबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । १९५० सालमा यी कलकत्तामा एए.आईए परीक्षामा सम्मिलित भए । त्यस परीक्षामा उनी अनुत्तीर्ण भए । यसपछि केही खिन्न भावना बोकेर उनी १९५२ सालमा पुनः कलकत्ता गए । त्यसबखत उनी त्यहीँ थला परे । केही समयपछि उनी अशक्त शरीर लिएर काठमाडौ आए । सात महिना ओछयानमा थला परेर कुशे औसीमा एकतीस वर्ष लागेकै दिन उनी १९५३ सालमा काठमाडौ पशुपति आर्य घाटमा स्वर्गी य भए ।
२पं. दयाराम भट्ट र रिपुमर्दि नीदेवीका सन्तानका रूपमा मोतीराम र उनकी बहिनी मात्र जीवित थिए । आफ्नो छोरो मोतीराम आर्यघाटमा मरणासन्न अवस्थामा पुगेको क्षणले रिपुमर्दिनी भट्टलाई त्यस घडी अत्यन्तै विहवल बनाएको थियो । उनी त्यसबेला सुकसुकाउँदै आफ्नी विधवा छोरीका साथमा आफ्नो छोराको अन्तिम जीवन हेरेर बसिरहेकी थिइन् । अनि त्यसै बेला मोतीराम भट्टले आफ्नी आमा र बहिनीसमक्ष भनेको कुरा पं.नरदेव पाण्डेले लेखेका छन्- अब मेरो बाह्र घण्टादेखि बर्ता यस कलेवरमा वास छैन । हजुरले पैदा गरिबक्सिएको यस शरीरबाट केही पुरुषार्थ गरी हजूरलाई देखाउँला भन्ने इच्छा थियो, सो मनको लड्डु मनै मा मात्र रह्यो । मेरा सन्तान भएनन् भन्ने हजूरलाई ठूलो अपशोच थियो । यसमा पनि गजेन्द्रमोक्ष, प्रह्लादभक्ति’ आदि मदेखि पैदा भएका जति ग्रन्थ छन्, तिनै मेरा अमर सन्तान हुन् भनी सम्झिबक्सेला ।
मोतीराम भट्ट स्वर्गी य हुँदा उनका बुबा दयाराम भट्ट बनारसमा नै थिए । त्यस बेला रिपुमर्दि नी भट्टका मनमा अब आफ्नो भट्टकुलमा कसै को पनि पुत्ररसन्तान नहुनाले वंशोच्छेद नै हुन लाग्यो भन्ने भावनाको जागरण भयो । परिणामस्वरूप उनले नै आफ्ना पति दयाराम भट्टलाई आफ्नो पुत्र गुमेको २ वर्षपछि अर्थात् संवत् १९५५ मा काशीबाट काठमाडौ झिकाइन् । त्यसै वर्ष ५५ वर्षीय रिपुमर्दि नीले आफै बन्दोबस्त गरी ५७ वर्षीय दयाराम भट्टको विवाह गरिदिइन् । भरखरकी कल्कलाउँदी कन्या दयाकुमारीसँग दयाराम भट्टको बिहे भएपछि भट्ट छोरा पाउने सपनामा नै केन्द्रित हुन थाले । बिहे गरेपछि दयाराम भट्ट आफ्नी कान्छी श्रीमतीसहित काशी नै पुगे । यी दम्पतिले संवत् १९५९ को मार्ग कृष्ण सप्तमीमा छोरा जन्माए, जसको नाउँ राखियो- रामेश्वर भट्ट । छोरो जन्मेको ६ महिनापछि दयाराम भट्ट र्स्वर्ग गए । दयाकुमारी भट्ट र रामेश्वर भट्ट रिपुमर्दि नीको सुयोग्य, ममतामय र करुणामय संरक्षणमा रहे । केही समयपछि दयाकुमारी भट्ट पनि स्वर्गी य भइन् । त्यसपछि रिपुमर्दि नी भट्टका साथमा एउटी छोरी र एउटा छोरा मात्र रहे ।
मोतीराम भट्ट विशेषतः श्रृङारवादी साहित्यकार थिए । उनी जोसँग पनि भुतुक्कै हुन्थे । अति मिलनसार भएकाले उनीसँग पनि धेरै ले घनिष्टता जोडेका थिए अनि यी केटीहरू भनेपछि मरिमेट्थे । भनिन्छ यिनले थुप्रैसँग प्रीति गाँसे । यिनमा केटीहरूसँगको घनिष्टता औधि थियो । वास्तवमा मोतीराम भट्टले लेखेका अधिकांश गजलहरू पनि श्रृ•ङाररसले भरिएका नै पाइन्छन् । यिनले सुन्दरीसँग बोल्न पाए भने मीठामीठा कविता लेख्न थाली नै हाल्थे । यिनका श्रृङाररसका धेरै कविताहरू केटीहरूसँगकै भेटघाटका अवसरमा तयार भएका मानिन्छन् :
यि सानै उमेर् देखि मन् हर्न लागे
यिनै सुन्दरीले जुलुम् गर्न लागे ।।
मोतीराम भट्टले नेपाली साहित्याकाशमा सक्रिय भई जम्मा पन्ध्र वर्षजति सेवा गरे । त्यस अवधिमा उनले झन्डै पच्चीसवटाजति साहित्यिक कृति लेखे, सम्पादन गरे । यिनले अरू लेखकका पनि कृति प्रकाशित गराए । यिनले लेखेका कृतिहरू हुन् :( १) मनोद् वेगप्रवाह (कवितासङ् ग्रह : १९४२ तिर), (२) प्रह्लाद भक्तिकथा (काव्य : १९४३ तिर), (३) गजेन्द्रमोक्ष (काव्य : १९४४ तिर),(४) पञ्चकप्रपञ्च (काव्य : १९४४), (५) शकुनौ ती (शकुनविचार : १९४४ तिर), (६) स्वप्नाध्याय (स्वप्नविचार : १९४४ तिर), (७) गफाष्टक (केही अष्टक : १९४४ तिर), (८) शकुन्तला (नाटक :१९४४ तिर), (९) सङ्गीत चन्द्रोदय (केही गजल : १९४४ तिर), (१०) उषाचरित्र (काव्य : १९४४ तिर), (११) अनुप्रासमञ्जरी (१९४४ तिर), (१२) चाणक्यनीति (१९४५ तिर), (१३) पद्मावती (नाटक अपूर्ण : १९४५ तिर), (१४) पिकदूत (काव्य : १९४५ तिर), (१५) काशीराज चन्द्रसेन (१९४५ तिर), (१६) गुलसनोवर (आख्यान : १९४६ तिर), (१७) उखानको बखान, (१८) कालभ्रमरसंवाद -काव्य), (१९) हुस्न अ¢ªरोज आराम दिल (उर्दू नाटक), (२०) बालाजीवर्णन (कविता), (२१) भानुभक्तको जीवन-चरित्र (जीवनी तथा समालोचना १९४८), (२२) प्रियदर्शि कानाटक : १९४९ तिर), (२३) तीजको कथा, (२४) केही फुटकर वाणिर्क छन्दका कविता र गजलहरू । यिनले सम्पादन गरेका कृतिहरु यी हुन्- रामायण बालकाण्ड (वि.सं. १९४१) सम्पूर्ण रामायण (वि.सं. १९४४) ।
मोतीराम भट्टले युवाअवस्थामा आफ्नो सारा भावना, जाँगर र सक्रियता अर्पे र नेपाली साहित्यको विकासमा अतुलनीय, अविस्मरणीय र अकल्पनीय सृजनात्मक र स•ठनात्मक साहित्यिक कार्य हरू गरेका थिए । उनले गरेका समस्त कार्य हरूको मूल्याङ्न गर्दा उनको व्यक्तित्वलाई निम्नलिखित पाँचवटा पाटामा वर्गीकरण गर्न सकिन्छ :
(१) जीवनीकार, समालोचक तथा अन्वेषक
(२) कवि, गजलकार तथा गायक
(३) समस्यापूर्ति कार तथा सङ्गठनकर्ता
(४) नाटककार तथा निर्देशक
(५) सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्माता ।
(१) जीवनीकार, समालोचक तथा अन्वेषक
नेपाली साहित्यजगत् मा पहिलो जीवनीलेखक मोतीराम भट्ट हुन् । १९४८ सालमा भट्टले भानुभक्त आचार्य को जीवनीको पुस्तक लेखेका थिए ।
नेपाली साहित्यका आदि समालोचक नै मोतीराम भट्ट थिए । यिनले र्सवप्रथम भानुभक्तको रचनाको समालोचना गरी नेपाली साहित्यमा समालोचनाको आरम्भ गरेका थिए । भानुभक्तको जीवन-चरित्रमा खालि भानुभक्त आचार्य को जीवनीमात्र प्रस्तुत नगरी आचार्य का कवित्वशक्तिको मोतीरामले समालोचना गरेका छन् । त्यसै कृतिमा मोतीरामले भानुभक्तलाई आदरस्वरूप आदिकविको नामाङ्कन गरेका छन् । तर भानुभक्तभन्दा अघि पनि नेपाली भाषामा कविता लेख्ने कविहरू भएको हुँदा भानुभक्तलाई जातीय कवि भने न्याय होला । हुन त यसबारेमा मोतीराम भट्टले लेखेका पनि छन्- गोर्खाभाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पहिले भये तर कविताको मर्म जानी भाषापद्य लेखने कविहरूमा आदिकवि भानुभक्त नै हुन् ।
मोतीराम भट्ट नेपाली साहित्यका प्रथम अन्वेषक पनि हुन् । उनले नै भानुभक्तको बालकाण्ड रामायण फेला पारे । १७ वर्षको उमेर पार गरिसकेपछि उनी प्रायः भानुभक्तीय निष्ठामा एकोहोरो भएर लागे । त्यसै बेलादेखि उनले भानुभक्तसम्बन्धी जीवनी लेखे, पाण्डुलिपि खोजे । मोतीरामले नै भानुभक्तका वधूशिक्षा,भक्तमाला’,प्रश्नोत्तर’ र रामगीतालाई प्रकाशनमा ल्याएका थिए । यिनले भानुभक्तको अत्यन्तै गहिरिएर खोजिनीति गरे । भानुभक्तका अतिरिक्त यिनले बिहारीलाल, छविलाल, पतञ्जलि आदि व्यक्तिहरू पनि कवि भएको सूचना जनसमक्ष पुर्याएका थिए ।
साहित्य-सृजनामा यी आफ्ना दौँतरीहरूलाई नै अगि सारिरहन्थे । आफ्ना पूर्वज, समकालीन र पछाडिका मान्छेको उनी खुवै प्रशंसा गर्थे । यिनले भानुभक्तलाई कहीँ आदिकवि भनेका छन्, कहीँ कविकुलमुकुट भनेका छन् भने कहीँ चाहिँ चक्रचूडामणि पनि भनेका छन् । त्यसैगरी यिनले राजीवलोचन जोशीलाई कविशिरोमणि र पद्मविलास पन्तलाई कवि भनेर सम्बोधन गरेका छन् । मोतीराम भट्टले आफूले मनले खाएको व्यक्तिको स्तुति गरेर कविता पनि लेखिदिन्थे । उनले भानुभक्त, राजीवलोचन र पद्मविलासको काव्यात्मक महिमा निकै राम्ररी गाएका छन् ।
(२) कवि, गजलकार तथा गायक
मोतीराम भट्टले श्रृङ्गर, भक्ति तथा राष्ट्रियताका विषयमा थुप्रै कविताहरू लेखे श्रृङ्गारिक कविताका चाहिँ उनी निर्मा ता नै बने । श्लोकसङ्ग्रह र मनोद्वेगप्रवाहमा मोतीराम भट्टका थुप्रै श्रृङ्गारिक कविता रहेका छन् । पिकदूत’ भट्टको श्रृङ्गाररसको अर्को काव्य हो ।
मोतीराम भट्टले नै नेपाली भाषामा गजलको आविष्कार गरे । यिनले नेपाली भाषामा थुप्रै गजल लेखेर लोकप्रिय बनाएका छन् । त्यस बेला यिनको गजललेखनबाट लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, नरदेव पाण्डे पनि आकर्षित भए र उनीहरूले पनि गजल लेख्न थाले । भट्टकै प्रेरणाबाट शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी र मवीवि शाहले पनि नेपाली काव्यविधामा गजललाई महत्त्वपूर्ण किसिमले प्राथमिकता दिए । भट्ट गजलकार मात्र नभएर गायक पनि थिए । त्यसबेला दरबारमा उर्दूका गीतगजल गाएको देखेर यिनले नेपाली गजलगीत लेखे र गाएर पनि प्रस्तुत गर्न थाले । दरबारमा पनि क्रमशः मोतीराम भट्टले लेखेका गजल चल्न थाले :
यता हेर्यो यतै मेरा नजर् मा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजर् मा राम प्यारा छन् ।
(३) समस्यापूर्ति कार तथा सङ्गठनकर्ता
समस्यापूर्ति कविता लेख्ने जाँगर चलेपछि अरूलाई पनि यस विषयमा केन्द्रित गर्न उनले काठमाडौ तथा बनारस दुवै ठाउँमा मित्रमण्डलीको स्थापना गरे । संस्कृत वाङ्मयको पुरानो चलनलाई नेपाली भाषामा कायम गराउन उनी खुबै जुटे र समस्यापूर्तिको कविता सर्वप्रथम भट्टले नै आफै लेखे । बनारसमा बसेको बेला यिनले आफ्ना हितैषी साथीहरू तेजबहादुर, काशीनाथ, रङ्गनाथ, चेत सिंह र पद्मविलासलाई पनि समस्यापूर्तिका कविता लेख्न निपुर्ण बनाए । यिनले काठमाडौमा राजीवलोचन जोशी, भोजराज पाण्डे, डोलेश्वर, लक्ष्मीदत्त पन्त, नरदेव पाण्डे, कालीप्रसाद, देवराज र गोपीनाथ लोहनी आदिलाई पनि सङ्गठनात्मक रूपमा समस्यापूर्तिको कविता लेख्न वातावरण जुटाए । वास्तवमा उनीहरू पनि क्रमशः क्रमशः समस्यापूर्ति ’ कविता लेख्न निपुण भएका थिए ।
(४) नाटककार तथा निर्देशक
मोतीराम भट्टले नेपाली भाषामा शकुन्तला’, प्रियदर्शिका र पद्मावती’ गरी तीनवटा नाटक लेखेका थिए । हुन त यिनले उर्दू मा पनि नाटक लेखेका थिए । शकुन्तला नाटक यिनले आफ्ना साथी देवशमशेर ज.ब.रा.को. अनुरोधमा लेखन र निर्देशन गरेका थिए । यिनले निर्देशन गरेको यो नाटक प्रधानमन्त्री वीरशमशेर ज.ब.रा.ले पनि हेरे । यो नाटक दरबारबाट पुनः बाहिर निस्केन । भनिन्छ देवशमशेरबाट नै यस नाटकलाई दबाइएको हुन सक्छ । जे होस् , मोतीराम भट्ट नाटकलेखनमा जति कुशल थिए निर्दे शनकलामा पनि त्यति नै पोख्त थिए ।
(५) सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्माता
मोतीराम भट्टले प्रायः भानुभक्त आचार्य का कृतिहरूको मात्र सम्पादन गरेको पाइन्छ । भानुभक्तको बालकाण्ड रामायण यिनै को सक्रियता, सौजन्य र भूमिगत सम्पादनमा प्रकाशित भएको थियो । भानुभक्तकृत भाषा रामायणको यिनै ले सम्पादन गरेका थिए । त्यसैगरी मोतीरामले भानुभक्तका भक्तमाला, रामगीता, प्रश्नोत्तरा र वधूशिक्षाको पनि सम्पादन गरेका थिए ।
मोतीराम भट्टले नै पहिलो नेपाली मासिक पत्रिकाको प्रकाशनको प्रबन्ध गरे । यिनले निकालेको पत्रिकाको नाउँ थियो- गोरखा भारतजीवन र यो पत्रिका बनारसबाट प्रकाशित भएको थियो । यिनले बनारसका आफ्ना हितैषी मित्र रामकृष्ण बर्माको सहयोग लिएर भारतजीवननामक छापाखाना स्थापना गराए । त्यस छापाखानालाई यिनैले जिम्मा लिई यिनी आफू त्यसको प्रबन्धकका रूपमा बसे । भट्टले त्यही छापाखानाबाट भानुभक्तका कृतिहरू पनि छपाए । भट्टले यस छापाखानाबाट यसका स्वामी रामकृष्ण बर्मा लाई पनि निक्कै आर्थि क लाभ पुर्याएका थिए ।
मोतीरामले नेपालमा आफ्ना मामा कृष्णदेव पाण्डे र आफ्ना अभिन्न मित्र धीरेन्द्रसँग मिली ठहिटीमा पाशुपत छापाखानाको स्थापना गरे । १९५० सालमा खोलिएको यो छापाखाना त्यति बेलाको नेपालको प्रसिद्ध छापाखाना मानिएको छ । पाशुपत छापाखानाको स्थापनापश्चात् त्यहाँबाट नेपाली भाषासाहित्यका थुप्रै पुस्तक र पत्रिकाहरू छापिन थाले । आफ्ना मामा कृष्णदेव पाण्डेसँग मिलेर आफ्नो नाउँसमेत जोडी काठमाडौको ठहिटीमा यिनले एउटा पुस्तकालयको स्थापना गरे- मोतीकृष्ण कम्पनी । यिनले त्यस पुस्तकालयमा नेपाली भाषाका यथेष्ट पुस्तकहरू जोड्न थाले । मोतीकृष्ण कम्पनीबाट पुस्तकहरू पनि बेचिने कार्य हुन्थ्यो । उनले नेपाली भाषाको पहिलो पुस्तकालयको निर्माण गरेर नेपाली भाषासाहित्यको सेवा गरेका थिए ।
मोतीराम भट्ट नेपाली साहित्यप्रदेशका एउटा अलौ किक व्यक्तित्व थिए । उनी नेपाली भाषासाहित्यको सृजना, स•ठनका प्रेरक, श्रद्धेय र आधिकारिक पुरुष थिए । पढ्दै , पुस्तक लेख्तै, सम्पादन गर्दै, पत्रिका चलाउँदै , पुस्तकालय खोल्दै , छापाखानाको स्थापना गर्दै, अरूलाई लेख्न प्रेरणा दिँदै यिनले नेपाली धर्ती लाई बिर्सि नसक्नुको गुन लगाएका छन् । नेपालका लागि मरिमेट्ने उनी ठूला सपूत थिए । आफ्नो जीवनको अथक मिहिनेत, बौद्धिक कसरत र हिम्मतका कारणले उनी नेपाली माटोमा चिरस्मरणीय छन् । उनको योगदानका कारणले उनी यस देशका राष्ट्रिय विभूति बनेका छन् । उनका नाउँमा कैयौँ सङ्घसंस्था, बाटाघाटाको निर्माण भएका छन् । उनका नाउँमा हुलाक टिकट निकालिएको छ । उनै को नाउमा युवावर्ष मोती पुरस्कारसमेत स्थापना भएको छ जुन पुरस्कार नेपाली साहित्यका युवा पिँडीको सर्वोच्च पुरस्कारका रूपमा रहेको छ ।
बहुमुखी प्रतिभाका धनी मोतीराम भट्ट राष्ट्रभाषा नेपालीका पहिलो उत्थापक थिए । मोतीरामको सृजना, गोडमेल र जलमलका कारणले नेपाली भाषाले आजको स्थिति ओगटेको हो । उनको यो मुलुकप्रति अत्यन्तै ठूलो सद्भावना थियो । उनी कट्टर राष्ट्रवादी थिए :
अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा
यवन्ले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपाल् को मुलुक बचि कंचन् रहिगयो।
प्रस्तुति
नरेन्द्रराज प्रसाई

महाकवी लक्ष्मी प्रसाद देवकोटा जीवनी (१९०९-१९५९)

लक्ष्मी प्रसाद देवकोटा
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए ।
लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए ।
देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो ।
देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए ।
देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले ।
देवकोटाले दस वर्षनपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए ।
देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढे । उनले १७ वर्षो हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे ।
पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो ।
देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।
देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।
सोह्र वर्षो उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । ८० बिघा खेत हुँदा पनि उनी भोकभोकै सुत्थे । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो ।
देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो ।
देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो । त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे । बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे । बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो ।
देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए । साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे । उनको सौखको अर्को साधन साइकल पनि थियो ।
राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए । तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो ।
देवकोटा दूरदर्शी थिए । कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने । तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो ।
देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो । उपचारका क्रममा डार्.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।’
लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षम्म जागिरमा छिर्न सकेनन् । अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए । उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो । त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए ।
देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए । तर त्यहाँ उनी चार महिना मात्र टिके । त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए । त्यहाँ पनि उनी तीन महिना मात्र टिके । उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे ।
देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए । त्यस बेला उनले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन् । अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो । त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो । उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए । त्यसपछि देवकोटा आफुलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए ।
देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए ।
देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो ।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो ।
देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए ।
देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।

भानुभक्त आचार्य (Bhanubhakta Acharya)

मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ‘आदिकवि’ चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे । साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे । अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवेआदि लागे । उनीहरूले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब लेखे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । जगदीशशमशेर राणाजस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कीर्ति फैलाउन मन, वचन र कर्मले समर्पित भए । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए ।
मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही दफामा आफ्नो बुढी औठा थिचे । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धानको लर्को अझै तानिँदै छ ।
भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । किनभने उनका बाजे नेपालका छेउभित्तादेखि भारतको कासीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए । त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो ।
श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे । पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए । भनौं तनहुँ रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवी मिलेर भानुभक्त जन्माए । तर आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए ।
भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने कला झिके। भानुभक्तले घाँसीलाई भेटेर प्रेरणा पाए भनेर भानुभक्तका नाउँमा मोतीराम आफैले कविता लेखेर पनि छपाइदिए :
भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो !
यस सिलोकको चौथो हरफमा प्रयुक्त ‘मो’ शब्दबाट यसको रचना मोतीराम आफैले गरेका थिए । किनभने भानुभक्तले उनका कुनै पनि रचनामा ‘म’ लाई ‘मो’ लेखेका छैनन् तर मोतीरामले भने आफ्ना रचनामा ‘म’को साटो जताततै ‘मो’ लेखेका छन् । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्‍याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो. चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे ।
भानुभक्तको जीवनकथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आफै बुने होलान् । किनभने त्यस जमानामा पाहुना बाहुनलाई घरपिँडीमा मात्र होइन बारीको ढिकी भए ठाउँमा समेत बास बस्न दिइएको छैन । त्यस घडी नेपाली समाजमा साँझका पाहुनालाई देउता तुल्य मानिने परम्परा थियो । त्यसैले घाँसी कविताझै अतिथिको सत्कार गर्नुपर्ने नैतिक शिक्षा पनि भानुभक्तका नाउँबाट नै मोतीराम आफैले यसरी प्रस्तुत गरे होलान् :
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जानालाई सबसित बिदाबारि भइछन् ।
पुग्यौं साँझ्मा तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुल्जार गरियो ।
मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अझै मसला हाले । भानुभक्तका मित्र तारापतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए । मोतीरामका अनुसार एक पटक भानुभक्तलाई आफ्ना साथी तारापति उपाध्यायले घर लिएर गए । त्यो रात भानुभक्त त्यहीँ बसे । तारापतिका घरमा सासुबुहारीले भनाभन र कुटाकुट गरेर रात र्छलङ्गै पारे । रातभरिको जाग्रामपछि बिहानैको मिर्मिरेमा सलेदो बालेर भानुभक्तले ‘बधुशिक्षा’ लेखे । अनि त्यस घरमा पानी पनि नखाई बिहानै त्याहाँबाट भानुभक्त हिँडे । साथीका घरबाट हिँड्ने बेला उनले आफ्ना साथी तारापतिलाई एउटा कविताको कागज दिए भनेर मोतीरामले नै लेखे । तर यो कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न मोतीराम आफैले लेखेका थिए भन्न सकिन्छ :
एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा इ जति छन् जहानहरू ता लड्न्या रह्या छन् अती ।

सारै झोक उठयो मलाई र बधु शिक्षा बनाञाँ पनी
यसले पत्नी, बुहारी, छोरिहरूको तालिम् गरौंला भनी ।
भानुभक्तले ३७ वर्षो उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।
नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ ।
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।
पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।
भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पार्‍यो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्‍यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।
भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको ‘रामगीता’को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई ‘रामगीता’ टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ सालमा भानुभक्तले आफ्ना भौतिक आँखा चिम्ले।

नेपाल नदेखी नेपालको जयगान गाउने गायक: मित्रसेन थापा

नरेन्द्रराज प्रसाई
सेप्टेम्बर, १९ काठमाडौं
गायक: मित्रसेन थापा
मित्रसेन थापा भन्नु नेपाली साहित्य, सङ्गीत र संस्कृतिका धरोहरको नाउँ हो । चाहे नेपाली आधुनिक गीतलाई होस्, चाहे नेपाली लोकगीतलाई होस् अनि चाहे भजनलाई नै होस् मीठा शब्द कुँदेर, लोकपाराको धून कायम गरेर र सुललित स्वर जोडेर मित्रसेनले आफ्नो युगमा एउटा विशाल सांस्कृतिक मञ्चको स्थापना गरेका थिए । कुनैकुनै युगमा एउटा मान्छेले त्यस युगको प्रतिनिधित्व गर्छ भन्ने कुराको प्रमाण मित्रसेन थापा नै थिए ।
मित्रसेनले नेपाल नदेखी नेपालको जयगान गाएका थिए । नेपाली सङ्गीत जगतका वीरपुरुष मित्रसेनको जन्म संवत् १९५२ सालमा भारतको हिमाञ्चल प्रदेशको भाग्सु तोतारानीछेउ छाउनी धाराखोलामा भएको थियो । हवल्दार मानवीरसेन थापा मगर र राधा थापाका उनी एउटै सन्तान थिए । मित्रसेन जन्मँदा पनि उनका बाबु फर्स्ट गोरखा राइफल्समा कार्यरत थिए ।
मानवीरसेन थापा गीत र सङ्गीतका पारखी थिए । त्यसैले मित्रसेनलाई तोतेबोलीदेखि स्कुल पढ्दासम्म पनि गीतसङ्गीतमा लाग्ने एउटा फराकिलो बाटो निर्माण भएको थियो । उनी पढ्दै गीत गाउँदै गर्थे । आर्थिक असम्पन्नताका कारण थापालाई स्कुल गएर पढ्न परिस्थितिले त्यति साथ दिएन । घरको दयनीय आर्थिक अवस्थाले उनलाई सेनाभित्रै कैद गराउने मेलोमेसो बनाउन थालेको थियो । त्यसैले म्याट्रिक दिनुभन्दा दुई वर्ष अगावै उनी आफ्ना बाबुकै पेसामा सरिक भए ।
मित्रसेन सोह्र वर्ष लाग्दानलाग्दै उनको विवाह कलावती थापासँग भयो । आफ्नी किशोरी पत्नीसँग रहरलाग्दो मधुमासमा लहसिन पाउँदा नपाउँदै उनी सेनाको तालिममा गाँसिन पुगे । उनी सेनामा आबद्ध भएको तीन वर्ष लाग्दा नलाग्दै प्रथम विश्वयुद्धको शङ्खनाद भयो । चार वर्षम्म उनी पनि त्यही लडाइँमा लडे । अन्ततः आफूभित्रको मानवतावादी भावनालाई उनले बन्दुकको बारुदबाट छुटकारा गराउन चाहे । त्यसैले उनी सात वर्षम्मको कठोर सैनिक सेवाबाट अनेक उपाय रची बिदा भए ।
मित्रसेन सैनिक सेवाबाट अवकाश लिई घर आए । घरमा उनकी आमाको एउटा सानो पसल थियो । त्यस पसलले उनीहरूका परिवारलाई खान लाउन धौधौ पथ्र्यो । त्यसपछि सेनाको क्यान्टिन चलाउँदै उनी गीतसङ्गीतमा नै सरिक भए । आफ्नो घरपरिवार, छोराछोरी, गीतसङ्गीत र साहित्यिक रचनाले त्यतिखेर मित्रसेनलाई अर्कै जुनी प्राप्त भएको अनुभूति भएको थियो । उनकी श्रीमती, उनका दुई छोरीहरू लुरी र काला अनि एउटा छोरा काकुमाझ उनको जीवन सङ्गीतकै उज्यालो आकाशमा खेल्न थाल्यो । त्यतिखेर उनको सङ्गीत सुनेर उनका परिवार, आफन्त र गाउँले उनीप्रति नतमस्तक हुन्थे । वास्तवमा लाहुरे जीवनका कथाव्यथामा आधारित गीत गाउन थालेपछि उनका अघि र पछि सङ्गीतपारखीको ताँती नै लाग्थ्यो । त्यतिखेर उनी झन् चम्कीचम्की गीत गाउने गर्थे :
लाहुरेको रेलीमै फेसनै राम्रो
रातो रुमाल रेलीमै खुकुरी भिरेको ।
मित्रसेन साहित्य र सङ्गीतलाई एउटा संस्थागत स्वरूप दिएर जनसहभागिता जुटाउन पनि क्रियाशील थिए । परिणामस्वरूप उनकै नेतृत्वमा ‘हिमालयन थियट्रिकल कम्पनी’को पनि स्थापना भयो । त्यस संस्थामा उनीद्वारा लिखित र निर्देशित धेरै नाटकहरू पनि प्रदर्शन भए । यसै कम्पनीमार्फत उनले अनगिन्ती नेपाली गीतहरू पनि गाए । त्यसै बेलाको ख्याति पनि जोडिएर सबैले उनलाई मास्टर भन्न थाले । केही वर्षम्म गीतसङ्गीतमा क्रियाशील भएपछि उनी नेपालीहरू भएका भारतका अन्य ठाउँमा पनि गए । यसै क्रममा उनी १९९० सालमा नेपाल आए ।
मित्रसेनको पुख्र्यौली पर्वत जिल्लास्थित राखुखोला नै थियो । यिनका बाजे सुन्द्रु थापा मगर पनि सेनामा थिए । सुन्द्रु थापा युद्धताका काँगडा किल्लाभित्र परेका हुँदा त्यतिखेरदेखि नै यिनीहरू स्वतः भारतीय भूभागमा पर्न गएका थिए । त्यसैले सुन्द्रु थापाका नाति मित्रसेन भारतमै जन्मन पुगेका थिए ।
मित्रसेनले जुन दिन नेपाली माटोमा आफ्नो पाइला टेके त्यस दिन उनले र्सवप्रथम आफ्नो पितृभूमिको माटो टिपेर निधारमा टीका लगाए ।
मित्रसेन झर्रो नेपाली बोल्थे, त्यस्तै गाउँथे र त्यस्तै लाउँथे । उनी साँच्चै पर्वतकै लाहुरेजस्तै थिए । नेपालमा आएर पनि उनी सांस्कृतिक मञ्चनमा लागे । उनले नाटक, गीत र सङ्गीतबाट नेपालीहरूलाई आफ्नै भावनामा बेर्न थाले । नेपालमा उनका प्रशंसकको त्यत्तिकै ताँती लाग्न थाल्यो । नेपाली साहित्याकाशका त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि मित्रसेनको साहित्य र सङ्गीतबाट आहृलादित भएका थिए ।
मित्रसेनले नेपाली भेष, नेपाली भूषा र नेपाली भाषामा आफूलाई पूर्ण रूपमा समाहित गराए । । नेपाल पसेदेखि उनले सधैँ दौरासुरुवाल र बिर्के टोपी मात्र लगाए । त्यसपछि भारत पस्ता पनि यही पोसाकमै उनको औपचारिक यात्रा प्रारम्भ हुन्थ्यो । उनको नेपालप्रतिको झुकाव देखेर हिमाञ्चल प्रदेशका बासिन्दा छक्क पर्थे । त्यहाँस्थित नेपाली टोपीहरू मित्रसेनबाट गदगद हुन्थे ।
मास्टर मित्रसेनले जति बेला एउटा फूलको कोपिलाझैँ स्वच्छ जीवन बाँच्न चाहे, त्यतिखेर उनको घरसंसारमा आगो लाग्न आँटेको थियो । उनी सेनाजस्तो कठोर जीवन छाडेर नौनीघ्यूजस्तो जिन्दगी बिताउन घरमा आउँदा त्यहाँ एउटा राक्षसी नियति पस्नपस्न आँटेको थियो । एउटा सुन्दर र शान्त पारिवारिक जीवन धान्न अनेक कसरत गरी सेनाबाट छुट्टिएर स्वर्ग जस्तो घर आउँदा त्यहाँ एक्कै चोटि उनको जीवन इँटाभट्टीको भतभत पोल्ने रापमा पसेसरी हुन आँटेको थियो । कुरा के हो भने उनी सेनाबाट फर्केको चार वर्ष बित्तानबित्तै उनकी श्रीमती र तीनजना सन्तानलाई हैजाले लग्यो । त्यस क्रूर, पापी र अन्यायी घटनाले उनी रित्तो भए, उनी एक्लो भए र उनी परिवारविहीन भए । त्यतिबेला उनी धुरुधुरु रोए । त्यो अकल्पनीय घटनाले उनी आफ्नी बूढी आमा राधा थापाको काखमा टाउको राखेर डाँको छाडेर रुन्थे ।
आमाछोरा मात्रको संसारले मित्रसेनको घर उज्यालो हुन सकेन । त्यस घडी घरमा आमा र छोरा मात्र धुम्धुम्ती बस्ने गर्थे । मित्रसेनले बैरागी जीवन भोगिरहेको बेहोरा उनका परिचितहरूका आँखाबाट पनि लुक्न सकेन । त्यसैले उनकी आमा र आफन्तहरूको ढिपी र करबलले मित्रसेनले फेरि ३० वर्षको उमेरमा बिहे गरे । त्यतिखेर उनकी पत्नी लाजवन्ती बीस वर्षकी थिइन् ।
बिहे भएको दुई वर्षमा मित्रसेन र लाजवन्तीबाट एउटा छोरो जन्म्यो, उसको नाउँ दिग्विजयसेन थापा राखियो । छोरो जन्मेको केही वर्षपछि थापा फेरि गायन भ्रमणमा लागे । भ्रमणदलमा उनकी आमा, श्रीमती र छोरा हुन्थे । उनीहरू जहाँ गए पनि छुट्टिदैनथे । धेरै दिन, धेरै महिना र धेरै वर्षगीत गाउँदै उनीहरू चारचौरास हिँडे । अन्ततः मित्रसेनको टोली नेपाली गीत गाएर आफ्नै घर हिमाञ्चल प्रदेशमा नै फक्र्यो । घरमा पुगेपछि उनी फेरि तीन छक्क परे । किनभने त्यतिखेरसम्ममा उनको घरको छाना पनि झरामझुरुम भइसकेको थियो । वास्तवमा गीतको सुरमा उनले आफ्नो घरबारी नै बिर्सेका थिए ।
मित्रसेन आफ्नो घर नै लथालिङ्ग भएको देखेर झनै दुखित भए । तर पनि छयासी वर्षीय बूढी आमा, चालीस वर्षीय तरुनी स्वास्नी र बीस वर्षीय जवान छोराको प्राण धान्नका लागि उनी दूध र सिध्रा बेच्न थाले । त्यो काम थालेको पन्ध्र दिन लाग्न नपाउँदै उनी स्वर्गीय भए । २००२ सालमा नेपाली गीतसङ्गीतका एउटा वरिष्ठ संवाहक मित्रसेनलाई संसारले उम्कायो ।

नेपाली जनताका नायक स्वर्गीय जननेता मदन भण्डारी

जननेता मदन भण्डारी
“जनताको राजनीतिमा थकाइ भन्ने हुन्न प्रतिक्रयाबादीहरुले यदि हाम्रो शांतिपूर्ण आन्दोलनलाई दबाउन खोजे भने हामी जनताको हातमा पनि दही जमेर बसेको छैन । प्रतिक्रियाबादी शक्तिहरुमा हामी बिरुद्द उत्रे भने हामी जनताका हातहरु पनि बांस का ठुटा होइनन हामी पनि प्रतिकार गर्छौ । हात्ति हिडदै गर्छ कुकुर भुक्तै गर्छ, काग करौन्दै जान्छ पिना सुक्दै जान्छ हाम्रो अभियान जारी रहन्छ र निष्कर्षमा पुग्छ । राजा यदि तिमी जनताको आधिकारमा गिद्दे दृष्टि लाउन्छौ भने श्रीपेच खोल र चुनाबमा आउ हामी तिमीलाई जनताको बलमा हर्राई दिन्छौ नत्र टाटनामा घांस हालेको बाख्रा जस्तो गरेर जनताले छुट्याएको ४ लाख खाऊ तर जनताको आधिकारमा गिद्दे दृष्टि नलागाऊ। साथीहरु हामी माओले भने जस्तै जुत्ता हेरेर खुट्टा काटने होइन की खुट्टा हेरेर जुत्ता काटने काम गरौ अर्थात देश अनुसार क्रांतिलाई अघि सारौ ।
001
यस्ता भनाइ राख्ने नेपाली बाम, जनाबादी र लोकत्रांत्रिक आन्दोलनका नायक स्वर्गीय जननेता मदन भण्डारी, नेपाली जनताको आशा भरोषाको केंद्र, जनताको ढुकढुकी, सत्रुहरूको लागी जिउदो बाघ जस्तै गर्जने तथा मजदुर किसान सोसित पीड़ितहरुका लागि आँखाको नानी, लोकतान्त्रिक आन्दोलानका महानायक हाम्रो सामू हुनुहुन्न, केबल उहाँले सोचेको सोच, स्मृतिका छंद, बिचार, दर्शन मात्र हामी संग छ । मदन भंडारी हूरी वतास भएर आए, नेपाली जनताको लागि आमूल परिबर्तनको खाका कोरे, जनतालाई लोकत्रांतिक, बामपंथी, जनवादी आन्दोलनमा सरिक गराएर गाउँ गाउँबस्ती बस्ती चलायमान पारे, निकै चर्चा वटुले । विशेष गरी काठमाडौं क्षेत्र नं. १ मा किसुन जी तत्कालीन अंतरिम सरकारको प्रधानमन्त्री लाईहराउँनु र १ नंबर तथा ५ नंबर दुवै ठाउँबाट सानो कुरा थिए न । न्यूज़ वीक अमेरिका बटा प्रकाशित हुने पत्रिकामा उहाको पहिलो अन्तर्वार्ता छापियो ।न्यूज़ वीक ले लेख्यो “कार्ल मार्क्स लाइव इन नेपाल “आर्थात कार्ल मार्क्स नेपाल मा जिबित छ्न भन्ने ढंगले देसी बिदेशी संचार माध्यामहरुबाट निकै चर्चाको शिखरमा भण्डारी देखिए । हुनसक्छ पूर्वी यूरोप लगायतका संसारका विभिन्न देशहरुबाट बामपंथीहरुको सत्ता ढल्दै थियो उकातरि भने अर्कोतिर नेपालमा उदाएको वामपन्थी अभियान र चर्चा पककै पनि कम गौरवशाली थिएनन । सायद यिनै राजनैतिक कारणले होला, २०५० सालको जेठ ३ गते नेकपा एमालेका तत्कालिन महासचिव कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रित रहस्यमय जीप दुर्घटनामा परी दिवंगत हुनुपर्‍यो ।उहाँहरुको देहावशानले सींगो नेपालको बाम आन्दोलन , गणतांत्रिक आन्दोलान , लोक्तान्त्रिक आन्दोलन , जनाबादी आन्दोलन , सर्बहारा मजदुर किसान , भूमिहीन किसान , देशभक्तको आन्दोलन र विशेष गरि कम्युनिस्ट आन्दोलन र एमालेका साथै मुलुकको राजनीतिमा अपूरणीय क्षति पुगेको थियो ।
002
कमरेड मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनको एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार हुनुहुन्थ्यो । उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई बैचारिक रुपले मार्गदर्शन गरिरहेको छ । सामन्तवाद विरोधी आन्दोलनका अगुवा र गणतन्त्रका प्रवल पक्षधर कमरेड मदन भण्डारीले अघि सारेका विचारहरुलाई आधार मान्दै नेकपा को आन्दोलन ले निश्चित रूपमा नया नेपाल बन्ने र नेपाली जनताको आमूल परिबर्तनको सपना पुरा हुने संभाबना थियो । पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिविेशन लगायत तराईको पार्टी कामको सिलसिलामा , तत्कालीन परिस्थिति देशी बिदेशी साँठगाँठकाकारण दासढुंगामा उहाको सुनियोजित षडयन्त्रका साथ हत्या गरियो । यो घटना देख्दा देख्दा सामान्य लाग्ने जस्तो देखिए पनि भयावह राजनैतिक चक्रव्यूह थियो जुन जेष्ठ ३ गते भयो । सारा मुलुक शोकमा डुवेको थियो । जनताहरु स्तव्ध भएँ नेपाली धर्ती रोइन् । एक राष्ट्रवादी विलय हुँदा कतिले लाश नभेटुन्जेल खाना खाएनन त कतिले कपाल समेत खौरे । घटनाका दोषीलाई सजाय दिनु कता हो कता घटनामा संलग्न अमर लामालाई समेत केहि वर्ष पहिले हत्या गरियो ।
003
जन नेता भण्डारी पूर्वी पहाड ताप्लेजुंग मा पिता देवी प्रसाद भंडारी का माइलो छोरोको रूपमा शिक्षित परिबार मा जून २७, १९५२ मा भएको हो । ताप्लेजुंगमा सामान्य पढाइ सकेपछि आचार्य सम्म र एम् ए गर्न बनारास बिश्वबिध्यालय जानुभयो र डबल एमए गर्नु भयो जून बिश्वबिध्यालयमा किसुन जी , पुष्प लाल , लगयात धेरै नेपाली नेताहरुले पड्नु भएको हो । भोजपुरमा जन्मिएर मोरंगमा अध्ययन गर्ने र पार्टीको कार्यकर्ता बिद्या देवी पाण्डे त्यतिवेला उहाँ अखिल पाँचौंको तर्फबाट महेंद्र मोरंग क्याम्पसमा स्ववियुको पदाधिकारी र भूमिगत ढंगले माले को महिला संगठनलाई बढाउँने हिसावले मोरंगमा बस्दा तत्कालीन माले को निर्णय बमोजिम जनाबादी बिबाह भएको हो भानिन्छ । बनारसको विद्यार्थी जिबनमा शायद नेपाली पुराना नेता र विशेष गरि गरि भारतका समाजबादी नेता ,कम्युनिस्ट नेताहरु ज्योति बासु ,तत्कालीन भा क पा का नेता हरिकिशुं सुरजीत र नेपाली नेताहरु कोमरेड पुष्प लाल ,मन मोहन ,मोहन बिक्रम सिंह ,नर बहादुर कर्माचार्या , बीपी कोइराला , सहना प्रधानसंगको सम्पर्कले नेपालको आमूल परिबर्तानको लागी सोच्न झक्झकायो उनलाई किनकी भारतमा टप टप कम्युनिस्ट नेताहरु थिए त्यति बेला । भारतमा अन्तन्त गरिवीका कारण कम्युनिस्टहरु बडेका बडै थिए । भंडारी को बामपंथी राजनीति को झुकाब सक्रियता निखार्पण क्रन्तिभाब देशभक्ति गणतांत्रिक र आमुल्परिबर्तन को सोच वनारसको अध्ययनको क्रममा बढेको गएको देखिन्छ ।
मदन भंडारीको राजनितिक यात्रा र नक्सल बादी आन्दोलन र तत्कालीन झापा ससस्त्र बिद्रोह- कोमरेड पुष्प लालले खोल्नु भएको विद्यार्थी मोर्चाको सेंट्रल कमिटी को मेम्बर हुनुभयो । कोमरेड पुष्पलाल ले खोल्नु भएको विद्यार्थी मोर्चा को सेंट्रल कमिटी को मेंबर हुनुभयो १९७२ आर्थात २०२८ सालमा बनारास बिस्वबिद्यालयमा बनारस पढ्न जांदा को समयमा नै उहा बाम्पन्थी राजनितिक प्रभावमा परिसक्नुभएको थियो /उहा पढाईमा अत्यन्त तेजिलो हुनुहुन्थ्यो ,कबिता ,जनाबादी गीत का रचायेता पनि हुनुहुन्थ्यो । “ए हली दाई बांदेर ल्यांउ है सामंती थुले लाई ” र “जमींन हुन्छ जोत्नेको धरती पुत्र हे बीर किसान हो ” लोक लयमा आधारित यी गीतका लेखक नेता भंडारी र यी गीत जनाबादी गीत सायद भाग १ वा २ मा छ ,झीलको ,संकल्पा लगायत भूमिगत प्रकासन मा उहाका दर्जनौ लेख ,दर्शन सम्बन्दी बिचार ,क्रांतिकारी लेख -कबिता -गीत छापिएको थियो भूमिगत अबस्था मा /ऊहा जनाबदी साहित्याकार /कालाकार /रचिता /क्रन्तिकारी लेखक र कबी पनि नेता भंडारी ।
२०२७/२०२८ साल तीर चरम गरीबी ,पंचयात को हुकुमी सासन ,खुकार सामान्त हरु को सोसन ,किसान ,मजदूर माथी को शोसण चरम सीमामा पुगेको बेला तेरथुम बटा भर्खर झरेका खड्ग प्रसाद ओली ,राम नाथ दहल ,किसना कुइकेल ,बिरेन राजबंसी ,मंडल सतार ,चन्द्र प्रकाश मैनाली ,आर के मैनाली ,जीवन घिमिरे ,झलनाथ खनाल अली अगि पछि लगायत को नेतृत्वा माँ सस्त्र आन्दोलान को नेतृत्व सुरु भयो /सामंत चन्द्र प्रसाद ढकाल लगायत कही सामंता हरु को तेहि काम गर्ने किसान लाई प्रयोग गारी ख़तम गर्ने उग्र काम भयो /सफाया /टाउको गिडने काम सुरुवयो सामन्त ,जाली ,फटाहा ,श्रमिक मारा ,किसान मारा ,दलाल जनताको को कमाई मा राज गर्नी सामंता हरुको सफाया नियमित ढंगले अगाडी बड़्दै गयो -सफाया हुँदै गयो -कति लाइ भौतिक कार्बाहि मात्र भयो -कति लाइ सुद्रिने चेतावनी भयो -सोसन नगर्ने /उत्पीडन नगर्ने जनता हरुलाई भनेर -तमासुक चाटने -जलौने -सामंत हरु को जग्गा कब्जा गारी भूमिहीन किसान -मजदूर हरु लाई राख्ने र उनीहरुलाई नै कमौना दिने सामंता हरुको जग्गा तर जनता को चेतना त्यों स्तर सम्मा उठेको थिएन ,संगठन दरो भाको थिएन ,रेड आर्मी हरु ससकता थियेनन ,जनता ले ह्त्या को रूपमा बुझे पंचायति सासन कडा थियो आर्मी पुरै राजा को थियो /बर्ग सत्रु ख़तम अभियान पुर्ब बाट सुरु त भयो तर देश भरी बिसेस पश्चिममा जनता को चेतना को कमी को कारण ले र दमन को कारन ले आन्दोलन सफल हुना सकेन ।
नेपाल का मंडेला भनिने कमरेड मोहन चन्द्र अधिकारी ,खड्ग ओली ,चंद्र प्रकाश मैनाली , आर के मैनाली ,राम नाथ दहल लागायात धेरै जना पंचायति राज को सिकार भय । ९ जना लाई झापा र इलाम को बिच माँ पर्ने शुखानी को जंगलमा आत्मा समर्पण गरना र पार्टी को गोप्या कुरा नखुलेको र छोडेमा खतरनाक हुना सक्ने भनी गोली ठोकर तत्कालीन मा ले का ९ जाना लाई एक्कै जंगल मा गोली हनी मारियो -राम नाथ दहल ,कृष्ण कुइकेल ,बिरेन राजबंशी लागायात । खड्ग ओली,सी पि,आर के,मोहन चन्द्र,घनेंद्र बस्नेत,मन कुमार गौताम,मंडल सतार लागायात नरेश खरेल (एमाले को के स) नया,सानो दुर्गा आधिकारी,अली पछि संजया थापा लागायात लाइ पंचयात ले समात्यो । जेल ब्रेक को मौका बटा सी पि मैनाली,प्रदीप नेपाल,बीर बहादुर लामा,ललित पुर का पुर्बा सवापति पौडेल बहिरा अउना सफल भये तर ओली,मोहन चन्द्र लगायत ली आजीवान काराबास दियो,घतेर मोहन चन्द्र १७ बर्षमा छुते के पि ओळी,आर के,मंडल सतार,नरेश खरेल आदि १४ बर्षमा बहिर आय ।
पंचयात को दमन तिब्र थियो इलाममा रत्ना कुमार बान्तवा को इलाम को देउमाई खोला को किनारमा गोलिहानी तत्कालीन मा ले को एक होनाहार ने ता को ह्त्या गर्यो पंचायती सरकार ले उहा अतान्त्य राम्रो संगठक हुनुहुन्थ्यो तत्कालीन माँ ले को /झापा बिद्रोहा सफल हुन सकेन ,देश भरी क्रांति उठ्न सकेन,सफाया ले जनता माँ तेती राम्रो प्रभाव पर्न सकेन जाती पर्नु पर्थ्यो । १९७६ आर्थात २०३३ तीर कोअर्दिनाशन कमिटी (मा ले) ले बिस्तारै संगठन बदौदै थियो,पुष्पलाल को पार्टी परित्याग गरी मा ले को लाइन ठीक छ भनी १९७८ मा आफ्नो संगठन मुक्ति मोर्चा र मा ले (को के) को एकीकरण जस्तो भयो र कोमरेड भंडारी तत्कालीन मा ले को के क सदस्य हुनुभयो,ओळी,मोहन चन्द्र जेल बताई के क बस्नुभयो । सन १९८० अर्थात २०३४ साल मा गठन भएको नेपाल कोम्मुनिस्ट पार्टी (मा ले) को उहा संस्थापक सदस्य,ओळी कोमरेड र मोहन चन्द्र कोमरेड,घनेंद्र बस्नेत तिने जाना जेल बताई के क हुनुभयो भूमिगत रूपमा पार्टी पूर्ण भूमिगत थियो ।
नेपालका वामपंथी शक्ति, प्रजातान्त्रिक सक्ती र राष्ट्रवादी शक्तिहरुले जननेता भंडारीबाट सिक्नु पर्ने विषय धेरै छ्न् । उहाँ सिद्धानतमा अडिग हुनुहुन्थ्यो , कार्या निति तय गर्दा जैले पनि जनता र देशको स्वार्थ हेर्नुहुन्थ्यो र आर्थिक रूपमा उहाँ कुनै कुरामा बिबादमा आउनु भएन । त्यत्रो पार्टिको महासचिव जस्तो सक्तिसाली पद ग्रहण गर्दा पनि सामान्य डेरा मा बस्नु हुन्थ्यो । काठमाडौंमा उहाको कुनै घर थिएन । बर्ग विश्लेषण र वर्ग वीचको अन्तार्बिरोध र त्यसको निकास जाती, भाषा, अर्थ, संस्कृति, रितिरिबाज, भेष भुषा सम्बन्धी उहाँको राम्रो अध्ययन थियो । सामन्त, शोसक तथा त्यसलाइ सहयोग गर्ने दलालप्रति अत्यन्तै कडा ढंगले प्रस्तुतु हुनुहुन्थ्यो । सादा पोसाक, प्राय कालो भादगाउँले टोपी, सामान्य चस्मा, जाडोमा सस्तो तर सफा जाकेट, प्राय जिल्ला जांदा पैदलै हिडने तथा जनतासँग अत्यन्तै राम्रो सम्बन्ध राख्न सक्ने खूवी उहाँमा थियो नै ।
पहिलो छोटी दशैंमा भूमिगतबाट निस्केपछि सायद २०४८ सालमा मोरंग इतहरामा परिवार संग दशैं मनाउने कार्यक्रम आउँदा सानो् कार्यक्रम माझउहाँले मध्यम बर्गिया किसानहरुको जग्गा कब्जा गर्ने हाम्रो निति होइन । ८ -१० बीगा जग्गा ठुलो परिवारको जग्गा सोस्छ भन्ने भ्रम नराख्नुस् । यी त विरोधीहरुले चलाएका हल्ला मात्र हुन् । हामी एक जना व्यक्तिको नाउँमा भएको ५०० बीघा जग्गा ,१००० बिग्गा जग्गा जून उब्जनी नगरी राखेको छ त्यस्ता सामनतहरुको जग्गा हामी निश्चित रूपमा भूमिहीन किसान जसको सोही ठाउँमा एक धूर जग्गा छैना उनिहरुलाई निशुल्क बाँड्ने चाँहि निश्चित हो, हाम्रो सत्ता आएपछि भने पछी झापा मोरंग का थुप्रो मद्यम बर्गिय परिवारहरु जो आफ्नो जग्गा लैजन्छ भनेर कम्युनिस्ट नबनेका व्यक्तिहरु अहिले सोही पार्टीको गाउको नेता छ्न् उहाँमा स्पस्ट पार्ने र जनताहरुलाई उनीहरुको मुद्दाको विषयमा छर्लङ हुने गरि गाउँले भाषामा नै भनेर संगठनप्रति आकर्षण गर्ने क्षमतामा उहाँमा अति नै थियो । यो आमसभामा म पनि सहभागी भएको एउटा घटना स्मरणको लागि राखेको हुँ ।
अहिलेको परिस्थितमा राष्ट्रिय एकताको लागि सम्पूर्णा बामपंथी पार्टी ,लोकतान्त्रिक पार्टी , रास्त्रबादी , देशभक्त, जातिय अधिकारवादीहरु, भाषिक अधिकारवादी, सांस्कृतिक आधिकारबादिहरू, धार्मिक अधिकार्बदीहरुले जननेता मदन भण्डारीबाट सिक्ने वेला आएको छ र त्यसबाट सही मानेमा उनीहरु प्रति श्रद्धाञ्जली हुनसक्छ । कमरेड मदन भण्डारीले जहिले पनि जनताको सर्वोच्चता र आमूल परिवर्तनलाई जोड दिनुभएको थियो।सबै प्रकारका तानाशाही त्रास धम्की र एकदलीय निरंकुशतालाई मदन भण्डारीले सदैव विरोध गर्नुभयो । मदन भण्डारीको लोकतान्त्रिक मान्यता र आचरणलाई व्यवहारमा उतार्दै अघि बढ्न मदन-आश्रित स्मृति दिवसले हामीलाई प्रेरणा दिन सकोस् भन्दै म मदन भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धाजली अर्पण गर्दछु ।

स्वर सम्राट नारायण गोपाल

स्वर सम्राट नारायण गोपाल

गायक नारायणगोपाल 
नेपाली जातिका सर्वप्रिय गायक नारायणगोपालको जन्म वि.सं. १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । बुवा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माइला नारायणगोपालले बीएसम्मको अध्ययन गरे ।
सानामा लजालु स्वाभावका नारायण भजन मण्डलीहरुमा प्रशस्त जाने गर्दथे । उनका बुवा आशागोपाल सानो उमेरमा नै आफ्नो छोरोले तबलामा साथ दिन थालेकोमा निकै खुशी थिए । दिनभरको स्कूल र साँझ पर्ने बित्तिकै भजन मण्डलीको मनोरञ्जनले नारायणलाई सानैदेखि सङ्गीतको सङ्गत लागेको थियो । उनी किशोर अवस्थामा पुग्नासाथ दुइ कुराको आदि भए । एउटा चूरोट पिउने र घरनजिकैकी बेबीलाई एकतर्फी प्रेम गर्ने ।
पुराना कुरा सम्झदै प्रेमध्वज प्रधान सम्झन्छन्- “दुइ वर्षेदेखि बेबीलाई मन पराउँदो रै’छ, केटीले भने एकरत्ति नगन्ने । धेरैपछाडि हामीलाई थाहा भयो । हामीले उसलाई सम्झायौँ, घाँस पनि नहाल्ने यस्तालाई के मरिहत्ते गर्छस् ! गोडा भए जुत्ता कत्ति कत्ति भन्थ्यौँ । निकै पछाडि मात्रै उसले बेबीलाई ध्यान दिन छाड्यो ।”
“उसको एकतर्फी प्रेम छुटाउन मैले मेरी आमाको उदाहरण दिने गर्दथेँ,” प्रेमध्वज आफ्नो किशोरकालीन साथीको सम्झना गर्दै भन्छन्- “मेरो बुवा आमाको पनि लब म्यारिज थियो, तर उहाँहरुको प्रेम सफल हुन सकेन । पछि आमा बेग्लै बस्न थाल्नुभयो । प्रेम गर्यो भने दुःख पाइन्छ, मेरी आमाको हालत हुन्छ भनेर सम्झाएपछि उसले बल्ल बेबीलाई छोडेको थियो । धेरैपछि नारायणगोपाल हिट भएपछि बेबी पछुताएकी थिई ।”
“उसबेला नै गँजडी थियो, दिनभर पढाइबाहेक अरु काम थिएन त्यसैले उसलाई नपत्याएकी हुनसक्छ”, नारायणगोपालको पहिलो प्रेमको अन्त्यका बारे प्रधान हाँस्दै बताउँछन् ।
यो त्यो बेला थियो, साइँला उस्तादका छोरा रत्नमान, माणिकरत्न, प्रेमध्वज प्रधान, नरेन्द्र बाटाजु, उमेरमा केही सानो भए पनि योगेश वैद्यजस्ता सङ्गीतप्रेमीहरु अर्का एक सङ्गीतप्रेमी लक्ष्मण श्रेष्ठको घरमा भेला हुन्थे । लक्ष्मण श्रेष्ठ सम उमेरका र उनी दिनभर पसलमा बस्ने हुनाले उनीसँग थोरबहुत पैसा हुने गर्दथ्यो । कहिलेकाहीँ लक्ष्मणको निगाहले त्यो समूह साँझ परेपछि मनपर्दी खान पाउँथे । उनको घरमा गीतकार राममान तृषितले एउटा कोठा भाडामा लिएका थिए नवकला परिवार संस्थाका लागि । क्लबजस्तो थियो त्यो कोठा । त्यही कोठामा नारायणगोपाल बेञ्च तानेर त्यसलाई ठटाउँदै गुन्गुनाउने गर्दथे तर साथीहरुले अलि राम्रो स्वर निकालेर गीत गाउन अनुरोध गरे भने लजाउँथे । तर बेञ्जलाई तबला ठटाएसरी अरुलाई गाउनमा स्वर खाप्न भने खप्पिस थिए ।
कहिलेकाहीँ यी साथीहरुले नारायणलाई ‘जौँ रेडियो’ भन्दा लजाउँथे ।
यो समूहको साँझको काम निकै रमाइलो हुन्थ्यो । १० रुपियाँमा माइक भाडामा ल्याउँथे । माइक भाडामा ल्याउने उत्रो रकम यो समूहमा लक्ष्मण श्रेष्ठबाहेक अरुसँग हुँदैनथ्यो । चार पैसामा फूलमार चूरोट आउँथ्यो, त्यो फुर्माइसी पनि लक्ष्मणले नै गरिदिन्थे । उसबेलाको एउटा रेडियो यस्तो हुन्थ्यो, माइकलाई रेडियोमा जोड्यो भने रेडियोबाट बोलेको आवाज आउँथ्यो र रेडियोमा गाएको आनन्द ती युवाहरु लिने गर्दथे ।
यो बेलासम्म प्रेमध्वज र माणिकरत्नले रेडियो नेपालमा हिन्दी गीत गाएर आफ्नो स्वर परीक्षण मात्र गराएनन्, पास पनि भए । तर नारायण स्वर परीक्षा दिन डराए ।
नारायणगोपालको घर खान्दानी । नेवार समुदायमा सबैभन्दा उच्च जात मानिन्छ गुरुवाचार्य । नारायणगोपालको घर ९० सालको भुइँचालोमा पनि केही क्षति नभएको । त्यति मजबूत थियो उनीहरुको बुनियाद ।
नारायण किशोरावस्थामा निकै बलिया बाङ्गा । कतिसम्म भने आफ्ना काकाको चुनावमा उहाँलाई सघाउन प्रेमध्वजले आफ्नो हितैषी साथी नारायणलाई चौतारा लगेका थिए । दुइ दिन लाग्ने बाटो यी दुइ ठिटाले ११ घण्टामै पार गरेका थिए ।
नारायण पढाईमा उति उत्कृष्ट थिएनन् । उनलाई स्कूले हिसाबबाट निकै घृणा थियो । हिसाब नै उनको दुश्मन थियो । अँग्रेजीमा निकै राम्रो थिए उनी । १० कक्षामा नै एक पटक हिसाबका कारण झण्डै फेल भएका थिए । १३ सालमा नै एसएलसी पास गर्नुपर्ने नारायणले १६ सालमा पास भएका थिए । राममान र प्रेमध्वजले उनको पढाईमा निकै सहयोग गरेका थिए ।
एसएलसी पास नगरी रेडियोमा स्वर परीक्षा दिन नजाने अड्डी कसेका उनले एसएलसी पासलगत्तै राममानको शब्दसङ्गीतमा पंक्षीको पंखमा धर्तीको याद दियो… गाएर भ्वाइस टेष्ट पास गरेका थिए ।
कलेज पढ्दाताका उनका साथीमा थपिए रत्नशम्शेर थापा र अन्य । यो समूहले उनको साङ्गीतिक ऊर्जालाई अझ मौलाउने अवसर प्रदान गर्यो ।
यसबीचमा उनले आँखाको भाका आँखैले…, मधुमास यो दिलको बाग नफुलिकन…, म भोरका किरण हुँ…, स्वर्गकी रानी मायाकी खानी…, भो भो नसोध मलाई…, कुञ्जमा गुञ्जियो…जस्ता हिट गीत गाए । यीमध्ये अधिकांश गीत रत्नशम्शेरका थिए । यीमध्ये कतिपय गीतहरु हिन्दूस्तानी, पाश्चात्य रक तथा पप शैलीमा गाएका थिए ।
यहाँ हिट भएपछि एक पटक नगेन्द्र थापालाई नारायणगोपालका पिताले भने- “ए, थापाकाजी लौ न मेरो छोरो त सस्ता गीत गाएर बिग्रन थाल्यो । अलि राम्रा गीत गाउन लगाउनु पर्यो ।”
नगेन्द्र यतिबेला सम्झन्छन्- “छोरो प्रेमप्रणयका गीतमा मात्र अल्झ्यो, शास्त्रीय सङ्गीतमा रत्ति मन दिएन भनेर बाबु चिन्तित थिए । त्यही भएर शास्त्रीय सङ्गीत सिकाउन बडोदा (भारत) पठाउने योजना थियो । पछि बाबुको इच्छा पूरा गर्न ऊ बडोदा गयो ।
बडोदा जाउञ्जेलअघि “ए कान्छा ठट्टैमा…” निकै हिट भइसकेको थियो । धेरै केटीहरु यो गीत आफैँमाथि लेखेको ठान्थे, आफैँलाई सम्झेर नारायणले गाएको ठान्थे । त्यस्तो ठान्नेमध्ये दार्जिलिङ सुकियापोखरीकी पेमाला लामा पनि थिइन् । जो सुकियापोखरीमा बीए पास उपरान्त स्थानीय स्कूलमा पढाउन थालेकी थिइन् । पेमाला मनमनै नारायणलाई मन पराउन थालेकी थिइन् र पत्रव्यवहार शुरु भइसकेको थियो । यसैबीच उनी बरोडा गए, शास्त्रीय सङ्गीत पढ्न ।
पत्रव्यवहार जारी नै थियो । खासगरी नारायणको प्रशंसामा पत्रहरु कोरिएका हुन्थे र नारायण पेमालाको लेखाईको प्रशंसक थिए ।
बडोदामा उनलाई पढ्न उति रुचिकर लागेन । “सबै थाहा भएकै त कुरा हो, नयाँ कुरा सिक्ने केही छैन”, साथीहरुसँग कहिलेकाहीँ गुनासो गर्ने गर्थे । उनी आफ्नो रुचिले भन्दा पनि बुवाको रुचिका कारण त्यहाँ पढ्न गएका हुनाले पढाईमा मन थिएन ।
अर्को कुरा, चूरोटमा गाँजा हालेर मजाले तान्नु उनको गायन जत्तिकै शोख थियो । बडोदामा विशेषगरी, पाठशालामा चूरोट पिउनु अपराध नै ठानिन्थ्यो । तलतल लाग्ने बित्तिकै उनी शौचालयमा शौचको बहानामा गाँजा र चूरोटको सर्को तान्थे । तर पछि गुरुहरुलाई पनि शंका लाग्न थालेपछि शौच पुग्न पाएको छैन, जासूसहरु आइपुगिहाल्ने । उनले बरोडामा सङ्गीत छोड्नुको मुख्य कारण यही थियो- मजाले चूरोटसँग गाँजा तान्न पाइँदैनथ्यो । धेरै केरकार हुन थालेपछि उनले पर्ढाई त्यागे र सीधै नगेन्द्र थापाकहाँ दार्जिलिङ पुगे । दार्जिलिङ पुग्नुको अर्को कारण चाहिँ सुकियापोखरीकी सुकन्या पेमाला थिइन् ।
पेमालालाई पहिलो पटक हेर्न उनी सन् १९६५ मा दार्जिलिङ गए । यसैबेला गोपाल योञ्जनसँग उनी पनि निकै नजिकिए । थोरै दिनका लागि आएका नारायण त्यहाँ पुग्दा नगेन्द्र थापाले पेमालासँग पहिलो पटक भेट गराइदिए । शुरुमा त पेमालाले नगेन्द्रलाई नारायण ठानेर अनौठो व्यवहार देखाइन् तर पछि नगेन्द्रले म नारायण होइन, ऊः पर छ भनेर देखाएपछि भने हाँसोको फोहोरा छुट्यो । त्यो बेला दुइ जनाको रोमाञ्चक भेटघाट हेर्न लायक् थियो । नारायण, गोपाल, नगेन्द्र र पेमाला नजिकैको सिमाना डाँडामा बसेर नारायणले पेमालाको अनुरोधमा “यो मौसम यो हरियाली” गीत गाए ।
यही बेला हो, नारायणगोपाल र गोपाल योञ्जनले मीत लगाएको । दार्जिलिङ बसाईकै क्रममा इश्वर बल्लभ, नारायणगोपाल, गोपाल योञ्जन, नगेन्द्र थापा, डा. गम्भीर योञ्जनसहित महाँकाल डाँडोमा मीत लगाउने कार्य सम्पन्न भयो । अँगेटी बालेर्रर् इश्वर बल्लभले केही पढे र दुवै आजदेखि मीत भयौ भनी मीत लगाइदिए ।
कल्पनाका उडन्ते कुरा गर्नु, जोक् गर्नु, खाना बनाउनु उनका अचम्मका शोख थिए । मेथीको अचार, बोसो भएको मासु, हलुवा, गुँदपाक, जेरी आदि शानदार ढङ्गले खाने उनको शोख थियो । खानुलाई उनी ‘भत्काउनु पर्छ’ भन्थे । खेलकूदमा फूटबल उनको सबैभन्दा मनपर्ने खेल थियो र उनी जीवित रहुञ्जेल काठमाडौँमा भएका फूटबल म्याच शायदै छुटे होलान् । चेस र तासको पप्लु खेलमा उनलाई विशेष प्रेम थियो ।
मीत लगाएपछि दुवैको शानदार मितज्यू नाइट सम्पन्न भयो । काठमाडौँदेखि दार्जिलिङसम्म एउटा भव्य टूरको आयोजना भएको थियो । यही कार्यक्रमको सिलसिलामा बिराटनगरस्थित नगेन्द्र थापाको घरमा बसाइँ बस्दा नारायणगोपाल र गोपाल योञ्जनले अनौठो नाम पाएका थिए । नारायणलाई घिऊकुमार र गोपाललाई खोर्सानीकुमार नाम नगेन्द्र थापाकी आमाले राखिदिनु भएको थियो । त्यहाँ बसाईको क्रममा नारायणले घिऊ निकै स्वाद लिएर खाए भने गोपालले थपिथपि खोर्सानी खाइदिए ।
यसपछि उनीहरुको बिहे भयो । बिहेपछि उनलाई किलागलस्थित घर ल्याइएन । त्यसबेला निकै लोकप्रिय भइसकेका हुनाले उनलाई सहयोग गर्न पोखरामा केही साथीहरु तत्पर थिए । तत्पर साथीमध्ये भूपि शेरचन र अन्य । पेमालालाई एउटा स्कूलमा जागीर पहिले नै खोजिसकिएको थियो । नारायण भने त्यसबेला सङ्गीतमै बढी रमाए । तर करिब सात आठ महिना त्यहाँ बसिसकेपछि नारायणलाई पोखराको वातावरणमा आफूलाई प्रतिकूल ठान्न थाले । यसपछि प्रेमध्वजलाई आफ्ना लागि केही जागीर खोजिदिन अनुरोध गरे । प्रेमध्वजले पनि माणिकरत्नलाई भनेर माणिकरत्नका साथी कन्हैया तिमिल्सिनालाई भनियो । कन्हैयाका काका त्यसबेला सांस्कृतिक संस्थानका सहायक महाप्रबन्धक थिए । यसपछि नारायणले नाचघरमा जागीर पाए र पेमालाले भारतीय एउटा जीवन विमा कम्पनीमा जागीर पाइन् । यहीँको जागीरको पैसा जोगाएर दुइ प्राणीले महाराजगञ्जस्थित तत्कालिन भूतबंगला छेउ तीन रोपनी जग्गा किने ।
यसपछि उनी निकै लोकप्रिय पनि अति लोकप्रिय भए ।
बि.सं. २०३६ सालपछि नेपाली राजनीतिक घटनाक्रममा केही परिवर्तन देखापरे । देशमा जनमत सङ्ग्रह घोषणा भयो र सुर्यबहादुर थापा प्रधानमन्त्री बनाइए । सुर्यबहादुर थापाका भाइ नगेन्द्र थापाले यो अवसरलाई त्यत्तिकै खाली जान दिएनन् र नारायण गोपाललाई नाचघरको महाप्रबन्धक बनाइदिए ।
महाप्रबन्धक बनेपछि केही सङ्गीतकर्मीको भनाइअनुसार उनी अलि बढी नै असहिष्णु बन्न थाले । माणिकरत्न उनका लगौँटी साथी थिए, तर उनको महाप्रबन्धकीय पालामा माणिकरत्नले नाचघरबाट हात धुनु पर्यो । नारायणले भन्ने गर्थे- “साथी महाप्रबन्धक भयो भन्दैमा बिहान १० बजे हाजीर बजाएर गायब हुने अनि एकै पटक हप्तौँपछि टुप्लुक्क देखा पर्ने, यो त भएन नि !”
यी महान् गायकहरुमा पछि यति तीतो बढ्यो कि एकअर्काको नामसमेत सुन्न चाहदैनथे ।
नारायणगोपाल नाचघरका एक पालेलाई लिएर साँझसाँझ पिउन बस्थे र सोध्थे- “ए भन्त, माणिकरत्न ठूलो गायक कि म ।”
“कहाँ मलद्वार कहाँ हरिद्वार ! यस्तो पनि तुलना हुन्छ ? गाउन त माणिकरत्न तपाईँभन्दा कहाँ हो कहाँ राम्रो नि !” पालेको र्सकाउने उत्तर हुन्थ्यो र नारायणले उसलाई परसम्म खेद्थे ।
यसभन्दा अघि तारादेवीसँग पनि नराम्रो झगडा परेको थियो । उनीहरुले कैयौँ गीत एकअर्कासँग नबोलीनबोली नै गाएका छन् । “ए कान्छा ठट्टैमा…” गाउँदा पनि यी दुइबीच बोलीचाली थिएन । तारादेवीलाई पछिसम्म पनि नारायणगोपालसँग अन्तिम अवस्थासम्म बोलचाल हुन नपाएकोमा ठूलो खेद थियो । दुवैबीच बिना कुनै ठूलो कारण बोलचाल बन्द भएको थियो र कसैले पनि त्यो बोलचाल खोल्न चासो देखाएनन् ।
खानमा कति शौखिन थिए भने, उनलाई डाक्टरले गुलियो पदार्थ खान प्रतिबन्ध लगाइसकेका थिए । न्युरोड आउने काम पर्ने बित्तिकै मोटरसाइकलमा पेमालालाई परै राखेर आधा किलो गुँदपाक एकै बुजोमा सिध्याएर मात्र घरतिर लाग्थे ।
लोकप्रियताको शिखर चुम्न थालेपछि भने नारायण केही अभ्याक्रामी (एग्रेसिभ) हुन थालेका थिए । पहलमान शरीर र पहलमानी सिकेका कारण पनि कसैलाई त उनी चुट्नसम्म अघि र्सर्थे । त्यसैले साथीहरुबीच उनी ‘असनको साँढे’ उपनामबाट पनि परिचित थिए । विशेष गरी साँझतिर केही पिइसकेपछि उनमा यो भावना बढी जाग्दथ्यो । बाहिर उनले यति पिउँथे कि आजीत भएर पेमालाले घरमा नै जाँड बनाउन शुरु गरेकी थिइन्, ताकि नारायण बाहिरतिर गएर नखाऊन्, खाए पनि आफ्नै अघिल्तिर खाऊन् ।
उनी चूरोट यत्ति पिउँथे कि एक दिनमा ४० वटा चूरोट सकिन्थ्यो । पछि विरामी पर्न थालेपछि रक्सी छाडे पनि दिनमा २५ वटा चूरोट त आहार हुन्थ्यो नै !
नारायणलाई खाना तात्तातो खानु पर्दथ्यो । तात्तातो खाना खाएर पसिनापसिना हुनु उनको अर्को शोख थियो ।
नारायणगोपालको कुनै पनि सन्तान भएनन् । किनभने पहिलो पटक पेमाला गर्भवती हुँदा पहिलो बच्चा पाठेघरको देब्रेतिर हुर्कन थाल्यो । जबकि बच्चा बच्चादानीमा हुर्कनु पर्ने थियो । अप्रेसन गरेर बच्चालाई फ्याल्नु पर्दथ्यो । “मलाई पेमालाभन्दा बच्चा प्यारो छैन”, भनेर उनले बच्चा फ्याले र यसपछि उनीहरु जीवनभर सन्तानविहीन बन्नु पर्यो ।
नारायणगोपाललाई अभिनयको शोख थियो भने उनी आफ्ना मनपर्दा साथीसँग भेट हुँदा शुरुमा आँखा झिम्क्याउँथे । नारायणगोपाल ईर्ष्यालु यदि कोहीसँग थिए भने प्रेमध्वज प्रधानसँग थिए । उनले फागुन १३ गते, २०४० सालको गोरखापत्रमा दिएको अन्तरवार्तामा त्यो कुरा व्यक्त गरेका छन् ।
२०४७ साल कात्तिक १८ गते वीर अस्पतालमा रोगले च्यापेपछि भर्ना भएका नारायणगोपालको मृत्युको कारण चाहिँ उनको मुख नै रहन गयो । डाक्टरले खान प्रतिबन्ध लगाएका भोजनहरु पनि उनी साथीहरुसँग झगडा गरीगरी खाइदिन्थे ।
उनको मृत्यु २०४७ साल मंसीर १९ गते वीर अस्पतालमा हुन पुग्यो । उनको मृत्युमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत थुप्रै राजनेता, कलाकर्मीहरुको उपस्थिति थियो । र, उनको लाश जलाउने बेलामा जति जनताहरु उपस्थित थिए, त्यो उपस्थिति कुनै कलाकारको मृत्युमा भएको उपस्थितिको एउटा रेकर्ड थियो । अनुमान अनुसार १० हजारभन्दा बढी श्रोता उनलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाट पुगेका थिए ।
जीवनभर लगभग ५०० गीत गाएका नारायण गोपालको जीवनकालमा भने जम्मा दुइ वटा गीति एल्बम मात्र बजारमा आए- रत्न रेकर्डिङ संस्थानबाट ‘ब्लु नोट’ र म्युजिक नेपालबाट ‘गीति यात्रा भाग-१’ ।
पुरस्कार तथा सम्मान
२०२३ साल सर्वोत्तम सङ्गीतकार, रेडियो नेपाल
२०२४ साल सर्वोत्तम गायक, रेडियो नेपाल
२०२९ साल रत्न रेकर्ड पुरस्कार – एल्बम ‘ब्लु नोट’ का लागि, रत्न रेकर्डिङ संस्थान
२०३३ साल गोदबा चौथो
२०४० साल इन्द्र राज्य लक्ष्मी प्रज्ञा पुरस्कार, ने.रा.प्र.प्र.
२०४४ साल छिन्नलता पुरस्कार
२०४५ साल जगदम्बा श्री पुरस्कार, मदन पुरस्कार गुठी
२०४७ साल त्रिशक्ति पट्ट, तेस्रो

पारिजात जीवनी

आजीवन साहित्यमा समर्पित पारिजात (सजना गोले तामङ)
पारिजात
साहित्य मन, भावनाको भाव सागर र संसार हो।सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा सशक्त कला पनि हो।साहित्यले धनी, गरिब, रोगी, निरोगी, युवा बृद्ध कसैलाई पनि छुट्ट्याउँदैनन्।जुनसुकै बेला कुनै कुरा पोख्न सजिलो होला तर साहित्य यस्तो चिज हो जुन मनको कठोर प्रशाव पीडाबाट मात्रै साहित्यको जन्म अथाव सिर्जना हुन्छ।साहित्य जो कसैले मन परेर, चाहेर रमाइलोको लागि सिर्जना गर्छु भनेर हुँदैन।
त्यस्तो साहित्य कहिल्यै वास्ताविक साहित्य बन्न सक्दैन अत: साहित्य त्यो हो जुन आफसे आफ आफै मनभित्रैबाट भावनाको प्रस्फुरण भएपछि मात्र शब्दमा उनिएर आउँछ।अनि हामी त्यसैलाई साहित्यको परिभाषामा विभिन्न नाम, उपनामहरु दिइन्छ।जस्तै कविता, कथा, गीत, नाटक, निबन्घ उपन्यास आदि-आदि त्यसो त साहित्य भावनाको सुन्दर अभिव्यक्तिपूर्ण कला पनि हो ।साहित्य कला र विचारको सुन्दर संयोजन पनि हो। साहित्य समाजको ऐना मात्र नभई राष्ट्र, समाजलाई सहि मार्गनिदेर्शन दिने एउटा सशक्त माध्यम पनि हो ।
साहित्य जीवन हो जीवनमा ज्यान हुन्छ।त्यसो त साहित्यमा समाजको द्वन्द्वविग्रह र इतिहासको नियति र विडम्बनालाई राम्रो अभिव्यक्ति दिन सके त्यो पो साहित्य वास्ताविक साहित्य हुन्छ। यो पो कालजयी हुन्छ।लेख्दैमा साहित्य कहाँ हुन्छ र। यस्तै भन्नुहुन्थ्यो पारिजात । कुनै पनि व्यक्तिको वैयक्तिक विशेषता हुन्छ।प्रत्येक व्यक्तिको विशिष्टताले अरुलाई प्रभाव पार्ने गर्दछ।सबै व्यक्तिमा आ-आफ्नै विशिष्टताले भरिपूर्ण रहेका हुन्छन् ।तर पारिजातमा भने आफ्नो लेखनबाट अरुलाई प्रभाव पार्ने छुट्टै विशिष्टताले भरिएको थियो।
यो कुरा उनको समग्र लेखनको संगालोहरुको अध्ययन मार्फत बुझ्न सकिन्छ।साहित्य लेखन यात्रालाई सुरुवात गर्ने क्रममा थुप्रै किताबहरु अध्ययन गर्ने मेलो मेसोमा मैले सबै भन्दा बढि पारिजातकै किताब अध्ययन गरेकी छु।नेपाली साहित्यमा उहाँले दिनु भएको अमुल्य कृतिहरु नै आज हाम्रा लागि गौरवको विषय हुन आएको छ।उनी जीवन, मृत्यु पर्यन्त नेपाली साहित्यको इतिहासमा निर्भीक,निर्लोभी आथक मिहेनतकाको रुपमा परिचित हुनुहुन्छ ।
उनले आफू मात्र नभइ अरुलाई समेत साहित्य लेखनमा हौसला दिएर गइन् । अनादीकालदेखि मेरो कल्पनामा नाँचिरहेको व्यक्तित्वसँगको सम्झनाको साक्षात्कार गर्ने र उहाँको बारेमा केही शब्द कोर्ना पाउँदा आज मैले आफ्नो मन गर्विलो भएको महशुस गरेकी छु। आफूले अध्ययन र अनुभव गरेका र उहाँको बाहिनी सुकान्यसँगको भेटघाटको कुरालाई अधारित गरि आज उहाँको बारेमा केही शब्दहरु अरु साहित्य स्रष्टाहरुमाझ राख्ने कोशीस गरिरहेकी छु ।
नेपाली साहित्यको जगतमा सर्वोच्च नारी प्रतिभा र सौन्दर्यप्रति निष्ठावान, स्पष्ट, निडर र स्वाभिमानी चरित्रकी धनी पारिजात आज हाम्र सामु हुनुहुन्न।तर उहाँका कृतिहरुले हामीलाई सँधै झक्झकाइ रहन्छन् ।आफ्नो सम्पूर्ण जीवन साहित्य सिर्जनामै सर्मपित गरिन पारिजातले।यस ठाउँमा उनको जीवनको आदि र अन्त्य जोडिएको छ । विरलकोटीका साहित्य रचेर नेपाली साहित्यको भण्डार सम्पन्न गर्ने यी महन साहित्यकार पारिजातको जन्म आपा डा. के.एन वाइबा र आमा अमृत मोक्तानको कोखबाट वि.सं. १९९४ वैशाख दार्जिलिङको लिँगिया चियाकमानमा महिनामा भएको हो।
उनको न्वाराणको नाउँ विष्णुकुमारी वाइबा, लामाले (तारारानी, छेकुडोल्मा) राखिदिएका थिए ।तर स्वायमै नै रोजेकी नाउँबाट उनी संसारभरी छरिएका नेपाली साहित्यका सचेत,तप्काहरूबीच परिचित र प्रिय बनिन् ।दार्जिलिङकै सुन्दर प्रक्रृतिको काखमा लडीबुडी खेल्दै पारिजातको बाल्यकाल बित्यो।फ्रकभरि चाँपका कोपिला बटुलेर वा उनिउँ घारीभित्र पल्टेर खुब रमाएर खेल्ने गर्दथे उनी ।प्रारम्भिक शिक्षा दार्जिलिङमै हासिल गरी २०११ सालमा नेपाल (काठमाडौं) भित्रिएकी पारिजाले पद्मकान्य विश्रामबाट एस.एल.सी र पद्मकान्य क्याम्पसबाट बीए.सम्मको अध्ययन हासिल गरिन् ।
उनी भावुक र कल्पनाशील भएकाले पानीमा रूझ्दै-रूझ्दै घुम्ने, बन, जंगल चहार्ने, जंगली फूलहरू टिप्ने गर्थे। सा-साना घटनाले पनि गहिरो प्रभाव पर्दथ्र्यो ।उनी त्यतिकै संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी पनि थिइन्।वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष मन मन पर्दथ्र्यो।साहित्य लेखन मात्रा नभएर गायनमा पनि विशेष रूची थियो । बन्दी सहयता नियोग संस्था खोलेर असहाय बन्दीका आफन्त बन्न पुगेकी पारिजात बन्दीहरुका निर्दोष बच्चाहरुका निम्ति “बचेर बास” नामक सेवा मुलक संस्था खेली वात्सल्य दिने अभिभावक समेत बनेकी थिइन् भने अन्याय र उत्पीडनमा झेलीरहेका सबै पक्षका मानिसहरुको निम्ति लड्ने भरोसायोग्य योद्धा बनेर यिनले इतिहासलाई समेत आफ्नो मूल्याङ्कन र स्थान निर्धारण गर्न बाध्य पारिन।
उनको जीवनकालभरि नै संघर्षै संघर्ष र विभिन्न अभावहरूले भरिएको थियो ।बाल्यावस्थामै आमाको मृत्यु भएकोले मातृस्नेहबाट बञ्चित भएनी पारिजातले पिताको संरक्षणमा काठमाडौं आफ्नो अध्ययनलाई अगाडी बढाउदै गइन्, तर फेरि पनि वि.सं. २०२९ मा पिताको देहावसान भएपछि पितृस्नेहबाट पनि टाढिनु पर्यो । त्यसपछि पारिजातले जीवनमा झन संघर्ष र शारीरिक र मानसिक यातनासँग जुध्दै आफ्नो पाइलाहरूलाई अघि बढाउदै गइन् बाह्रा बर्षको कलिलो उमेरमै शरीर दुख्ने व्यथाले पीडित थिइन पारिजात फेरि बर्षको लाउ-लाउ खाउ-खाउ भन्ने उमेरमा हाड जोर्नीसम्बन्धी बाथ रोगबाट आक्रान्त भएर ओछ्यानमै थाला परिन ।
त्यसपछि क्षयारोग, दम, र अल्सरजस्ता रोगहरूबाट ग्रासित हुँदै गइन् । उपचारका क्रममा भारतका विभिन्न अस्पसतालहरू समेत चहारिन् तर पारिजातलाई रोगले भने छोडेनन् ।त्यसपछि बाहिनी सुकान्यको साहरामा आफ्नो लेखन यात्रासँगै रोगी जीवनरथलाई अघि बढाउदै गइन्।पारिजातले यसरी शारीरिक रूपले अशक्त भएर पनि साहस र आत्मबल भए समाज र राष्ट्रका लागि ठोस देन दिन सकिन्छ।भन्ने तथ्यलाई प्रमाणित गरेरै छाडिन पारिजातले।जस्तोसुकै विषम परिस्थिति र कठिनाइहरूसाग निरन्तर जुध्दै आफ्नो कार्यक्षेत्रमा अथाक रूपले लागि रहिन् । वि.सं. २०१३ सालमा “धरती” पत्रिकामा कविता प्रकाशनबाट पारिजातले आफ्नो साहित्यिक यात्रालाई सूरूवात गरेकी थिइन। पिताले डा. बनाउने सपनालाई तोडेर उनी सबैका सामु सँधैभरि साहित्यको बगैँचामा मगमगाएर फूलिरहिन ।
पारिजातले साहित्यको विभिन्न विधाहरूमा आफ्नो कलम चलाएका छन् । यसमध्ये शिरिषको फूलले पारिजालाई चर्चाको शिखरमा पुर्यायो।जीवनको अर्थहीनता, विसंगति र निराशालाई मूल विषयवस्तु बनाएर लेखिएको यो उपन्यास अन्तराष्ट्रिय स्तरको भएकोले विभिन्न भाषामा अनुवाद भइसकेको यस कृतिको अंग्रेजी अनुवाद “दब्लुमिमोसा” अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ । पारिजातले महिला मुक्ति सम्बन्धि लेखहरूको संकलन “आधी आकाश” पनि प्रकाशनमा ल्याएको छ।यसका अतिरिक्त एकाङ्की (लघुनाटक) पनि उनको कलम चलेको पाइन्छ।
यसरी उनको लेखनमा विशेषः भाषा शैली अत्यन्त कलात्मक र मिठासपूर्ण रहेको पाइन्छ। उनको साहित्य लेखनमा विभिन्न आधुनिक वादहरूको प्रभाव परेको पाइन्छ ।
शोषित र पीडित जनता र समाजको यथार्थ चित्रण नै उनको साहित्यको मुल विशेषता हो । सामाजिक असमानता, विसंगती र विकृतिका विरूद्धमा उनको लेखनले विजोड गति लिएको देखिन्छ । विभिन्न पेशामा लागेकी पारिजातको सम्पूर्ण जीवन भने साहित्य सिर्जनामै वित्यो ।
(उनको विचारमा साहित्य यस्तो शक्तिशाली हतियार हो जुन बेलामौकामा बन्दुक र बम भन्दा पनि बढि विस्फोट हुन्छ।साहित्य चेतना र जागरणको आलोक हो। यथार्थ साहित्यले समाजको वास्ताविकतालाई प्रस्तुत गरि नागरिकलाई चेतना प्रदान गर्दछ र सुधातर्फ अभिप्रेरित गर्दछ ।)
यसरी उनी विभिन्न साहित्यक, संस्कृतिक, राजनीतिक, सामाजिक संघसंस्थाहरूसँग अबद्ध रहिन ।यतिमात्र नभएर राल्फा नामक साहित्यिक आन्दोलनको नेतृत्व समेत गरेकी थिएन पारिजातले। “प्रगतिशील लेखक संघ” को स्थापनामा समेत सक्रिया भूमिका खेल्दै “अखिल नेपाल महिला मञ्च” र बन्दी सहायता नियोगका संस्थापक अध्यक्ष इन्द्रेणी सांस्कृतिक समाजका मानार्थ अध्यक्ष नेपाल मानवअधिकार संगठनका संस्थापक उपाध्यक्ष र त्रिभुवन विश्वविद्यालयको सभाको मनोनित सदस्य समेत रहनु भएको थियो। वि.सं. २०४६ को जनआन्दोलनमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ। यसका अतिरिक्त उनी “इन्टरनेशल फेमिनिस्ट एम्नेस्टी इन्टरनेशल” जस्ता अन्तराष्ट्रिय संघसंस्थाहरूमा पनि सम्बद्ध हुनुहुन्थ्यो। यसरी देश र जनताको सेवामा सँधै समर्पित रहि रहिन पारिजात।
यसरी उनले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदान कदर स्वरूप उनलाई “मदन पुस्कार” गङ्की वसुन्धारा पुरस्कार” सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार र नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा विद्वद्वृत्ति समेत प्रदान गरिएको थियो। भने विभिन्न संघसंस्थाहरूले समेत अभिनन्दन गरेका थिए ।पारिजातको जन्मथलो दार्जिलिङ भएपनि कर्मथलो नेपाललाई नै बनाएकी कर्मठ एवंम् चिन्तशिल पारिजात आजीवन अविवाहित नै रहेर प्रतिकुल परिस्थितिसँग जुध्दै निरन्तर साधनारत रहिन्।सानै उमेरदेखि नै रोगले ग्रसित पारिजात उपचारको लागि वीर अस्पतालमा भर्ना गरी उपचारको क्रममा वि.सं. २०५० साल वैशाख ५गते उनी सदा-सदाको लागि यस संसारबाट विदा भइन।तर पारिजातले हामी सबैको माझ विश्वसामु उनका अनमोल कृतिहरु छोडेर राखेका छन् ।उनको अमूल्य साहित्य सिर्जनाहरुले पारिजातलाई सँधै पारिजातको फूल मगमगाएझैं मगमगाउने छन् सुवास छरिरहने छन् ।
पारिजातको प्रकाशित कृतिहरूः-
कविता संग्रह
१)आकांक्षो
२) पारिजातका कविताहरू
३) बैंशालु वर्तमान
कथा संग्रह
१) मैले नजन्माएको छोरो
२) आदिम देश
३) सडक र प्रतिभा
४) साल्गीको बलात्कृत आासु
५) बधशाला जाँदा आउँदा
उपन्यासहरू
१) शिरीषको फुल
२) महत्ताहीन
३) बैंसाको मान्छे
४) तोरीबारी
५) बाटा र सपनाहरू
६) अन्तर्मुखी
७) उसले रोजेको बाटो
८) पर्खाल भित्र र बाहिर
९) अनिदो पहाडसागै
१०) परिभाषित आँखाहरू र बोनी
संस्मरण र निबन्धहरू
१) धुपीसल्ला र लाली गुराँसको फेदमा
२) एउटा चित्रमय सुरूवात
३) अध्ययन र संघर्ष
अन्तमा
यतिबेला उहाँलाई भौतिक रुपमा नभेटे पनि भावनात्मक रुपमा साक्षात्कार भएको अनुभव गरेंकी छु मैले।साँच्चिकै नजिकैको कृतिमता भन्दा टाढाको सहजता, सरलता, भावनात्मक निकटताको महत्व अझ बढि हुँदोरहेछ।एकमनले दुःख पनि लागेको छ मेरो सानैदेखिको पारिजातलाई भेट्ने, साहित्य लेखनको बारेमा धेरै कुराकानी गर्ने, र उहाँलाई सुम्सुम्याउँने तिब्र ईच्छा चाँहि आधुरै रह्यो।तर आज एउटा तामाङकी छोरी पारिजात विश्व साहित्यको बगैंचामा फुलिरहेको देख्दा भने हामी सबैलाई असाध्यै गर्व लाग्छ।उहाँको कृतिहरुसँगै हुँदा उहाँसँगै भए झैं लाग्छ।
तर एउटा कुरा विश्वले नेपाली साहित्यको बगैँचामा सर्वोच्च व्यक्तित्वको रुपमा महाकवी देवकोटालाई मात्र चिन्छ।के यसो गर्नु ठीक हो त ? उहाँको साहित्यनिष्ट, प्रेम,लगनशीलता र धैर्यतालाई हामीले ह्दयदेखि नै सम्मान गर्नै पर्छ।आज समय भिन्न छ।सबै ठाउँमा अत्याधुनिक स्रोत पुग्दैछन्। प्रविधिको तरंगमार्फत एउटा कम्प्युटर वा ल्यापटपको माध्यमबाट सबैका आ-आफ्नै घर-घरमा प्रेस, छापाखाना र विश्व घुमिरहेको हुन्छ। नेपाली जगतकी सर्वोच्च साहित्कार पारिजात देवकोटाकै दाँजोमा उभिएकी छिन् ।
तर किन जुन सुकै क्षेत्र र तहमा तामाङ र अन्य जातिका बारेमा हेर्ने दृष्टिकोण भने सँधै भिन्न र फरक नै रहेका हुन्छन् ।यतिखेर सहआस्तित्वको समय छ ।यसप्रति सबैलाई बोध गराउनु आवश्य छ।प्रविधि निष्पक्ष हुन्छ यसले सबैलाई समान व्यवहार गर्छ। देशविदेशका फरक-फरक अनुहार र भिन्न -भिन्न बोलीहरुले पढेका पारिजातलाई यतिखेर नेपाली साहित्य संघ संगठनहरुले जसरी देवकोटाको सप्ताहव्यापी रूपमा जन्मजयन्ती हर्षोल्साका साथ मनाउँछन् त्यतिकै रुपमा पारिजातको जन्म जयन्ती वाषिर्की पनि मनाउनु आवश्यक छ।
यदि होइन भने त्यो चाँहि नेपाली साहित्यप्रतिको ठूलो अपमान हुनेछ। जनताको ओंठमा मुस्कान र अनुहारमा विश्वास जन्माउन सक्ने पारिजात आज मात्र नभइ भोलिका पींढीका निम्ति पनि जीवनदायी प्रेरणाको स्रोतका रुपमा दरिनेछन्।भन्नेमा हामी ढुक्क छौं ।
त्यसैले अब यतिखेर राष्ट्रले मात्र नभई नेपाली साहित्य, आदिवासी जनजाति र तामाङ संघसंगठनहरुले पारिजातको प्रतिभाको सहि मूल्याङ्कन उचित सम्मान गरिनुपर्छ ।भन्दै यिनै शब्दहरु सहित श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
साभार :- तामाङ सामाज डट कम
लेखिका तामाङ सामाज डट कमका संवाददाता हुनुहुन्छ ।