रविवार, 28 अगस्त 2011


म असफल प्रधानमन्त्री बन्न चाहन्न : भट्टराई

काठमाडौं, भदौ ११ ।
एकीकृत नेकपा माओबादीका उपाध्यक्ष एवं प्रधानमन्त्रीका उमेदवार डा. बाबुराम भट्टराईले आफुलाई असफल प्रधानमन्त्रीको पगरी आइलाग्ने हो कि भन्ने चिन्ता लागेको बताएका छन् ।
प्रधानमन्त्रीको निर्वाचनका लागि आज जारी व्यवस्थापिका संसदको बैठकमा भट्टराईले यसअघिका बहुमतीय सरकार झै आफु पनि असफल हुने हो कि भन्ने चिन्ता कायम रहेपनि त्यस्तो नहुने जिकिर गरे । उनले शान्ति र संविधानको लागि आफु प्रधानमन्त्रीको उमेदवार भएको र आफु निर्वाचित भए आफ्नो कार्यकालमा नै शान्ति प्रकृयाले ठोस निश्कर्ष पाई संविधान पनि बन्ने ठोकुवा गरे ।

तुँवालो हटाउन सबैको हातेमालो जरुरी छ : प्रचण्ड

काठमाडौं, भदौ ११ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतीय सरकार निर्माण भए पनि देशमा लागेको तुँवालो हटाउन सहमतीय अभ्यास जारी राख्नुको विकल्प नभएको बताएका छन् । व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रचण्डले नचाहँदा नचाहँदै पनि देश फेरि बहुमतीय सरकारको खेलमा गएकोमा चिन्ता व्यक्त गर्दै तुँवालो हटाउन सबैको हातेमालो जरुरी भएको बताए ।
तर पनि डा. बाबुराम भट्टराई जस्तो व्यक्ति प्रधानमन्त्रीमा निर्वाचित हुन लागेकोमा खुसी व्यक्त गर्दै उनले भट्टराईमा रहेको क्षमताले देशलाई सहमतीय प्रकृयामै राख्ने विश्वास व्यक्त गरे । संविधानसभाको निर्वाचन पछि संविधानसभामा बहुमतीय सरकार बनाउने र गिराउने खेल हुनु अत्यन्तै दुखद भएको भन्दै प्रचण्डले संविधानसभा संसदीय भासमा जाकिएकोमा चिन्ता व्यक्त गरे ।
नेपालका राजनैतिक पार्टीहरु संविधान निर्माणभन्दा पनि सरकार बनाउने र गिराउने खेलमा लागेको भन्दै प्रचण्डले नयाँ बन्ने सरकारले आफ्नो कार्यकालमा शान्ति र संविधानलाई निश्कर्षमा पुर्याएरै छोड्ने विश्वास पनि व्यक्त गरे । सरकारमा रहने वा नरहने सबै पक्षको सहमती अत्यावश्यक भएको भन्दै उनले शान्ति र संविधानको लागि माओबादी एक ढिक्का भएर आएकोले अरुले पनि त्यसरी नै बुझ्नुपर्ने बताए । लोकतान्त्रिक विधि अनुसार बहुमतीय सरकार बनेपनि मुख्य दलहरुबीच सहमति अपरिहार्य रहेकोमा प्रचण्डले जोड दिएका थिए ।

आज प्रधानमन्त्रीको निर्वाचन, आजै देशले नयाँ प्रधानमन्त्री पाउने

काठमाडौं, भदौ ११ ।
आज देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । झलनाथ खनाल नेतृत्वको सरकारले साउन २९ गते राष्ट्रिय सहमती निर्माणार्थ राजीनामा दिएपनि आज बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरिदैछ । प्रधानमन्त्री पदका दौडमा एकीकृत नेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई र काँग्रेस उपसभापति रामचन्द्र पौडल छन् ।
यी दुई उमेदवारलाई कुनै पनि दलले समर्थन गर्ने भनेर औपचारिक निर्णय त गरिसकेका छैनन् तथापी रामचन्द्र पौडेललाई समर्थन गर्ने एमालेले संकेत गरेको छ भने भट्टराईलाई मधेसी मोर्चाले समर्थन गर्ने संकेत गरेपनि आज उसको आधिकारिक निर्णय आउने भएको छ ।
अन्तिम समयमा निर्णय बलल्ने यसअघि देखिएको मोर्चाको इतिहास आज नदोहोरिएला भन्न सकिन्न तर देशले आजै नयाँ प्रधानमन्त्री पाउने भने निश्चित जस्तै छ । एमालेको समर्थन काँग्रेसमा स्पष्ट देखिएकोले र मधेसी मोर्चाले पनि पौडेललाई समर्थन गरे बहुमत पुगी रामचन्द्र प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् ।
यता मोर्चाको साथ माओबादीलाई यथावत रहिरहे पनि बहुमत पुगी भट्टराई प्रधानमन्त्री बन्ने छन् । चुनावमा तटस्थ वा बहिष्कार गर्न नपाइने भएकाले पनि देशले आजै प्रधानमन्त्री पाउने निश्चित जस्तै भएको हो ।

शुक्रवार, 19 अगस्त 2011

नमस्कार .
 आदरणीय सम्पूर्ण आँमा वुवा , दाजु भाई तथा दिदी बहिनीहरुमा सर्वापर्थम त नेपालीको घर आँगन मा आई रहेको विजय दशमी तथा दिपावली २०६८ सालको पवन अबसरमा सबैको घर घरमा सुख शान्तिले छावस भनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ...
  
यो ब्लग स्यानीखालको परिवर्तन , विकास र चेतना संगै आम नेपालीमा एउटा शुद्ध र वास्तविक संचारको लागि संचालन मा ल्याएको हुनाले एसमा भएका त्रुटिहरु  र थप्नु  पर्ने kuraharu औल्यईदिना  अनुरोध गर्दछु ,

                 पूर्ण बहादुर बुढाथोकी 
स्यानीखाल ६ एकान्त वस्ती घोरनेटी सल्यान
                हाल , कोलालुम्पुर
                            

शुक्रवार, 24 जून 2011

नदीमा डुबेर महिला बेपत्ता, छतबाट खसेर सल्यानमा एकको मृत्यु

यदुराज मिश्र
नेपालगञ्ज ९ असार ।
 भेरी नदीमा डुवेर आज रुकुममा एक महिला वेपत्ता भएकी छिन् । रुकुमको विजयश्वरी गाविस वडा नम्वर ९ निवासी २६ वर्षिया रुपा टमटा वेपत्ता भएकी हुन् । नदीमा नुहाउने क्रममा उनी डुवेको वताईएको छ । वेपत्ता महिलाको ईलाका प्रहरी कार्यालय चौरजहारीको टोली र स्थानीय वासिन्दा ले खोजी कार्य जारी राखेको भएता पनि नदीमा बाढी आएका कारण फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

यसैगरी सल्यान सदरमुकाम खलंगामा रहेको कुमारी बैंकको छतबाट खसेर गएराती सोही बैंकका सुरक्षा गार्ड नरबहादुर विष्टको मृत्यू भएको छ । घरको एकतला माथिबाट सडकमा खसेर ५५ वर्षिय विष्टको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यान खंलंगा ५ मा बस्दै आएका विष्ट विगत १ वर्षदेखि बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत हुनुहुथ्यो ।

सल्यानमा विगत ६ महिना यता ४४ वटा मानव अधिकार उल्लंघनका घटना भएको एक तथ्यांङ्कले देखाएको छ

Written by Rajshrestha   // June 22, 2011   //    सल्यानमा विगत ६ महिना यता ४४ वटा मानव अधिकार उल्लंघनका घटना भएको एक तथ्यांङ्कले देखाएको छ । आरडिआईएफ सल्यानको सहयोगमा हरप्लेस सल्यानले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।तथ्यांङ्कमा सबैभन्दा बढी कुटपिटका १९ वटा घटना रहेको उल्लेख छ । यस्तै बोक्सीका ५ वटा हत्या प्रयासका, ३ वटा बलात्कार र यौन दर्ुर्व्यवहारकालगायतका घटना रहेको हरप्लेसका संयोजक रामचन्द्र रेग्मीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।सम्मेलनमा रेग्मीले जिल्लामा भएका मानव अधिकार उल्लंघनका घटना प्रतिसम्बन्धित निकाय र प्रशासनले समेत चासो नदिएको गुनासो गर्नुभयो । जिल्लान्यायाधिश पर्ुण्ाप्रसाद बास्तोलाले जिल्लामा भएका मानव अधिकार उल्लघंनकाघटनामा कमी ल्याउन सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।